विजय गच्छदार झिनो मत अन्तरले बिजयी

मंसिर २७, २०७४-प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्बाचनमा सुनसरीको क्षेत्र नम्बर तीनबाट झिनो मत अन्तरले नेपाली कांग्रेसका विजय गच्छदार निर्वाचित भएका छन् ।
उनले निकटतम् प्रतिद्वन्द्वी एमालेकी भगवती चौधरीलाई ३ सय १५ मतको अन्तरमा पराजित गरेका हुन् । गच्छदारले ३८ हजार ९ सय ७२ मत ल्याएका छन् भने चौधरीले ३८ हजार ६ सय ५१ मत ल्याएकी छन् ।
मतगणनाको सुरुदेखि नै चौधरीले अग्रता लिंदै आएपनि मंगलबार साँझदेखि गच्छदारले अग्रता लिएका थिए ।
गच्छदारले २०४८ सालपछिका सबै चुनाव जितेका छन् । मतगणनाका क्रममा पटक पटक विवाद भएपछि निर्वाचन सकिएको सात दिनपछि अन्तिम नतिजा आएको हो ।