हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

ओलीको नेतृत्वमा वाम गठबन्धनको जीत भारतका लागि खतराको संकेत !

काठमाडौं, ५ पुस — भारतीय पत्रिका नवभारत टाइम्समा बुधवार एउटा समाचार छापिएको छ जसमा भारत सरकारले अहिलेसम्म पनि नेपालको वाम गठबन्धनलाई चुनावी विजयका लागि बधाई नदिएको उल्लेख छ ।

त्यसमा भनिएको कुराको भावानुवाद :

भारतले अहिलेसम्म ओली–प्रचण्ड नेतृत्वको वाम गठबन्धनलाई बधाई तथा शुभकामना दिएको छैन । भारत अहिलेसम्म मौन रहनुले विश्व परिदृश्यमा केही प्रश्न उठेका छन् । यसका बारेमा विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारलाई सोध्दा उनले पूरै नतिजा नआउन्जेल प्रतीक्षा गर्ने बताए ।

ओलीले भारतविरुद्ध दिएका बयानका कारण भारत सरकार मौन रहेको भन्ने अनुमानलाई रवीश कुमारले खारेज गरे । उनले यति मात्र भने, ‘हामी अहिलेसम्म निश्चित र अन्तिम परिणामको प्रतीक्षा गरिरहेका छौं ।’

प्रतिनिधिसभामा एमाले र माओवादी गठबन्धनले कुल १७४ सीट पाउने देखिन्छ भने नेपाली कांग्रेसले जम्मा ६३ सीटमा चित्त बुझाउनुपर्ने हुनसक्छ ।

माओवादी र एमालेको गठबन्धनसँग बहुमत त छ तर संविधान संशोधनका लागि आवश्यक दुईतिहाइ बहुमत छैन ।

नेपालमा ओलीको नेतृत्वमा वाम गठबन्धनको जीत भारतका लागि कुनै न कुनै खतराको संकेत हो । ओली चीनतर्फ झुकावका लागि चिनिन्छन् । ओली सरकारको विदेशनीति भारतप्रति भन्दा पनि चीनप्रति नै झुकाव भएको देखिन्छ ।

नेपालमा लामो समयपछि पूर्ण बहुमत ल्याएको सरकार बन्दैछ । नयाँ सरकारले देशमा स्थिरता र विकास ल्याउने अपेक्षा गरिएको छ ।

नेपालको मामिलामा नजर राख्ने विशेषज्ञहरू सरकार बनाउन अहिले केही उल्झन रहेको भएपनि केही दिनमै यो सुल्झिने र नेपालमा एक स्थिर सरकारले सत्ता सम्हाल्ने सम्भावना बताउँछन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution