एनआरएनएले नेपाल धितोपत्र बोर्ड समक्ष सेयर बजारमा १० अर्ब लगानीको लागि वातवरण बनाउन माग

७ पुस, काठमाडौं । गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले सेयर बजारमा १० अर्ब लगानी गर्ने मनस्थितीमा आफुहरु रहेको बताएका छन् ।
नेपाल धितोपत्र बोर्डमा हालै भएको बैठकमा उनीहरुले यस्तो लगानी तत्परता देखाएका हुन् । एनआरएनका अध्यक्ष भवन भट्टले विदेशमा ठूलो संूूख्यामा छरिएर रहेका एनआरएन साथीहरु नेपालको पँुजी वजारमा संस्थागतरुपमा लगानी गर्न इच्छुक रहेको जानकारी गराएका हुन् । उनले धितोपत्र बोर्डलाई गैरआवासीयले बजारमा लगानी गर्ने वातावरण बनाइदिन आग्रह समेत गरे ।
भेटमा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले नेपालको धितोपत्र वजारमा एनआरएनलाई सहभागी गराउन आवश्यक नीतिगत व्यवस्था गर्न वोर्डले कार्य अगाडि वढाई सकेको जानकारी दिएका छन् ।
एनआरएनका लागि धितोपत्रको दोस्रो बजार खुला गर्ने सम्बन्धमा बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थमन्त्रालयका प्रतिनिधि तथा विज्ञ संलग्न समिति गठन भइसकेको छ । समितिले प्राथमिक बजारमा लगानी अवसर उपलब्ध गराउने सम्बन्धमा बैकल्पिक लगानी साधन सम्बन्धी नियमावलीको मस्यौदा बनाइरहेको कार्कीले स्पष्ट पारे ।
कार्कीलेले एनआरएनलाई बोर्डबाट के कस्तो अपेक्षा रहेको छ लिखितरुपमा जानकारी गराउन समेत आग्रह गरेका छन् । उक्त भेटघाट कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष जिवा लामिछाने तथा वोर्ड उच्च पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।