हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

एनआरएनएको संरक्षक परिषद,सम्मानित परिषद र आइसिसिमा मनोनित सदस्य चयन

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको दोस्रो बैठकले संरक्षक परिषद, सल्लाहकार समिति, सम्मानित परिषद र आइसिसिमा मनोनित सदस्य चयन गरेको छ ।

संघको केन्द्रिय अध्यक्ष भवन भट्टको अध्यक्षतामा बसेको बैठकले बिभिन्न महत्वपूर्ण निर्णय सर्वसम्मत रुपमा गरेको हो । अनलाइन बैठकमार्फत संघको उक्त ६० औं बैठकमा ७५ जना भन्दा बढीको सहभागिता थियो। संघले आफ्नो अभियानमा बढी भन्दा बढीलाई समेट्दै सक्रिय सहभागिताको अवसर प्रदान गर्ने सोचका साथ यस पटक ५१ सदस्यीय सम्मानित परिषद गठन गर्ने नयाँ निर्णय समेत गरेको हो ।

बैठकले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो प्रमुख संरक्षक र डा. शेष घले, जीवा लामिछाने, देवमान हिराचन र रामप्रताप थापा संरक्षक रहेको संरक्षक परिषद गठन गरेको छ ।

यसै गरी संघले डा. सूर्य पाठक, बारका अध्यक्ष शेर बहादुर केसी, पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य, सुरेन्द्र श्रेष्ठ, हरिबोल भण्डारी, डा. हेमराज शर्मा, डा. जुगल भूर्तेल, रामेश्वर साह, भवानी राणा, पर्यटन बोर्डका सिइओ दिपकराज जोशी र बैज्ञानिक डा. महाविर पुनलाई सल्लाहकारमा चयन गरेको छ ।

यसैगरी सम्मानित परिषद समितिमा इन्द्रा वन, दिपक खड्का, मन केसी, चन्द्र योन्जन, भवानी ओली, जमुना गुरुङ, डा. कृष्ण हमाल, बाबुराजा महर्जन र दिनेश खड्का ओसिनियाबाट मनोनित गरेको छ । यस्तै मध्यपूर्वबाट डा. देवकाजी डंगोल, टिबि कार्की, नरेन्द्र भाट, कमलमणि गुरागाइँ, मोहन शर्मा, राजु सैयद, बिल गुरुङ र महेन्द्र चौलागाइँ चुनिएका छन्। यस समितिमा अमेरिका क्षेत्रबाट रतन झा, शिव राई, डा. प्रेम अधिकारी, डा. द्रोण रसाइली, रामचन्द्र खरेल, नवराज गुरुङ, रिशी ढकाल र डा विष्णुमाया परियार छानिएका छन । युरोपबाट दिल गुरुङ, सूर्य गुरुङ, विश्वआदर्श पण्डित, मोहन गुरुङ, चिरन्जीवी ढकाल, पुष्प तिमिल्सिना, हरि शर्मा पौडेल, गोविन्द सुवेदी, पूर्ण हमाल, डा. मनिराज पोख्रेल, उषा शर्मा, हरिहर अर्याल, युवराज गुरुङ, शरण केसी, महेन्द्र कँडेल र सुभाष अधिकारी तथा एसिया प्यासिफिकबाट रन्जना उदास, प्रितम श्रेष्ठ, भारति लिम्बुनी, शंकर पौडेल, डा. कुमार बस्नेत, मेघराज नेपाल र गंगाराज राई छानिएका छन । अफ्रिकाबाट एकनाथ खतिवडा, कुलबहादुर कार्की र बिदुर खनाललाई मनोनित गरिएको छ।

संघको बैठकले अन्तर्राष्ट्रिय समन्वय परिषदको २१ सदस्यीय मनोनित सदस्यमा ओसिनियाबाट होमनाथ पाण्डे, दिनेशराज जोशी र बबिता श्रेष्ठलाई मनोनयन गरेको छ । यस्तै आइसीसीको खेलकुद बिभाग प्रमुखमा अस्ट्रेलियाका राजु मानन्धरलाई मनोनयन गरिएको छ ।

युरोपबाट रविन्द्र भट्टराई, हरेन्द्र वानेम, रामशरण सिंखडा, नारायण आचार्य, लिला शर्मा मानन्धर, शितल भूर्तेल भूसाल र सुष्मा राईलाई र मध्यपूर्वबाट विनोद भट्टराई, सुदिप कार्की, मनोज कुमार श्रेष्ठ र देविका केसी गुरुङलाई ल्याउने निर्णय गरेको छ । यसैगरी अमेरिका क्षेत्रबाट राजन त्रिपाठी, कुङ्गा शेर्पा, अभिमन्यू बस्नेत र सरला कँडेललाई र एसिया प्यासिफिकबाट अजिव (ओम) गुरुङ, हेमराज ढकाल र कन्चन थापालाई मनोनित गरेको छ ।

बैठकले विशेष प्रस्ताव पारित गर्दै नेपालमा संविधानको कार्यान्वयनका लागि महत्व महत्वपूर्ण अंग रहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न गराउन नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकायहरु, राजनीतिक दलहरु र सम्पूर्ण नेपाली जनताले निर्वाह गर्नुभएको जिम्मेवारीपूर्ण भूमिकाका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको छ । निर्वाचनको परिणाम पछि देशले स्थिर सरकार पाउने र राजनीतिक संक्रमणकालको अन्त्य हुँदै सबैको सहयोग र सहकार्यमा राष्ट्र समृद्धिको बाटोमा अघि बढ्ने विश्वास संघले लिएको प्रवक्ता भुषण घिमिरेले जनाएका छन ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution