हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

महिलाहरूमा एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद् ?

४ पुस, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० सिट जितेर पहिलो पार्टीको बनेको नेकपा –एमाले) समानुपातिकतर्फ पनि ठूलो द लबनेको छ । समानुपातिकमा पनि एमाले कांग्रेसलाई १ सिटले जितेर पहिलो पार्टी बनेको हो ।

समानुपातिकका १ सय १० सिटमध्ये एमालेले ४१ सिट ल्याएको छ । जसअनुसार प्रतिनिधिसभाको २ सय ७५ सिटमध्ये एमालेले १ सय २१ सिट पाउने भएको छ ।

एमालेमा अब समानुपातिक सांसद् बन्न दौडधुप सुरु भएको छ । तर, एमालेका ४ जनामात्र पुरुष सांसद् समानुपातिकमा सांसद् बन्न पाउने भएका छन् ।

संविधानको प्रावधानअनुसार हरेक पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फ गरेर ३३ प्रतिशत महिलालाई पठाउनुपर्ने हुन्छ । प्रत्यक्षमा एमालेले जितेको ८० सिटमध्ये दुई जनामात्रै महिला सांसद् बन्न सफल भएका छन् । १ सय २१ को ३३ प्रतिशत ४० हुन्छ । समानुपातिकका ४१ मध्ये ३७ सिटमा एमालेले महिला पठाउनुपर्ने हुन्छ ।

एमालेले समानुपातिक सूचीमा बुझाएको नाममा पुरुषहरुको नाम अग्रपंक्तिमा छ । विजय सुब्बाको नाम पहिलो नम्बरमा छ भने दोस्रोमा खगेन्द्र राईको छ । त्यस्तै केशवलाल श्रेष्ठ, अइन्द्रसुन्दर नेम्वाङ, चुडादेवसिंह लामा घिसिङ, तीलककुमार मैयाङ्बो, एकबहादुर राना, मणि लिम्बु, सोनाम ग्याल्जेन शेर्पा, झगबहादुर थापा मगरलगायतको नाम अगाडि छ । तर, यीमध्ये बढीमा २ जनामात्र सांसद् बन्न पाउनेछन् ।

महिलाहरुबाट थममाया थापा मगर, डा. शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, रामकुमारी झाँक्री, बिना श्रेष्ठ, तुलसी थापा, नवीना लामा, शान्तिमाया तामाङ, कुमारी मेचेलगायतको नाम अगाडि छ । जसअनुसार उनीहरु समानुपातिकतर्फबाट सांसद् बन्ने लगभग पक्कापक्की जस्तै छ ।

त्यस्तै विनादेवी बुढाथोकी मगर, रणकुमारी मगर, माइली तामाङ, मेनचुङ लामा, कमला थापा मगर, दीलकुमारी राई, तारादेवी गुरुङको नाम पनि समानुपातिकको अग्रपंक्तिमा छ । मुकुन्द न्यौपाने, सोमनाथ प्यासी, पुष्पराज कँडेल, देवराज घिमिरे, दिनेशचन्द्र देवकोटाको नाम भए पनि उनीहरुको सम्भावना छैन ।

राधा ज्ञवाली, सीता गिरी ओली, निरु पाल, गोमा देवकोटा, बिन्दा पाण्डेलगायतको नाम भने पछाडि छ । निर्वाचन आयोगले अगाडि नाम भएकैबाट नाम छान्नुपर्ने बताएकाले त्यसअनुरुप छान्दा पछाडि नाम रहेका कसैको पनि सम्भावना नहुने खबर आज दृष्टि साप्ताहिकले छापेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution