हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

ओली र दाहाल पालैपालो गरी पाँच वर्ष प्रधानमन्त्री बन्ने

कम्युनिस्ट गठबन्धनले प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुवैमा बहुमत ल्याएपछि सरकार गठन प्रक्रियामा कसरी अघि बढाउने भन्ने विषयमा पनि समझदारी बनाएका छन् । आज प्रकाशित दैनिक पत्रिकाका अनुसार पहिलो साढे दुई वर्ष नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री चलाउने बाँकीको साढे दुई वर्ष नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनेछन् । त्यसैगरी पार्टीको अध्यक्ष पदमा पनि सामूहिक नेतृत्वको धारणाले अघि बढ्ने विषयमा दुवै दलबीच छलफल चलिरहेको छ । राष्ट्रपति तथा सभामुखको पदमा भने अझै दुई दलबीच टुंगो लाग्न सकेको छैन । एमाले राष्ट्रपति तथा सभामुख दुवै पद आफैसँग राख्न चाहन्छ भने माओवादी तीमध्ये एक पद आफूले पाउनुपर्ने दाबी गर्दैछ । तर, एमाले भने उपराष्ट्रपति तथा उपसभामुख दुवै पद माओवादीलाई दिएर कुरा मिलाउने तरखरमा रहेको नागरिक दैनिकको भातृ पत्रिका अंग्रेजी दैनिक रिपब्लिकाले मुख्य समाचारको रूपमा प्रकाशित गरेको छ ।

‘जनमतको अवमूल्यन नहोस्’ भन्ने ब्यानर शीर्षक सहित कान्तिपुरले एमाले तथा माओवादीले हिजो आयोजना गरेको पत्रकार सम्मेलनको समाचार प्रकाशित गरेको छ । सो पत्रकार सम्मेलनमा मुख्यतः राष्ट्रिय सभाको सदस्य निर्वाचन प्रक्रियामा अपनाउन लागिएको विधिको विषयमा अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको उछित्तो काढेका थिए । ओलीले चुनावपछिको जनमतविरुद्ध प्रधानमन्त्री जान खोजेको आरोप लगाएका छन् । यस्ता गतिविधिले अलिअलि बचेखुचेको इज्जत पनि गुम्ने भन्दै उनले देउवाप्रति आपत्ति जनाएको समाचार कान्तिपुरले प्रकाशित गरेको छ । यस विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि एकल संक्रमणीय निर्वाचन प्रणालीलाई अहिलेको संविधानले नचिन्ने भएकाले यसमा विवाद गरेर नबस्न आफूले प्रधानमन्त्री देउवालाई आग्रह गरेको पनि बताए ।

यही समाचारलाई हिमालय टाइम्सले वाम गठबन्धनको गर्जन भन्दै ‘देउवा तत्काल सरकार छाड’ भन्ने शीर्षकलाई ब्यानर हेडलाइन बनाएको छ । राजधानी तथा गोरखापत्रले पनि ओली–दाहालको पत्रकार सम्मेलनलाई मुख्य समाचार बनाएका छन् ।

सोमवारको राजधानी दैनिकले निर्वाचनमा पराजय भोगेका नेपाली कांग्रेसका नेता आपसमा आरोप र प्रत्यारोपमा लागेको समाचार प्रकाशित गरेको छ । राजधानीका अनुसार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्तमा विजयी भए पनि निर्वाचनमा पराजित हुनुको कारण खोज्न नेतृत्वले आनाकानी गरिरहेको भनेर आरोप लगाएका छन् । तर, केन्द्रीय सदस्य तथा केन्द्रीय अनुसन्धान समितिका संयोजक रमेश रिजाल भने निर्वाचनको परिणामपछि नेतृत्वलाई आरोप लगाउन नमिल्ने पक्षमा छन् । पहिलो र दोस्रो संविधान सभाको परिणाम हेर्दै आफ्नो दल फेरि राम्रो गर्नेमा ढुक्क भएका नेता रिजालले नेतृत्वमा दोष थुपारेर अरू पन्छिन नमिल्ने तर्क गरेका छन् । अर्का नेका नेता अर्जुननरसिंह केसीले आरोप प्रत्यारोपभन्दा हारको कारक पत्ता लगाएर समाधान खोज्नुपर्ने निष्कर्ष निकालेका छन् । अर्का नेता रामहरी खतिवडाले मन्त्री बनाउन भाग खोज्नेहरू नै अहिले परिणामलाई लिएर पन्छिन खोजेको भन्दै तिनले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

सम्पादकीय

सोमवारको अन्नपूर्ण पोस्टले सरकारलाई कामचलाउको हैसियत भएका कारण आफ्ना दल र निकटका व्यक्तिहरूलाई राजनीतिक नियुक्ति र अन्य तरिकाले लाभ पुयाउने काम नगर्न सल्लाह दिएको छ । निर्वाचनमा ‘अभूतपूर्व विजय हासिल गरेका वाम गठबन्धनको मुख्य दल एमालेले यस्ता राजनीतिक नियुक्तिहरू मान्य नहुने र उसको नेतृत्वमा सरकार बनेपछि यस्ता नियुक्ति उल्ट्याइने जनाएको छ,’ भन्दै पोस्टले त्यसो त एमालेले पनि कामचलाउ सरकारको नेतृत्व गरेको बेलामा राजनीतिक नियुक्ति गरेको र कार्यकर्ता र नजिकका व्यक्तिलाई राज्यस्रोतबाट पोस्न आर्थिक अनुदान दिएका नजिर छन् भनेर सम्पादकीय लेखेको छ ।

हिमालय टाइम्सले समानुपातिक तथा प्रत्यक्ष निर्वाचनमा थ्रेसहोल्ड राखेर दोहोरो नियन्त्रण गरेर अहिले राजनीतिक दलको संख्या निकै कम भएको भन्दै दुवैतर्फबाट नियन्त्रण गर्न आवश्यक रहेनछ भन्ने अहिलेको परिणामले स्पष्ट पारेको टिप्पणी गरेको छ । थ्रेसहोल्डले धेरै दलका कारण उत्पन्न विकृति नियन्त्रणमा भने सहज भएको टाइम्सको सम्पादकीय धारणा देखिएको छ ।

आजको कान्तिपुरले राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रक्रियाका सन्दर्भमा सम्पादकीय लेख्दै अध्यादेश सरकारले फिर्ता नगर्ने अवस्थामा राष्ट्रपतिले अध्यादेश रोकेको देखिने र राष्ट्रपतिनै बढी आलोचित हुने अवस्था देखिएको भनेको छ । कान्तिपुरले यो समस्याको समाधानका लागि राष्ट्रपतिले सिफारिस भएर आएको अध्यादेश जारी गरेर राष्ट्रिय सभा गठनको बाटो खोल्नुपर्ने जनाएको छ ।

आजको नागरिकले वीर अस्पतालमा रहेको भीभीआईपी कक्षको उपयोग हुन नसकेकोमा सम्पादकीय लेखेको छ भने राजधानीले निर्वाचनमा विजयी हुन नसकेका जनप्रतिनिधिले जनतालाई धन्यवाद दिँदै हिँडेको संस्कारलाई स्वागतयोग्य भनेको छ । त्यस्तै गोरखापत्रले संघीयतामा कर्मचारी संयोजनको समस्याका विषयमा सम्पादकीय टिप्पणी गरेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution