हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

काभ्रेपलाञ्चोकमा निर्वाचित सांसदमा सबै नयाँ , ४६ जनाको जमानत जफत

बनेपा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोकका स्वतन्त्रसहित सबै साना राजनीतिक दलका ४६ जनाको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित १३ दल, प्रतिनिधिसभा क्षेत्र नं १ (क) मा पाँच जना, प्रतिनिधिसभा क्षेत्र नं १ (ख) मा आठ जना, प्रतिनिधिसभा क्षेत्र नं २ मा नौ जना, प्रतिनिधिसभा क्षेत्र नं २(क) मा पाँच जना र प्रतिनिधिसभा क्षेत्र नं २ (ख) मा छ जनाको जमानत जफत भएको हो ।

देशभक्त गणतान्त्रिक मोर्चा, नेकपा (माले), विवेकशील साझा पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाली जनता दल, राष्ट्रिय जनता पार्टी र स्वतन्त्रसहित विभिन्न साना राजनीतिक दलको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सदर मतको १० प्रतिशत मत नभए जमानत जफत हुने कानूनी प्रावधान रहेको जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिनुभयो । प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित १५ दल, प्रतिनिधिसभा क्षेत्र नं १ (क) मा सात जना, प्रतिनिधिसभा क्षेत्र नं १ (ख) मा १० जना, प्रतिनिधिसभा क्षेत्र नं २ मा ११ जना, प्रतिनिधिसभा क्षेत्र नं २ (क) मा सात जना र प्रतिनिधिसभा क्षेत्र नं २ (ख) मा आठ जनाको उम्मेदवारी परेको थियो । दलका उम्मेदवारले प्रतिनिधिसभाका लागि रु १० हजार र प्रदेशसभाका लागि रु पाँच हजार जमानत बुझाएका थिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सांसद सबै नयाँ अनुहार हुन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा निर्वाचित गंगाबहादुर तामाङ दोङ, स्थानीय तहको निर्वाचनमा तेमाल गाउँपालिकामा पराजित हुनुभएको थियो । उहाँ माओवादी केन्द्रको जिल्ला राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । तामाङ यस पटक पहिलो चोटि संसद् छिर्दै हुनुहुन्छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा निर्वाचित पत्रकार गोकुल बाँस्कोटा संविधानसभा निर्वाचन २०७० मा नेपाली काँग्रेसका कञ्चनचन्द्र वादेसँग पराजित हुनुभएको थियो । उहाँ नेकपा (एमाले) काभ्रेपलाञ्चोकका अध्यक्ष पनि रहिसक्नुभएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ (क) बाट निर्वाचित रत्नप्रसाद ढकाल, प्रतिनिधिसभा क्षेत्र नं १ (ख) बाट निर्वाचित चन्द्र लामा, प्रतिनिधिसभा क्षेत्र नं २ (क) बाट निर्वाचित लक्ष्मण लम्साल, प्रतिनिधिसभा क्षेत्र नं २ (ख) बाट निर्वाचित वसुन्धरा हुमागार्इं सबै नयाँ हुनुहुन्छ ।

@रासस

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution