इजरायलमा येलेदूङ् ५०७७ उधौंली साकेला पर्व भव्यताको साथ सम्पन्न (फोटोसहित)

तेलअविव – किराँत राई यायोख्खा नेपाल इजरायल द्वारा आयोजित मूलबासी भूमीपूत्र किराँत राईहरूको महान राष्ट्रिय पर्व येलेदूङ् ५०७७ उधौंली साकेला कार्यक्रम १५ डिसेम्बर २०१७ का दिन सम्पन्न भएको छ |
संस्थाकि अध्यक्ष बबिता राइको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत निरन्जन कुमार थापा रहनु भएको थियो | जातिय संघसंस्था तथा अन्य राजनैतिक, धार्मिक,सामाजिक,साहित्यिक सघंसस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए | विभिन्न अनलाईन मिडीयाकर्मीहरू लगायत किराँती तथा गैरकिराँती दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेखनीय सहभागिता रहेको थियो |
फोटो -किराँत राई यायोख्खा नेपाल इजरायलको फेसबुकबाट