नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको अध्ययन उपनिर्देशक पदमा शितल मोक्तान तामाङ

याम्बु – नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको अध्ययन उपनिर्देशक पद (अधिकृत द्धितीय श्रेणी) मा शितल मोक्तान तामाङ स्थायी नियुक्ति भएकी छिन् |
खुला प्रतिस्पर्धाबाट नाम निकालेको तामाङ लगायत विभिन्न पदमा उतिर्ण भएकाहरुलाई प्रतिष्ठानले नियुक्ति पत्र प्रदान गरेका छन् |
शितल मोक्तान तामाङ वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान तामाङ र गायिका कुन्ती मोक्तान तामाङकी छोरी हुन् |