इजरायलमा हुने बृहत सांस्कृतिक (कन्सर्ट)मा सागर आले मगर आउनु हुदै

तेलअविव -किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा आउँदो १६ मार्च २०१८ (शुक्रवार) इजरायलमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु तथा संघ-संस्था/संगठनको कुनै पनि कार्यक्रम वा नेपाली चाडबाडलाई असर नपर्ने गरी “बृहत सांस्कृतिक (कन्सर्ट) कार्यक्रम” गरिने भएको छ |
कार्यक्रमलाई सभ्य भब्य र मनोरञ्जनात्मक बनाउनको निमित्त नेपालबाट राष्ट्रिय कलाकारहरु सागर आले मगर र उपेन्द्र सुब्बालाई निमन्त्रणा गरिएको संस्थाका महासचिव कुमार आङदेम्बे (अभि)ले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
कार्यक्रमबाट भएको मुनाफा गरिब विद्यार्थी बालबालिकाहरुको छात्रवृत्तिको लागि किराँत याक्थुङ चुम्लुङ इजरायलको कल्याणकारी कोषमा राखिने भएको छ | कल्याणकारी कोषबाट अहिले ७ जना छात्रवृत्ति गरिब विद्यार्थी पढिरहेको र अझै विद्यार्थी बढाउदै लाने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको छ ।
तसर्थ कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाई सफल बनाउनका साथै गरिब विद्यार्थी भाइबहिनीहरुको भबिस्यको एक नक्षत्र बनी सहयोग गरिदिनुहुनका लागि इजरायलबासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीमा कियाचु इजरायल हार्दिक निमन्त्रणा गरेको छ |