नेपाल तामाङ घेदुङ इजरायल द्वारा बिध्यालयलाई आर्थिक सहयोग प्रदान

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायल द्वारा संस्थाको शैक्षिक कोषबाट सिन्धुली जिल्ला बासकटेरी कमलामाई न.पा.८ मा रहेको श्री निम्न माध्यमिक बिध्यालयलाई बिध्यालयको प्रगती तथा सुधारको लागि नेपाली रुपियाँ ५०,००० सहयोग गरेको छ |
नेपाल तामाङ घेदुङ इजरायलका प्रतिनिधि कुन्ता तामाङ मार्फत नेपाल नेपाल तामाङ घेदुङ (केन्द्र) को कार्यलयमा पुतालीसडकमा केन्द्रिय घेदुङका अध्यक्ष मोहन गोले तामाङले बिध्यालयका अध्यक्ष सुकलाल तामाङलाई हस्तान्तरण गरिएको हो |
नेपाल तामाङ घेदुङ इजरायलले गरिब, जेहेन्दार र टुहुरा बालबच्चाको शिक्षाको लागि घेदुङ बहुउद्धेस्य सहकारी लिमिटेडमा नेपाली रुपियाँ ६ लाखको “शैक्षिक/अक्षय कोष”को लागि शेयर खरिद गर्ने निर्णय समेत गरिसकेका छन् |