हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

नयाँ शक्तिको संकथन

– डम्बर खतिवडा

03112015085123Dambar-khatiwoda-600x0कार्तिक १७, २०७२- नेपाली राजनीतिमा नयाँ शक्ति सबैभन्दा पछिल्लो ‘डिस्कोर्स’ बन्न पुगेको छ। देशका केही स्वतन्त्र चिन्तक र बुद्धिजीवीहरूले प्रारम्भमा यसलाई बहसमा ल्याए। विस्तारै यसले राजनीतिक आकार ग्रहण गर्‍यो। हिजोआज त ‘नयाँ शक्ति’ उदीयमान राजनीतिक ‘ब्रान्ड’ नै भइसक्यो कि जस्तो प्रतीत हुँदैछ। हिजो ‘नयाँ शक्ति’ भन्नाले एउटा भविष्यमुखी बृहत्तर बहस बुझिन्थ्यो, आज कतिपयले ‘ए, त्यो डा. बाबुराम भट्टराईले बनाउन लागेको नयाँ पार्टी’ भनेर बुझिदिन्छन्। बुझाइमा आएको यो अन्तरका राम्रा–नराम्रा दुबै पक्षहरू छन्। राम्रो– यो बहस अलिक ठूलो आकारमा फैलियो र कहीं न कहीं केन्द्रीकृत पनि हुन खोज्यो। नराम्रो– यो स्वतन्त्र, बृहत्तर र सहभागितामूलक बहस हो। यसलाई कुनै व्यक्तिसँग मात्र जोडेर हेर्दा पूर्वाग्रहले घर गर्ने सम्भावना रहन्छ।

‘नयाँ शक्ति’को व्यावहारिक अभ्यास कसरी अगाडि बढ्छ, त्यो हेर्दै–भोग्दै जाने विषय हो। यस आलेखको उद्देश्य भने केही सैद्धान्तिक विषयलाई अगाडि ल्याउनु मात्र हो। सबै राजनीतिक ‘डिस्कोर्स’हरू मूलत: चार आयाममा सिश्र्रित भएका हुन्छन् : नयाँ सत्यको उद्घाटन, नयाँ संरचनाको निर्माण, नयाँ काल्पनिकीको स्थापना र नयाँ संस्कृतिको अभ्यास। यी चार तत्त्वसँग जोड्न सकिएन भने ‘नयाँ शक्ति’को बहस गर्भमा आफै तुहिन पनि सक्छ वा यसको भ्रूणहत्या गर्न चाहनेहरूका लागि सजिलो हुनेछ।

‘नयाँ’को अर्थ स्थापितभन्दा ‘फरक’ हो। मूलधारभन्दा ‘वैकल्पिक’ हो। संसारमा कहीं नभएको विलकुलै ‘नयाँ’ भन्ने हैन। विलकुलै नयाँ संसारमा केही पनि हुँदैन। जसरी भौतिक जगतमा तत्त्वहरू एकबाट अर्कोमा परिवर्तित भइरहन्छन्, त्यसरी चेतन जगतमा प्रवृत्तिहरू एकपछि अर्कोमा रूपान्तरित भइरहन्छन्। तसर्थ नयाँ भन्नुको निश्चित सन्दर्भ र सापेक्षता हुन्छ। स्थापित मूल्य, मान्यता र दृष्टिकोणप्रतिका असन्तुष्टि, त्योभन्दा अझ ‘राम्रो’ गर्ने चाहना, ‘राम्रो’ गर्न सकिने सम्भावना र त्यो सम्भावनालाई प्रयोग गरी हेर्ने आकांक्षा नै ‘नयाँ’ हो।

नयाँ शक्तिको बहस सतहमा आउने बित्तिकै उठ्ने जिज्ञासाहरू फेरि पनि ‘पुरातन’ नै छन्। मैले भेटेका अधिकांश मान्छेहरूको प्रश्न त्यही थियो, कस्तो नयाँ? कम्युनिष्ट कि गैरकम्युनिष्ट? माक्र्सवादी कि गैरमाक्र्सवादी? पुँजीवादी कि गैरपुँजीवादी? बजारवादी कि राज्यवादी? लोकतान्त्रिक कि वामपन्थी? यी सबै प्रश्नहरूको निरर्थकताबाट नयाँ शक्तिको बहस प्रारम्भ भएको भन्ने बुझाइ स्थापित गर्न सजिलो देखिएन। मानवीय मनोसंरचनाको विचित्र बनोट स्थापित मान्यताको वरिपरि घुमिरहने स्वभावबाट निर्मित छ। तर सबै मान्छेमा ठीक यस्तै स्वभाव हुन्छ भन्ने हैन। विषयवस्तुलाई फरक कोणबाट पर्गेल्न चाहने ‘क्रिटिकल मास’ पनि हामीकहाँ बन्दै गइरहेको छ।

आजको युग न माक्र्सवादी, न पुँजीवादी, बरु ‘उत्तरमाक्र्सवादी’ र ‘उत्तरपुँजीवादी’ युग हो। स्थापित दुई मान्यताहरू– माक्र्सवाद वा पुँजीवादलाई फेरि जस्ताको त्यस्तै पछ्याउने हो भने त्यो ‘नयाँ’ हुँदै हुँदैन। र त्यस्तो नयाँको औचित्य स्थापित गर्न कसैका लागि पनि सजिलो छैन। चीनले बजार अर्थतन्त्र अपनाउनु र अमेरिकाले सामाजिक सुरक्षा कार्यक्रमहरू लागू गर्नुबाटै हामी बुझ्न सक्छौं कि सिद्धान्तको बहस ‘ब्लाक एन्ड ह्वाइट’मा छैन, प्रशस्त ‘ग्रे लाइन’हरू छन्। बेइजिङमा आडम स्मिथको छाया र न्युयोर्कमा कार्लमाक्र्सको प्रेतात्माले प्रात: भ्रमण गर्नथालेको धेरै वर्ष भइसक्यो।

आज साम्यवादीहरूलाई ‘तिमी निजी सम्पत्ति उन्मूलन गर्ने वैचारिक जातका हौ’ भन्दियो भने खपिनसक्नुको ठूलो आरोप लगाए जस्तो हुन्छ। आज लोकतन्त्रवादीहरूलाई ‘तिमी मजदुरको अतिरिक्त मूल्य शोषण गर्ने बुर्जुवा जातका हौ’ भन्दियो भने त्यसरी नै तिल्मिलाउँछ। जो माक्र्सवादी छन्, जो पुँजीवादी छन्, आफ्नै आधारभूत मान्यताबाट उनीहरूले विश्वास गुमाएका छन्। केवल एउटा ब्रान्ड या एउटा ब्यानर बाँकी छ त्यहाँ। नयाँ शक्तिले त्यो हाइपोक्रेसीलाई जस्ताको त्यस्तै घिसारिरहनुपर्ने आवश्यकता छैन। यदि घिसारिन्छ भने त्यो ‘नयाँ शक्ति’ पनि हुँदैन, पुरानै शक्तिको कुनै एउटा धार, शाखा वा हाँगोमात्र हुन्छ।

अर्को प्रश्न छ, नयाँ संरचनाको। हाम्रा राजनीतिक संरचनाहरू वास्तविक रूपमा लोकतान्त्रिक हुन नसकेको तीतो पीडा, कांग्रेस–कम्युनिष्ट दुबै खेमामा छ।

कम्युनिष्टहरू लेनिनवादका नाममा जनवादी केन्द्रीयताको केन्द्रीकृत जनवादी अभ्यास गर्छन् र बारम्बार आफैं हैरान हुन्छन्। बारम्बार फुट्छन्। बारम्बार एकअर्कालाई निरंकुश र तानाशाहीको आरोप लगाउँछन्। त्यहाँ प्रेजिडियम, पोलिटब्युरो, भेनगार्ड पार्टी, मार्गदर्शक सिद्धान्त, प्राधिकारजस्ता केही मान्यताहरू छन्, जसले मान्छेको सिर्जनशील चरित्रलाई निरन्तर प्रत्यक्ष, परोक्ष दमन गरिरहेको हुन्छ। अध्यक्ष वा महासचिवको शक्ति अगाडि चाउरिएका पोलिटब्युरो वा स्थाथी समितिहरू गुमेको आफ्नो लोकतान्त्रिक अधिकारको त यदाकदा चिन्ता गर्छन्, तर आफू संलग्न संरचनाले गुमाएका अरूका अधिकारको सामान्य अनुभूतिसम्म गर्न सक्दैनन्। कांग्रेसमा व्यक्तिवाद, परिवारवाद, किचेन क्याविनेट, कोटेरी हावी भएमा अनेक गुनासाहरू हुन्छन्। के त्यस्तो संरचना सम्भव छैन, जहाँ प्रणाली प्रमुख होस् र प्रणालीभन्दा बाहिर कसैको कुनै भविष्य नहोस्? त्यो सम्भावना लोकतन्त्रको सहभागितामूलक विधिमा सम्भव छ।

सहभागितामूलक लोकतन्त्र लोकतन्त्रको उत्तरआधुनिक बहस हो, यसले राज्यको अन्तिम निर्णायक शक्ति वयस्क नागरिक र पार्टीको अन्तिम निर्णायक शक्ति साधारण पार्टी सदस्यहरूलाई मान्छ। तर हाम्रा यावत संरचनाहरू अहिले सहभागितामूलक छैनन्, प्रतिनिधिमूलक मात्र छन्। यो ‘ग्याप’ पुरा गर्नु पनि नयाँ शक्ति आवश्यक भएको हो। सुशासन, पारदर्शिता र समन्याय बिनाको लोकतन्त्रलाई लोकतन्त्र मान्न सकिने युग अब रहेन। आज हामी जेलाई लोकतन्त्र भन्दैछौं, त्यो एक प्रकारको औपचारिक लोकतन्त्रमात्र हो, त्यसलाई कसरी वास्तविक लोकतन्त्रमा परिणत गर्ने भन्ने समस्या ज्युँकात्युँ बाँकी छ। लोकतन्त्रको सघनीकरण, विस्तारीकरण, सजिवीकरण र मूर्तिकरण गर्ने मोडल विकास गर्नु ‘नयाँ शक्ति’को संरचनात्मक आयाम हो।

तेस्रो प्रश्न नयाँ काल्पनिकीको हो। नि:सन्देह यो प्रश्न नीति तथा कार्यक्रमसँग जोडिन्छ। विकास र समृद्धिको प्रश्नसँग जोडिन्छ। आजसम्मका हाम्रा सोचहरूले किन देशलाई एउटा समृद्ध राष्ट्रका रूपमा फेर्न सकेनन्? किन हामी समृद्ध राष्ट्रका सुखी र सभ्य नागरिक बन्न सकेनौं? विकास अर्थशास्त्रका दृष्टिकोणबाट हाम्रा प्रारूपहरू उपयुक्त थिए कि थिएनन्? यदि थिए भने उपलब्धि किन हासिल भएन? यदि थिएनन् भने तिनीहरूलाई किन नफेर्ने? विकास र समृद्धितिरको यात्राका लागि वैकल्पिक मोडलहरू किन निर्माण नगर्ने? शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, ऊर्जा, सिंचाइ, खाद्य सुरक्षाजस्ता आधारभूत विषयसमेत हामीले किन यति धेरै अनदेखा गर्‍यौं? यी प्रश्नहरूको उत्तर खोज्नुपर्छ, प्रस्तावित नयाँ शक्तिले। अन्यथा त्यो नयाँ पनि हुँदैन र त्यसको कुनै औचित्य पनि रहँदैन। सुशासन र समृद्धिलाई आधार बनाएर जब हामी देशको भविष्यको कल्पना गर्न थाल्नेछौं, हामीले थुप्रै स्थापित मानकहरूलाई तोड्नुपर्ने हुन्छ र थुप्रै नयाँ मानकहरू स्थापित गर्नुपर्ने हुन्छ।

चौथो प्रश्न लोकतान्त्रिक संस्कृतिको हो। लोकतान्त्रिक संस्कृति शक्तिपुजक हैन, सत्य अन्वेषक हुन्छ। पार्टीकरण भएको मतदाता हैन, मतदाताकरण भएको पार्टी अबको आवश्यकता हो। कुनै मातृपार्टी भावनाबाट हैन, एजेन्डाका आधारमा मतदाताले विरोध वा समर्थन गर्ने नयाँ मतदाता शिक्षा समाजमा विस्तारित गर्न आवश्यक छ। अब फरक विचारहरूबीच नीतिगत र सिर्जनात्मक प्रतिस्पर्धा हुनुपर्छ। परम्परागत राजनीतिमा राजनीतिक दलहरू एकअर्काका शत्रु हुन्छन्, तिनीहरूलाई निन्दित गर्ने, घेराबन्दी गर्ने र निषेध गर्ने राजनीति गरिन्छ। आधुनिक लोकतन्त्रमा राजनीतिक शक्तिहरू एकअर्काका मित्रवत् प्रतिस्पर्धी हुन्छन्। प्रवृत्तिगत आधारमा राजनीति ध्रुवीकृत होस् भन्ने कामना गरिन्छ। राजनीतिक प्रवृत्तिहरू बीचको स्वच्छ प्रतिस्पर्धाले शासकीय अधिकारलाई प्रत्याभूत गरोस् भन्ने अपेक्षा गरिन्छ।

टिकटका लागि मरिहत्ते गर्ने, चुनाव जित्नका लागि भरमार खर्च र तिकडम गर्ने संस्कृतिबाट हाम्रो लोकतन्त्रले सही बाटो लिन सक्दैन। हामीले रचनात्मक, सहिष्णु र सद्भावयुक्त, सहकार्य र प्रतिस्पर्धाको द्वन्द्वात्मक सन्तुलनमा आधारित संस्कृति निर्माण गर्न आवश्यक छ। यस्तो संस्कृति अरूका गल्ती औंल्याएर आलोचना गर्ने, प्रतिक्रियात्मक मात्र हुँदैन, नयाँ शक्ति स्वयं त्यसको अन्वेषक, सिर्जनकर्ता र अभ्यासकर्ता प्रारूपमा आउन सक्नुपर्ने हुन्छ।

देश, जनताको आवश्यकता र नयाँ संविधानका प्रावधानहरूबीच ठूलठूला ‘ग्याप’हरू छन्। शासकीय स्वरूपले जनतालाई निर्णायक हुन दिएको छैन। संघीयता विकासलाई प्रबद्र्धन गर्ने छरितो सरकारको धारणामा बनेको छैन। अधिकांश आर्थिक अधिकारहरू केन्द्रले आफै राखेको छ। जिल्ला र स्वायत्त क्षेत्रजस्ता अनावश्यक राजकीय संरचनाले राज्यका तहहरू बढाउने र गन्जागोलमात्र सिर्जना गर्ने सम्भावना छ। एकातिर संविधानलाई संसारकै उत्कृष्ट भन्दै प्रतिरक्षा गर्ने र अर्कोतिर कामै नलाग्ने भन्दै जलाउन चाहने अतिवादहरूबीच आगामी दिनमा संविधान संशोधन वा परिमार्जनको एजेन्डा कसले बोक्ने? संविधानमाथि सिर्जनशील आलोचनाको परम्परा अगाडि बढाउन आवश्यक छ। यो ‘स्पेस’ पनि खाली नै छ।

यी यावत परिप्रेक्ष्यमा नयाँ शक्ति रहरभन्दा बढी आवश्यकता हो। तर यसलाई रहर बनाउन चाहनेहरू पनि नदेखिएलान् भन्न सकिन्न। यतिखेर ‘नयाँ शक्ति’को सङ्कथन निर्माण अवसरभन्दा बढी चुनौती हो, सफल भए त्यो देश र जनता आफैले निर्माण गरेको एउटा विकल्प बन्नेछ। असफल भए त्यसले परम्परागत मूलधारलाई परिमार्जन हुन निरन्तर नैतिक दबाब सृजना गर्नेछ। तसर्थ नयाँ शक्तिको बहस दुबै हातमा लड्डु भएको एउटा सार्थक बहस हो, जहाँ पाउन धेरै कुराहरू छन्, गुमाउन केही पनि छैन ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution