हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

प्रदेश ७ को मुख्यमन्त्रीमा तारा लामा तामाङको नाम चर्चामा

 

 

 

धनगढी : प्रदेश ७ को समानुपातिकको मतगणना सकिनै लाग्दा मुख्यमन्त्री को बन्ने भन्ने पनि चर्चा हुन थालेको छ । प्रदेश ७ मा प्रदेशतर्फ प्रत्यक्षमा वाम गठबन्धनको दुई तिहाइ मत पुगेको छ । प्रदेशका ३२ सिटमध्ये एमालेले १७ र माओवादीले १० गरी २७ सिट जितेको छ ।

चुनावअघि एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले प्रदेश ७ को मुख्यमन्त्री एमालेबाट हुने सहमति गरेका थिए । त्यसबेलाको सहमतिअनुसार प्रदेश १, ३, ४ र ७ मा एमालेबाट मुख्यमन्त्री हुने र त्यस बाहेकका प्रदेशमा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनाउने सहमति भएको एक जना एमालेका नेताले बताए ।

प्रदेश ७ मा एमालेबाट पूर्वकृषिमन्त्री तथा एमालेका प्रदेश सहसंयोजक कर्णबहादुर थापाको नाम चर्चाको अग्रस्थानमा छ । एमाले स्रोतका अनुसार चुनावअघि उनलाई नै मुख्यमन्त्री बनाउने भनेर बाजुराबाट समानुपातिक सूचीमा राखिएको छ । थापा समानुपातिक सूचीको १ नम्बरमा छन् ।

तर, समानुपातिकको पछिल्लो मतपरिणामअनुसार प्रदेशसभामा ३३ प्रतिशत महिला पु¥यानै पर्ने संवैधानिक व्यवस्था भएकाले एमालेबाट समानुपातिकमा पुरुष चयन नहुने हुन कि भन्ने चिन्ता गरिन थालिएको छ ।

प्रदेश ७ मा प्रदेशका लागि एमालेबाट प्रत्यक्षतर्फ कुनै पनि महिला निर्वाचित भएनन् । विश्लेषकहरू एमालेको भागमा समानुपातिकबाट ८ जना प्रदेश सांसद भागमा परे पनि मुख्यमन्त्रीका दाबेदार थापा नपर्ने हुन कि भन्ने एमालेमा चिन्ता बढ्न थालेको छ । ‘पछिल्लो परिणामअनुसार दुई÷तीन जना पुरुष पर्छन् कि भन्ने आशा गरेका छौं’, एमाले नेता दीपकप्रसाद देवकोटाले भने ।

एमालेबाट थापा समानुपातिकमा नपरेपछि त्यसपछि मुख्यमन्त्री को बन्ने भन्ने पनि बहस हुन थालेको छ । कर्ण थापापछि मुख्यमन्त्रीका लागि दोस्रो पुस्ताका युवा नेताहरूको पनि चर्चा सुरु हुन थालेको छ । पुरुषमा कैलालीका पार्टी अध्यक्ष दीर्घ सोडारी, कञ्चनपुरका पार्टी अध्यक्ष तारा लामा र महिलाबाट कञ्चनपुरबाट समानुपातिक सूचीमा रहेकी निरु पालको समेत चर्चा हुन थालेको स्रोतले बताएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution