हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

क्यानडा र स्पेन पठाइदिने भन्दै ३ लाख देखी ५ लाख रुपैयाँसम्म ठग्ने पक्राउ

२८ मंसिर। क्यानडा र स्पेन पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको उत्तर प्रदेशको मुजफ्फरनगर निवासी २१ वर्षीय रेहान खान भनिने मोहम्मद इकवाल छन् ।

नेपाली वेरोजगार युवालाई क्यान्डा र स्पेन पठाएर आकर्षक तलब सुविधा दिने भन्दै ठगी गरेको आरोपमा प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनले राष्ट्रिय दैनिकमा विज्ञापन नै दिएर क्यानडा र स्पेनको जेग्रासा ग्रुफ अफ होटलमा जागिर लगाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

कालोपुलस्थित एक घरमा कोठा भाडामा लिएर २ सय ८१ युवाको अन्तरवार्ता समेत लिएका थिए । जेग्रेसा ग्रुप अफ होटलको नाममा आफ्नो नक्कली नाम राखेर भिजिटिङ कार्ड, छाप र लेटरप्याड समेत तयार गरी वितरण गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

उनले युवाहरुलाई विश्वासमा पार्न झुठा अफर लेटर र अन्य कागजात समेत तयार पारेका थिए । र, उनीहरुलाई ईमेलमार्फत त्यो कागजात पठाएका थिए ।

अफर लेटर इमेलमा पठाएपछि उनले प्रतिव्यक्ति ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म युवाहरुसँग माग गरेका थिए ।

उनीमाथि मुलुकी ऐनको ठगी महल अन्तगत अनुसन्धान भइरहेको छ । कानुनतः ठगीमा संलग्नलाई कसुर अनुसार बिगो तिराएर सोही बमोजित जरिवाना र ५ वर्षसम्म कैदन हुने व्यवस्था रहेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution