नेपाल तामाङ घेदुङ इजरायलका कार्यकारिणी सदस्य कुन्ता पाख्रिन तामाङलाई बिदाई

तेलअविव – नेपाल तामाङ घेदुङ,इजरायलका कार्यकारिणी सदस्य कुन्ता पाख्रिन तामाङ प्रवासको बसाईलाई बिट मार्दै जन्मभुमी नेपाल फर्किनु लागेको छ | वहाँलाई संस्थाका संस्थापक अध्यक्ष उर्मिला लामा पाख्रिन तामाङ र महासचिव गोमा ख्युङबा तामाङले खादा लगाई दिनु भएर शुभयात्राको कामना सहित बिदाई गरेका छन् |
वहाँले प्रबास स्थित कर्म भुमि इजरायलमा ब्यस्तताको बाबजुद पनि संस्थामा रहेर आफ्नो तामाङ घेदुङ इजरायलप्रति निष्ठावान रही संस्थालाई आर्थिक नैतिक भौतिक माया ,सम्मान र साथ सहयोग दिदै आफ्नो अमुल्य योगदान पुराउनु भएको भएको थियो |
आज दिउसो २ बजे वहाँ नेपाल प्रस्थान गर्दै हुनुहुन्छ |
तामाङलाइनको तर्फबाट पनि वहाँको शुभ-यात्रा सफतलाको लागि शुभकामना व्यक्त गर्दछौ |