हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

तामाङ सोसाइटी न्यूयोर्कको अध्यक्ष पदमा प्रेम थोकर तामाङको उम्मेद्धवारी घोषणा

न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिका, न्यूयोर्क च्याप्टर शाखाको अध्यक्ष पदका लागि प्रेम थोकरले आफनो उम्मेद्वारी घोषणा गरेका छन् ।

शनिवार न्यूयोर्कको ज्याक्साइन हाइटस्थित थकाली किचेनमा भएको उम्मेद्धवारी घोषणा कार्यक्रममा बोल्दै वर्तमान टिएसएका कार्य समिति सदस्य समेत रहेका थोकरले अमेरिकामा रहेका सिँगो तामाङहरुलाई एकीकृत गर्दै समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिका लागि प्रभावकारी कार्य गर्ने बताए ।

तामाङ समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि तामाङ कल्चरल सेन्टर बनाउने अभियानलाई अझ शसक्तढंगले कार्य गरिने उनको भनाई छ । उनले भने, कल्चरल सेन्टर बनाउनका लागि सरोकारवाला पक्षहरुसँग आवश्यक सरसल्लाह र सुझाव लिएर अमेरिकी गैर सरकारी संस्थाहरुसंग पनि सहयोग लिएर २०१८ भित्र आफनै कार्यालय भवन  खरिद गर्ने हरसम्मभव कोसिस गर्नेछु ।

सेन्टरको अभियानलाई सार्थक तुल्याउनका लागि संयोजक इन्द्र तामाङसँग सहकार्य गरेर काम गरिने उनको भनाई छ ।

तामाङ युवापुस्ताहरुलाई लक्षित गर्दै महिनाको २ दिन तामाङ भाषा र धर्मको विषयमा कक्षा सञ्चालन गर्ने प्रतिबद्धता समेत जिकिर गरे । तामाङ समुदायको समसमायिक विषयलाई केन्द्रित गरी विज्ञहरुसँग अन्तरक्रियात्मक कार्यक्रम गरिने पनि उनले बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लुईसाङ  वाइवाले अमेरिकामा तामाङहरु सांगठनिक हिसाबले निकै बलियो बन्दै गएको बताउँदै सहकार्य र सहमतिको आधारमा सर्वसम्मतिले नेतृत्व चयन हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा उत्तर अमेरिका तामाङ सम्मेलनका कन्भेनर तथा तामाङ  सोसाइटी अफ अमेरिका टिएसएका अध्यक्ष शान्त थोकरले  आगामी जनवरी १३ र १४ मा हुने लागेको ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मलेन भव्यताकासाथ सम्पन्न गर्ने तयारी भईरहेको जानकारी गराउँदै विभिन्न राज्यमा शाखा गठनको अन्तिम चरणमा रहेको उल्लेख गरे ।

यस्तै, कार्यक्रममा सोसाइटीका संस्थापक अध्यक्ष सुवास लामा, पूर्व अध्यक्षद्धय इन्द्र तामाङ, भरत मोक्तान, महासचिव अमर तामाङ, पूर्व महासचिव तथा उत्तर अमेरिका तामाङ सम्मेलनकाका सदस्य सचिव लकेन लामा, र पूर्वमहासचिव बुद्धिमान तामाङले अध्यक्षका प्रत्यासी थोकरलाई शुभकामना दिदैं सोसाइटीको नयाँ नेतृत्व चयन गर्दा आपसी सहमति र सहकार्यको आधारमा हुनुपर्ने जोड दिए ।

कार्यक्रममा अध्यक्षका प्रत्यासी थोकरको धर्मपत्नी पुनम थिङले स्वागत मन्ंतव्य दिदै टिएसएसँग आबद्ध भएदेखि संस्थाको हितका लागि सधै सहयोग र सकेको योगदान दिईरहेको बताउँदै प्रेम थोकरलाई सर्वसम्मतिबाट अध्यक्ष पदमा चयन गर्नका लागि अनुरोध गरिन । कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाको महासचिव विआर लामा र सहकोषाध्यक्ष पवन योञ्जनले पनि अध्यक्ष प्रत्यासी थोकरलाई शुभकामना मन्तव्य दिएका थिए । हिमालयख़बरबाट ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution