धनकुटा वजारमा २ करोडको लागतमा गुम्बा निर्माण हुदै

–सन्तवीर लामा
धनकुटा ः– जिल्ला सदरमुकाम धनकुटा वजारमा वुधवार एक वौद्ध गुम्वाको औचारिक रुपमा शिलान्यास गरिएको छ । धनकुटा नगरपालिका वडा नं.४ स्कुल डाँडामा ह्रिन्छेन छ्योलिङ गुम्बाको प्रतिनिधिसभाका सांसद राजेन्द्र कुमार राईले शिलान्यास गरेका हुन ।
वौद्ध गुम्वाको वौद्ध परम्परा अनुसार शिलान्यास गर्दै सांसद राईले जिल्ला सदरमुकाम धनकुटामा हालसम्म वौद्धमार्गीहरुको लागी गुम्वा नभईरहेको अवस्थामा गुम्वा निर्माण हुनु आफैमा राम्रो पक्ष भएको वताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राईले जिल्ला सदरमुकाम धनकुटा वजारमा गुम्वा निर्माण गर्दा आन्तरिक तथा वाह्य पर्यटकको लागी गन्तव्य स्थल वन्ने समेत दावी गरेका छन् । उनले स्कुल डाँडामा वन्ने वौद्ध गुम्वा धनकुटा जिल्लाको गहना वन्ने र धार्मिक पर्यटनमा समेत टेवा पुग्ने दावी गरेका छन् । सो अवसरमा उनले गुम्वा निर्माण गर्न लाग्ने वजेटको लागी आफ्नो तर्फवाट सक्दो सायोगको लागी प्रयास गर्ने पनि प्रतिवद्धता समेत जनाएका छन् ।
त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख टंक चुहानले धनकुटाको मात्र नभएर प्रदेश नं.१ को नै केन्द्र विन्दु धनकुटा जिल्ला भएकाले गुम्वाको आफ्नो छट्टै ऐतिहाशिक महत्व रहने वताए । उनले गुम्वा निमार्ण गर्नको लागी जिल्ला समन्वय समितिको तर्फवाट आफुले सक्ने सहयोग गर्ने पनि प्रमुख चुहानले वताएका छन् । गुम्वा निर्माणको लागी सवै सरोकारवाला निकायको ध्यान आकर्षण गराउँदै कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका प्रमुख चुहानले भने “गुम्वा भनेको हामी सवैको साझा सम्पती हुने भएकाले स्थापना गर्नको लागी सवै सरोकारवाला लागी पर्नु पर्छ ।” त्यसो भयो भने मात्र गुम्वा चाँडै वन्ने छ ।
त्यसैगरी अर्का कार्यक्रमका अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आफु नगरको प्रमुख भएको नाताले गुम्वा निर्माणको लागी नगरपािलकाको तर्फवाट सक्दो सहयोग गर्ने वताए । नगरको सामाजिक, साँस्कृतिक र धार्मिक पक्षको विकास आफ्नो सक्दो योगदान रहने पनि प्रमुख तामाङले वताएका छन् । प्रमुख तामाङले नगरपालिकाले त चालु आ.व.मा ५ लाख रुपयाँ सहयोग गरिसको वताउँदै, अरु थप सहयोग गर्न प्रतिनिधि सभाका सांसद राजेन्द्र कुमार राई र जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चुहानलाई मञ्चवाटै आग्रह गरेका थिए ।
त्यसैगरी अर्का अतिथि धनकुटा नगरपािलका वडा नं.४ का वडाध्यक्ष जम्शेर राईले आफु वडाको अध्यक्ष भएको नाताले वडाको विकासमा आफु लागी पर्ने वताए । आफुहरु वडाको विकास गर्ने भनेरै जनताले निर्वाचित गराएको हुँदा वडाको जनप्रतिनिधिको हैसियतले गुम्वा निर्माणमा निरन्तर लागी पर्ने राईले वताएका छन् । साथै वडाध्यक्ष राईले वडाको विकासमा गुम्वा निर्माण हुँदा धार्मिक पर्यटनमा पनि थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
ह्रिन्छेन छ्योलिङ गुम्वा निर्माण आर्थिक सहयोग समितिका अध्यक्ष इमानसिंह वाईवा तामाङको अध्यक्षतमा सम्पन्न शिलान्यास कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराहाङ, वडा नं.४ का वडासदस्यहरु वीरवहादुर योन्जन तामाङ, होम प्रसाद अधिकारी, शिलढुङ्गा सामुदायिक वनका अध्यक्ष दोध्राज वाँस्तोला, देव्रेवास समाज सुधार समितिका अध्यक्ष धनवहादुर खड्का, नेपाल तामाङ घेदुङ नगर समितिका अध्यक्ष कुलवहादुर तितुङ तामाङ, म्हानीपा घेदुङकी सचिव लखीमाया लो तामाङ लगायतले गुम्वा निर्माण कार्यको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन गुम्वा निर्माण आर्थिक सहयोग समितिका सचिव सन्तवीर लामाले गरेका थिए ।
सो अवसरमा वौद्धलामा गुरुहरु भक्तवहादुर लामा, जिन्लाव दोर्जे लामा, भुवलाल लामा लगायतले मोलमपाठ गरेर शिलान्याससंगै लामा मुन्धुमवाट सावुम राखेका थिए । गुम्वा निर्माण कार्य चालु आ.व.देखी नै अघि वढ्ने गुम्वा निर्माण समितिका अध्यक्ष इमानसिंह वाईवा तामाङले वताएका छन् । उनले गुम्वाको नाममा १ रोपनी जग्गा खरिद गरी गुम्वा दर्ताको सम्पुर्ण प्रक्रिया पु¥याएर गुम्वा निर्माण कार्यको थालनी गर्न लागीएको पनि स्पष्ट पारेका छन् । उनले गुम्वा निर्माण गर्नको लागी २ करोड रुपयाँ लाग्ने र सोही वमोजिमको प्राविधिकवाट स्टेमेट भएको वताएका छन् ।