नेपाली दुतावास इजरायल समक्ष एनआरएनएको ध्यानाकर्षण पत्र

तेलअविव – ग़ैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल द्वारा नेपाली दुताबास इजरायल समक्ष ७ बुद्दे ध्यानाकर्सण पत्र हस्तान्तरण गरेको छ |
संघको अध्यक्ष छिरिङ्ग लामा शेर्पाको नेतृत्वमा २४ डिसेम्बर २०१७ (आइतबार) गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इजरायलको पाचौ अधिबेशन पश्च्यात २०१७ /२०१९ कार्यकालको लागि नवनिर्वाचित भएका कार्यसमितिको भिन्न भिन्न चरणमा बसेको बैठकले निर्णय गरे बमोजिम र उम्मेदवारी दिने समयमा घोषणा पत्रमा उल्लेखित केही बुदाहरुलाई कार्यान्वयन गर्ने क्रममा नेपाली राजदुतावास इजरायलको कार्यालय तेलअविवमा इजरायलमा भएका विभिन्न खाले समस्याहरुलाई समाधान गर्नको निमित्त महामहिम राजदुत निरन्जन कुमार थापा समक्ष ध्यानाकर्सण पत्र बुझाएको एनआरएनए इजरायलकी प्रवक्ता डोमा शेर्पाले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
ध्यानाकर्सण पत्र बुझाउन आइसिसि सदस्य दिपक प्रसाद ओली , संरक्षक बिशाल ज्ञवाली , प्रबक्ता डोमा शेर्पा , वरिष्ठ उपाध्यक्ष शान्ता अधिकारी ज्ञवाली , उपाध्यक्ष गोपी गुरुङ , सचिब निर्मला गुरुङ र कार्यकारी सदस्य सुमित्रा भण्डारी गरी ८ जनाको टोलि दुतावासमा पुगेका थिए |
पत्रमा उल्लेखित बुदाहरुमा छलफल गरि महामहिम राजदुत लगायत राजदुतावास इजरायल परिवारको तर्फबाट सहि र सकारात्मक धारणाहरु राख्नुको साथै छिट्टै नै सो कुराहरु बारे इजरायलमा कार्यरत नेपालीहरुको समयअनुकुलतालाई मिलाई कार्यन्वयन गरिने प्रतिबद्धता राजदुताबासले गरेका थिए |