विद्यार्थी संगठनको अध्यक्ष भएकैबखत पहिलो महिला सांसद बन्दै नविना लामा तामाङ

काठमाडौं । एमाले अखिलका वर्तमान अध्यक्ष नविना लामा र पूर्व अध्यक्ष रामकुमारी झाँक्री समानुपातिक तर्फका सांसद बन्ने लगभग पक्का छ।
एमालेले पाएको समानुपातिक तर्फको मत अनुसार ३७ जना महिला प्रतिनिधि सभामा अनिवार्य पठाउनु पर्छ। प्राथमिकता अनुसार झाँक्री महिलातर्फ चौथो नम्बरमा छन् भने लामा सातौं नम्बरमा छन्।
प्रत्यक्षमा महिलाको संख्या निकै कम भएपछि संविधानको व्यवस्था अनुसार ३३ प्रतिशत महिला कोटा सुरक्षित गर्न एमालेले समानुपातिकतर्फबाट ३७ जना महिला पठाउनै पर्ने देखिन्छ।
एमाले विद्यार्थी संगठनको अध्यक्षमा रहँदाकै बखत सांसद बन्ने पहिलो महिलाका रूपमा नविना लामाले रेकर्ड राखेकी छन् । यस अगाडि अखिल अध्यक्ष रहेकै बेला रामनाथ ढकाल सांसद भएका थिए।
प्राथमिकताक्रम अनुसार सांसद छनौट हुने भएकोले दुबै युवा नेतृका भागमा माननीय हुने अवसर आएको छ।