हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

एमालेले फोरमसँग मिलेर सरकार बनाउन खोज्दैछ-प्रचण्ड,अब के होला ?

कावासोती, ८ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी परिणाम सार्वजनिक भएपछि नेकपा एमालेले माओवादी बाहेकको सरकार बनाउने प्रयास गरेको खुलासा गरेका छन् ।

एमाले नेताले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने कसरत गरे पनि त्यो सफल नभएको खुलासा गरेका हुन् । नवलपुरको कावासोतीमा शनिवार आयोजित कार्यकर्ता प्रशिक्षणमा बोल्दै प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।

प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम आउँदा एमालेका केही नेताले माओवादीलाई एक्ल्याएर सरकार बनाउने कोशिष गरेको प्रचण्डको भनाइ थियो । तर समानुपातिकतर्फ नेपाली कांग्रेसले पनि एमालेकै हाराहारी मत ल्याएको र एमाले एक्लैको बहुमत पुग्ने स्थिति नबनेपछि एमालेका नेताहरु पार्टी एकताप्रति सकरात्मक भएको उनले बताए ।

‘नेकपा एमालेका केही नेता साथीहरुले चुनावी परिणाम पछि माओवादीले पेलेर जाने, सरकारमा सहभागी नै नगराउने रणनीति अख्तियार गर्न खोज्नुभएको थियो,’ पार्टी प्रशिक्षणमा प्रचण्डले भने, ‘तर संघीय फोरमले एमालेसँग आउन नसकिने बताएपछि त्या प्रयास सफल हुन सकेन ।’

अध्यक्ष प्रचण्डले आफूहरु तेस्रो पार्टी भए पनि जनताले सत्ताको चाबी माओवादीलाई दिएको पनि दावी गरे । एमाले नेताले माओवादीलाई अलग राखेर स्थायी सरकार नबन्ने कुरा बुझेपनि अहिले आएर पार्टी एकताप्रति सकरात्मक भएको उनको भनाइ थियो ।

प्रचण्डले आफू भने वाम गठवन्धन र पार्टी एकताप्रति पूर्ण प्रतिबद्ध रहेको पनि बताए । प्रशिक्षणमा उनले देशलाई राजनीतिक स्थिरता र आर्थिक समृद्धितर्फ डोर्याउन वामपन्थीहरुबीच एकताको विकल्प नभएकोमा पनि जोड दिए ।

आफ्नो अहिलेको प्रयास स्थायी सरकार निर्माण र पार्टी एकतालाई निष्कर्शमा पुर्याउनमा केन्द्रित हुने पनि प्रचण्डले बताए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution