रसुवामा औवतरी लामा खामटुल रिन्पोछेको साथ ८ दिने पद यात्राको आयोजन

याम्बु -२०७२ बैशाख १२ गते गएको शक्तिशाली भुकम्प र त्यस पछि विभिन्न दिनहरुमा गएको पराकम्पनहरुको कारणले गर्दा ज्यान गुमाउनु भएको व्यक्ति र परिवारजनहरुको सम्झनामा “योङ्ग ढ्रुक्पा एसोशियसन नेपाल” र “लिभ टु लभ इन्टर नेशनल” ले “A Walk to support Nepal’s Recovery” भन्ने नाराको साथ संयुक्त रुपमा आयोजना गरिएको ८ दिने “नेपाल पद यात्रा” कार्यक्रम धर्मगुरु ९औं औवतर शरण नायक ग्याल्वा दोखाम्पा (खामटुल रिन्पोछे) ज्यूको नेतृत्वमा १०० जना भिक्षु भिक्षुणी, १५०जना स्वदेशी तथा विदेशी सर्व साधारणहरु सहित जम्मा २५० जनाको टोलिले यहि पौष ४ गते देखि पौष ११ गते सम्म रसुवा जिल्लाको उत्तरगया गाउँपालिका मैलुङबाट सुरु गरि पदयात्रा तिरु, ठुलोहाकु, गत्लाङ, गोङ्गाङ , थुमन टिमुरे हुँदै स्याफ्रु बेशीसम्म गरिने भएको छ ।
नेपाल पद यात्रा कार्यक्रमको समुदघाट्न पौष ४ गते मंगलबार बिहान ७:०० बजे ढ्रुक अमिताभ माउन्टेन (सेतो गुम्बा)डाँडा गाँऊ, रामकोट, काठमाण्डौमा हुने भएको जानकारी नेपाल पद यात्राका कार्यक्रम संयोजक प्रेम योन्जन तामाङले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |