प्रतिनिधि सभाको समानुपातिक कोटामा पर्छु भन्नेमा नबिन रोक्का मगर ढुक्का !

प्रतिनिधि सभा र प्रदेस सभाकाे भर्खरै ताजा परिणामबाट एकाएक उक्सेका राजनैतिक दलहरुलाई अहिले समानुपतिकमा कस्काे नाम छनाेट गर्ने भन्ने हम्मे हम्मे परिराखेका बेला माअाेबादी केन्द्रमा पनि बन्द सुचिमा नाम पर्नेहरु अाफ्नाे पार्न तछाड मछाड गर्नेहरुकाे कमि छैन ,यहिभिडमा माअाेबादी केन्द्रबाट बन्द सुचिमा नाम परेका एउटा फरक ब्यक्ति जाे अादिबासी जनजाति महासंघ केन्द्रिय प्रबक्ता तथा नेपाल मगर संघ का केन्द्रिय अध्यक्ष र माके केन्द्रिय सचिवालय सदस्य नबिन राेका मगरले डेढकराेड अादिवासी जनजातिकाे भाबना समेट्नकालागी भएपनि प्रतिनिधि सभाकाे समानुपतिक काेटामा अाफ्नाे नाम सुननिस्चित हुनुपर्ने जिकिर गर्ने उनै राेका मगर संग कुराकानीका अाधारमा तयार पारिएकाे रिपाेर्ट :
को हुन नबिन रोका मगर ? बिद्रोह सङ्गै राजनितिक यात्रा शुरु गरे ?
आफू बाँचेको सामाजको बास्तबिकताको प्रभाबले मानिसको चिन्तन तयार हुन्छ । बर्गबिभाजित समाजमा एउटा बर्गले अर्को बर्गलाई उत्पिडनमा पारेको हुन्छ ।
थावाङ गाँउपालिका – ४ मा जन्मेका नबिन रोका मगरले पनि आफुले सानै उमेरमा स्थानिय शासकको चरम दमन र उत्पिडन खेप्नुपर्यो । ती शासकलाई आफ्नो सम्पत्ती नसुम्पे सम्म सार्बजनिक धारा, बाटोघाटो प्रयोगमा बन्देज हुन्थ्यो । निर्बाध रुपमा घाँसदाउरा गर्न नपाउने तथा सार्बजनिक कार्यक्रहरुमा समेत निषेध थियो । बर्ष भरी मेहनत गरेर लगाएको बाली लुटेर लाँदा समेत मुकदर्शक भएर बस्नुपर्ने बाध्यता थियो ।
आफू जन्मेको ६ महिनामै पितृशोक भोगेका उनले आफू हुर्कदै गर्दा आफ्नो आमा र आफुले भोगेको यस्ता ज्यादतिपुर्ण सामाजिक परिबेशबाट शासकको सामु आत्मसमर्पण गर्नुको साटो तिब्र प्रतिरोध शुरु गरे ।
सामाजिक बिद्रोह सङ्गै २०४९ सालमा बिध्यार्थी सङ्गठनको इकाइ अध्यक्ष भए र राजनितिक यात्रा शुरु गरे ।
कठिन राजनितिक यात्रा भोगे नवीनले ।
बिध्यार्थी राजनिती सङ्गै भुमिगत जीवन शुरु गरे । भुमिगत रुपमा राजनितिक गतिबिधी शुरु गरे र शासकका ज्यादतिको बिरुद धावा बोले। उनको भुमिगत कालिन नाम रायबीन मगर थियो । उनको नामले समेत प्रहरिहरु डरले काँप्थे त्यतिबेला ।
त्यसपछी उनी ६० सदस्यिय योङ कम्युनिष्ट लिगका एक सदस्य समेत हुन, जसका कमाण्डर अहिलेका उपराष्ट्रपती नन्द बाहादुर पुन ‘ पासाङ’ थिए । पार्टिको निर्देशनमा भुमिगत राजनितिक गतिबिधि सङ्लग्न हुदै गर्दा १३ पटक हिरासत जीवन बिताए । त्यतिबेलाको मानसिक र सारिरीक याताना स्मरण गर्दै नेपाल न्युजलाई भावुक मुद्रामा जानकारी गराए ।
आफू बिरामी हुदा समेत प्रहरिलाई दिए चक्मा ।
जनयुद्दको काहालिलाग्दो समयमा चारैतिर मृत्युको भयानकताबाट बाच्नु पर्थ्यो । त्यत्ती नै बेला उनलाइ अचानक रोग लाग्यो । १९ दिन सम्म दिसा पिसाब बन्द भयो । त्यसपछी उपचारको लागि पार्टिको एक टुकडी सहित झर्दै गर्दा अकस्मात युनिफाईड प्रहरी सङ्ग आमने सामने भए । त्यतीबेला उनले साथिहरुलाई सुरक्षित स्थानतिर पठाउदै आफू भने बारिको कान्लोनीर ‘क्यामोफ्लाइज’ पोजिसनमा सेपेर बसे । प्रहरिले उनलाई भेटेनन र यसरी प्रहरिलाई चक्मा दिए ।
हालको पार्टिगत हैसियत र आदिबासि जनजातीको जिम्मेवारी ।
अहिले नबिन रोका मगर नेकपा (माओबादी केन्द्र) का केन्द्रिय सचिबालय सदस्यको हैसियतमा छन भने जनजाती महासङ्घको प्रबक्ता तथा नेपाल मगर संघको केन्द्रिय अध्यक्ष समेत हुन ।
प्रतिनिधि सभाको समानुपातिक कोटामा नवीन रोक्का मगर नै किन ?
नेकपा ( माओबादी केन्द्र) ले अपेक्षाकृत मत ल्याउन सकेन । तर आकाङ्क्षिहरु धेरै देखिन्छन। तपाइलाई नै पार्टिले किन अबसर दिनुपर्दछ त भन्ने प्रश्नमा नवीन भन्नुहुन्छ ” म डेढ करोड आदिबासि जनजातीकाे अभियन्ता भएको कारण पार्टिले आफुलाई अबसर दिए समग्र आदिबासी जनजाती, बर्ग, समुदाय, क्षेत्र, लिङ्गको भाबनाको कदर हुने हुदा आफ्नो पार्टीले र पार्टी अध्यक्ष प्रचण्डले मलाइ नै अबसर दिनेमा दृढ छु ” ।
प्रस्तुति – मिलन लामा/नेपाल न्युज