हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

पोर्तुगलमा नेपालीको सुकुम्बासी वस्ती !

पछिल्लो समयमा कृषि रोजगारको मुख्य आकर्षण बन्दै आईरहेको छ पोर्तुगलमा।कृषि क्षेत्रमा मुख्यतयाः नेपालीहरु काम गर्दछन र बस्दछन्। पोर्तुगलका प्रतिष्ठित नेपालीहरु र धेरैको व्यवसायको आकर्षण पनि कृषि बनिरहेको अवस्थामा कृषिक्षेत्रमा हुने श्रम शोषण र मानब तस्करी पोर्तुगल सरकारको टाउको दुखाईको बिषय बनेको छ।

ब्रिजोस क्यार संरक्षण क्षेत्र र मि गुएइरा दि बाइसो क्षेत्रमा पोर्तुगलको अध्यागमन प्रहरी सेफको चेकजाचको क्रममा नेपालीहरु रोहिंगा शैलीमा पोर्तुगलको आरक्षण क्षेत्रमा जस्ताको टहरो बनाएर बस्दै आईरहेको भेटेको छ। जीवनका लागि न्युनतम सुविधाहरु पानी, बिजुली र शौचालय पनि नभएको र सो क्षेत्रमा बसोबास गर्नु नै गैरकानुनी भएको सेफले जनाएको छ।

पछिल्लो समयमा युरोपमा मानब तस्करीहरुको केन्द्र नै पोर्तुगल बन्दै आईरहेको छ। यहाँ विभिन्न समाज र संस्था गठन गरेर ठगी, दलाली र मानब तस्करी गर्ने नेपालीहरुको जमात पनि पढ्दो छ। बिशेषत कृषिमा सरकारी कोटामा कामदारहरु ल्याएर करीब एक लाख २० हजार सरकारी दस्तुरका अतिरिक्त मानब तस्करीहरु संगको सेटिङ्मा १२-१२ लाख भन्दा बढी असुल्ने कृषि ब्यवासीहरु मालामाल हुने र श्रमिकहरुको जीवन बेहालभएका तथ्यहरु बारम्बार पोर्तुगिज मिडियाहरुमा पनि आईरहनुले पुष्टी गर्छ।

पोर्तुगलको अध्यागमन प्रहरी सेफले सबैभन्दा बढी निरीक्षण र निगरानी गर्ने क्षेत्र नै कृषी हो। सेफले बिगतका महिनाहरुमा मात्रै २०० भन्दा बढीलाई कृषी क्षेत्रमा निरीक्षण र पक्राउ गरेको थियो। कृषि मजदुरसंग भएका कामका करारहरु कानुनसंगत नभएको र नक्कली भएको आशंकामा अझै पनि सेफको अनुसन्धानको धेरामा छन्।

दशौ बर्षदेखी पोर्तुगलमा ब्यासाय गर्दै आयका एक नेपाली भन्छन् ” कृषि क्षेत्रमा हुने गरेको श्रम शोषण र मानब तस्करीका घटनाहरुबढ्दै जानु र श्रमिकहरुको उजुरीहरु सेफमा धेरै संख्यामा आउन थालेपछि सेफको कडा निगरानी रहेको कृषि व्यवसाय धेरै नेपालीहरुले छोडेका छन् भने कयौले कानुनी झमेलाबाट बच्न अरुको नै नाममा आफ्नो व्यवसाय गलत तरिकाले गर्दै आएका छन्, जुनदिन कानुनको नजरमा पर्छन, मालिक त बच्लान तर जसको नाममा व्यवसाय छ, उनीहरु फस्ने निश्चित छ। ”

नेपालीहरुबाट नै नेपालीहरु मानब तस्करी र चरम श्रम शोषण गरेको अभियोगमा यसअघि पनि २ जना नेपाली र एक पोर्तुगिज नागरिकलाई पोर्तुगलको अदालतले १४ र १३ बर्षको जेल सजाय सुनाईसकेको छ जसमा २३ जना नेपालीहरु आरक्षण क्षेत्रमा टहरोमा एकदमै निम्न जीवनस्तरमा बस्दै आएको र चरम श्रम शोषण र मानब तस्करी पिडित भन्दै सेफले उद्धार गरेको थियो।

हालै मात्र अल्सेसर दो सालको बारुण नियन्त्रण शाखाले एक रिपोर्ट प्रस्तुत गर्दै त्यस क्षेत्रबाट सबै टहराहरु हटाउन भनेको छ। पोर्तुगलको वातावरण मन्त्रालयले ब्रिजोस क्यार संरक्षण क्षेत्र र मि गुएइरा दि बाइसो क्षेत्रमा अनुशन्धान गर्दै त्यसक्षेत्रमा जस्ताका टहराहरु बनाएर बसेका नेपालीहरुले जताततै दिशापिसाब गेरको, फोहोर गरेको र आठ मिटरसम्म रुखहरुको हालत खराब गेरको एक रिपोर्ट निकालेको छ।

यहाँको सर्कार्क्ले निर्माण र खेतीमा काम गर्ने उनीहरु मानव तस्करहरुमार्फत ल्याइएको आशंका गरेको छ । गाह्रो र खतरनाक काम भएपनि उनीहरुले प्रतिघन्टा ३ युरोभन्दा थोरै पैसामा काम गरेको बताएका छन् । जो अन्य कामको तुलनामा एकदमै कम हो |

एक पोर्तुगिस टेलिभिजनका अनुसार उनीहरु अपमानजनक तवरले न्युनतम मापदण्ड पनि नभएको ठाउमा बसेको जनाएको छ । नेपालमा सुकुम्बासीहरुको टहराजस्ता छाप्रामा उनीहरु बस्ने गरेको देखाइएको छ । दयनीय अवस्थाबारे टिप्पणी गरे पनि टेलिभिजनले उनीहरुको कानुनी वैधता वा यस्तो अवस्थाबारे केही खुलाएको छैन ।

यहाँका सुरक्षा अधिकारीले र वातावरण मन्त्रालयले ३० दिनभित्र सो क्षेत्र खाली गराउन र सरसफाई गरी वृक्षारोपण गर्न सम्बन्धित निकायहरुलाई निर्देशन समेत दिईसकेको छ।

-यादव देवकोटा / पोर्तुगल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution