हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

तामाङ सोसाईटी अफ न्युयोर्कको तदर्थ समिती गठन,संयोजकमा छेमाङ थोकर तामाङ

-एनपी परदेशी 

न्यूयोर्क । छेमाङ थोकरको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिती बनाई तामाङ सोसाईटी अफ न्युयोर्कको गठन भएको छ । तदर्थ समितीमा प्रेम थोकर उपसंयोजक र अमर तामाङ सदस्य-सचिव रहेका छन् ।तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष तथा उत्तर अमेरिकी तामाङ सम्मेलन आयोजक तदर्थ समितीको संयोजक शान्त थोकरको अध्यक्षतामा सोसाईटीका संस्थापक अध्यक्ष, सल्लाहकारहरु, पुर्व अध्यक्षहरु तथा पुर्बमहासचिवहरु समेत सम्मिलित आज बसेको बैठकबाट वृहत छलफल गरी तामाङ सोसाईटी अफ न्युयोर्क गठन भएको सूचना सोसाईटीले जारी गरेको छ । साथै बैठकबाट पुर्व सुचित डिसेम्बर २४ तारिक शेर्पा किदुग हलमा राखिएको गठन प्रकृया समेत रद्द गरिएको उल्लेख गरिएको छ ।

नवगठीत तदर्थ समितीले ६ महिनाभित्र प्रकृया पुराई पहिलो अधिवेशन गर्नेछ ।

तामाङ सोसाइटी अफ अमेरिकाको नयाँ शाखा न्यूयोर्कमा गठन हुने पुर्व सन्ध्यामा नेतृत्वमा जानका लागि दुईजना आकंक्षी देखिएका थिए । गत शनिबार प्रेम थोकरले र आईतबार छेमाङ थोकरले आ-आफनो आकंक्षा प्रस्तुत समेत गरेका थिए ।

अग्रज तामाङहरुको अनुरोध, आम तामाङ समुदायको भावना र उत्तर अमेरिकी तामाङ सम्मेलनको मर्मलाई समेत मध्यनजर गरी मिलेर जान सहमत भएको उपसंयोजक प्रेम थोकरले बताए । पक्ष विपक्ष भएर जानु भन्द आपसी सहमतीमा जाँदा एकताको भावना बढी देखिने बताउँदै संयोजक छेमाङ थोकरले अव दुवैजनाको सामर्थ्यमा गरिने कृयाकलापहरु बढी समुदायमुखी र प्रभावकारी हुने एभरेष्ट टाईम्ससँगको संक्षिप्त कुराकानीमा सुनाए । पदीय दायित्व निभाउँदै काम गरेर देखाउँदा आफूलाई सन्तुष्टी हुने उल्लेख गर्दै उनले सम्बन्धित सबैसँग सहयोगको अपेक्षा राखेको बताए ।

नवगठित तदर्थ समितीमा निम्नानुसार पदाधिकारीहरु रहेका छन् ।

संयोजक- छेमाङ दोर्जे थोकर
उपसंयोजक- प्रेम थोक़र
सदस्य सचिब – अमर तामाङ
सदस्य- सुवाश लामा स्याङबो
सदस्य- राम तामाङ
सदस्य- सूर्य पाख्रिन तामाङ
सदस्य- बुध्दीमान तामाङ






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution