हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

यसरी भएको थियो-काठमाडौंबाट भारतीय विमान अपहरण

२४ डिसेम्बर १९९९ (२०५६ पुस ९ गते)को त्यो दिन । घडीमा चार बज्न लागेको थियो । इन्डियन एयरलाइन्सको आइसी–८१४ नम्बरको विमान चालक दलका ११ सदस्य र १८९ यात्रु बोकेर काठमाडौँबाट दिल्ली उड्छ । तर विमान दिल्ली पुग्दैन ।
सामान्यतया काठमाडौंबाट उडेको विमान १ देखि २ घण्टा १५ मिनेटको समयमा दिल्लीमा अवतरण भइसक्छ । तर, इन्डियन एयरलाइन्सको त्यो विमान उडेको आधा घन्टामा नेपाली आकाशमै अपहरण भयो । विमानमा रहेका पाँच सशस्त्र अपहरणकारीले चालक दललाई नियन्त्रणमा लिएर विमान अपहरण गरेका थिए ।

भारतीय जेलमा रहेका हर्कत उल मुजाहिद्दिनमा आबद्ध रहेर स्वतन्त्र काश्मिरी अभियानका प्रभावशाली नेता मौलाना मोहम्मद महसुद अजहरसहितका ३५ नेताको रिहाइका लागि सशस्त्र अपहरणकारीले नेपाली आकाशमै भारतीय विमान अपरहरण गरेका थिए ।

नेपाली आकाशमा अपहरण गरिएको विमानमा इन्धन भर्ने र भारत सरकारलाई आफ्ना माग पूरा गर्न दबाब दिन अपहरणकारीले भारतीय विमानस्थल प्रयोग गर्ने योजना बनाएका थिए । योजनाअनुसार उनीहरूले भारतको लखनउमा विमान अवतरण प्रयास गरे, तर अनुमति मिलने ।

पाकिस्तानको लाहोरमा अवतरण प्रयास पनि विफल भयो । पाकिस्तानमा विमान अवतरण हुँदा पाकिस्तानी सरकार अपहरण आरोपमा जाकिन सक्थ्यो । साना–साना विषयमा पनि बल्झिरहने भारतसँगको सम्बन्धमा थप चिसोपन थपिन सक्ने भन्दै  पाकिस्तान सरकारले अपहरित विमान आफ्नो देशभित्र अवतरण गर्ने अनुमति दिएन ।

विमानमा इन्धन सकिँदै थियो, कतै अवतरण गर्नु वा दुर्घटित हुनुको विकल्प थिएन । अवतरण नभए १८९ यात्रुको जीवन समाप्त हुने निश्चित थियो ।

आफ्नै भू–भागमा विमान ओराल्न दिन आखिर भारत नै राजी भयो । भारतको अमृतसरमा विमान अवतरण भयो । विमानमा इन्धन भर्ने र अर्को देश जाने अपहरणकारीको योजना थियो । माग पूरा नगरे यात्रुको हत्या गर्ने धम्की पछि भारत सरकार इन्धन भरिदिन राजी पनि भयो । तर, प्राविधिक समस्या भन्दै विमानलाई इन्धन ट्याङ्करनजिक लैजानुपर्ने  भारतीय पक्षले माग गरे पछि भारतले आफूविरुद्ध सैन्य अप्रेसन तयारी गरेको आशङ्कामा अपहरणकारीले भारतीय यात्रु रूपेन कट्याललाई छुरी धसेर मारिदिए । अनि जति इन्धन छ, त्यसैको भरमा विमान उडाएर लाहोर लैजान चालक दललाई अह्राए ।

अपहरणकारी कुनै हालतमा विमान उडाउने तयारीमा रहेको सूचना प्राप्त भएपछि भारत सरकारले नै पाकिस्तानी सरकारलाई लाहोरमा विमान अवतरणको अनुमति दिन आग्रह गर्यो । भारतको आग्रह स्वीकार गर्दै थोरै समय विमान अवतरण गर्ने अनुमति दिन पाकिस्तान राजी भयो । विमान अमृतसरबाट लाहोर पुग्यो ।

उनीहरूको गन्तव्य अफगानिस्तान थियो । लाहोरमा इन्धन भरेर विमान अफगानी सहर कान्दाहारतिर हान्नियो । तर, कान्दाहारमा बेलुका विमान अवतरण सम्भव भएन । उनीहरूले फेरि रुट परिर्वतन गरेर विमान संयुक्त अरब इमिरेट्स पुर्याए ।

युएई विमानस्थलमा अपहरणकारीले खाना, औषधीलगायत सामग्री माग गरे । युएई सरकारले विमानमा रहेका महिला, बालबालिका र वृद्धलाई छाड्नुपर्ने सर्त राख्यो । २५ यात्रु र हत्या गरिएका कट्यालको शव बुझाएपछि अपहरणकारीको माग पूरा भयो ।

भोलिपल्ट विमान अफगानिस्तानको कान्दाहार विमानस्थल पुग्यो । त्यसपछि भारत सरकारसँग अपहरणकारीको मोलमोलाइ सुरु भयो । विमान र यात्रुको बदलामा भारतीय जेलमा रहेका मौलाना मोहम्मद महसुद अजहरसहितका आफ्ना ३५ नेताको रिहाइ गर्नुपर्ने उनीहरूले माग राखे । वार्ता शुरु भयो ।
वार्ता सुरु भएको ६ दिनमा बल्ल भारत मौलाना अजहरसहित तीन बन्दी छाड्न राजी भयो । अपहरणकारी पनि विमान र यात्रु मुक्त गर्न सहमत भए । त्यसपछि पुस १६ गते (३१ डिसेम्बर) मा अपहरित यात्रुसहित विमान अपहरणमुक्त भयो ।

अपहरणमा अहमद ए. सेख, सन्नी अहमद काजी, सइद अख्तर सैयद, मिस्त्री जाहुर इब्राहिम र राजेशगोपाल बर्माको संलग्नता खुल्यो ।

त्रिभुवन विमानस्थलमा खरिद गरेको टिकटमा राष्ट्रियता भारतीय उल्लेख गरे पनि अपहरणकारी दुई जना पाकिस्तानी र तीनजना काश्मिरी थिए । मौलानाका भाइ इब्राहिम अख्तरको योजनामा विमान अपहरण भएको थियो । र, अपहरणमा उनी पनि संलग्न थिए ।
यो समाचार स्टोरीमा एक जना नेपाली जमिम शाह पनि विमान अपहरण प्रकरणमा संलग्न रहेको आरोप लगाइएको छ । समाचारअनुसार अपहरणमा संलग्न पाकिस्तानी र कास्मिरीलाई नेपालमा सेल्टर दिएको, योजना बनाउन सहयोग गरेको र नेपाली अधिकारीसँग सहज सम्बन्धको दुरुपयोग गरेर हतियारसहित विमानसम्म पुग्न अपहरणकारीलाई जमिम शाहले सहयोग गरेका थिए । तर, यो आरोप न पुष्टि भयो, न उनले त्यसबाट उन्मुक्ति पाए |

पछि उनको २६ माघ २०६६ मा काठमाडौंमै गोली हानी हत्या भयो । भारतीय सञ्चारमाध्यमले जमिम शाहको हत्या भएपछि समाचार सम्प्रेषण गर्दा ‘पाकिस्तानी जासुस’को गोली हानी हत्या गरिएको भनेर प्रचार गरे ।

एजेन्शीहरुको सहयोगमा

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution