हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

एमाले एक्लैको सरकार ! माओवादी प्रमुख प्रतिपक्षी, फोरमको साथ !

• मदन कोइराला/दामोदर नेपाल

काठमाडौं। प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको परिणाम सार्वजनिक हुँदै गर्दा अब एमाले एक्लै सरकार बनाउला वा बाम गठबन्धनको सरकार बन्ला भन्ने प्रश्नमा निकै चासो छ ।

धेरैले नसोचेको तर संभावनाको एउटा निकै रोचक पाटोबारे यहाँ चर्चा गरिदै छ ।

एमाले एक्लैको सरकार बनाउन नपुगेको सीट उपेन्द्र यादवको संघीय समादवादी फोरमबाट ल्याएर माओवादीलाई योजनाबद्ध रुपमा प्रमुख प्रतिपक्षी बनाएर कांग्रेसलाई शक्तिहीन बनाउने खेल भयो भने ?

बाम गठबन्धनको दुई तिहाइ र एमाले एक्लैको बहुमत आउने संकेत देखिइरहँदा आगामी सरकार गठनका तीन विकल्प सतहमा आएका छन् । पहिलो सिंगो बाम गठबन्धन सहभागी सरकार, दोस्रो एमालेको एकल सरकार र तेस्रो एमाले र संघीय समाजवादी फोरमको सरकार ।

फोरम नै किन?

किनकि उपेन्द्र यादव बाम झुकाव भएका नेता हुन् । उनलाई साथ लिँदा प्रदेश नम्बर दुईमा पनि सरकारको पकड बलियो हुनेछ । प्राप्त परिणामले प्रदेश नम्बर २ मा मधेशवादीको बहुमत आउने संकेत देखिइसकेको छ । यो प्रदेश सरकारमा पकड राख्न केन्द्र सरकारलाई यहाँको सरकारको एक घटकको साथ चाहिन्छ । र, यो साथ उपेन्द्र यादवलाई सरकारमा ल्याउँदा केन्द्र सरकारले पाउनेछ । अब बन्ने सरकारका लागि अनुकूल हुनसक्ने यादववाहेक प्रभावशाली नेता मधेसमा अर्को कोही हुनेछैनन् ।

चुनावी परिणामले उब्जाएका विकल्प

निर्वाचनमा जानुअघिको बाम गठबन्धनको सौहार्दता हेर्दा गठबन्धनका सबै दल सरकारमा सहभागी हुने अनुमान गरिएको छ । यो सामान्य अनुमान हो । तर राजनीति सामान्य अनुमानका आधारमा चल्दैन । राजनीतिमा अनेक रणनीति हुन्छन् ।

एमाले एक्लैले सुविधाजनक बहुमत ल्यायो र रणनैतिक रुपमा बाम गठबन्धनले एमालेलाई एक्लै सरकारमा पठायो भने त्यसपछिको अवस्था के होला ?

सामान्य अनुमानभन्दा बाहिरको यो अवस्थाबारे धेरैले सोचेका छैनन् । तर, बाम गठबन्धनका कमाण्डर केपी शर्मा ओलीले यसको प्रारम्भिक संकेत गरेका छन् ।

किन एमालेको एकल सरकार ?

सरकारलाई सफल वा असफल बनाउन सत्तापक्षको जति हात हुन्छ उत्तिकै भूमिका प्रतिपक्षको पनि हुन्छ । संसदीय व्यवस्थामा प्रतिपक्ष ‘वाचडग’ हो र उसले सरकारका गलत निर्णयहरुलाई खबरदारी गर्छ भन्ने विश्वव्यापी मान्यता हो । सरकारले गरेका निर्णयहरुको समर्थन वा बिरोध गर्ने काम प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा अन्य प्रतिपक्षीहरुसमेत मिलेर गर्छन् ।

सिंगो गठबन्धन सरकारमा गएको अवस्थामा त्यो ‘वाचडग’को भूमिका कांग्रेसको जिम्मामा पर्छ । कांग्रेस प्रमुख प्रतिपक्षी हुँदा बाम सरकारले गर्ने सबै निर्णयहरुमा समर्थन वा विरोध गर्ने आधिकारिक दल कांग्रेस हुनेछ ।

पार्टी एकता हुनासाथ एकीकृत पार्टी सबैभन्दा ठूलो दल बनेपछि कांग्रेसको हैसियत दोस्रो दलको हुन्छ । दोस्रो दल हुनासाथ प्राविधिक रुपमा कांग्रेस स्वतः प्रमुख प्रतिपक्षी बन्नेछ । तर, एकता नगर्दा कांग्रेस तेस्रो दलमा सीमित रहनेछ । यस्तोमा पहिलो दल सत्तामा जाने हो भने प्रमुख प्रतिपक्षीको हैसियत दोस्रो दल माओवादीले पाउनेछ । र, प्रमुख प्रतिपक्षीले पाउने सबै अधिकार माओवादीसँग रहनेछ । संविधानले प्रमुख प्रतिपक्षीका लागि व्यवस्था गरेका सबै अधिकारमाथि समेत कब्जा गरेर सिंगो राज्य संयन्त्रमा एकल बर्चश्व बनाउने एमाले–माओवादीको रणनीति नबन्ला भन्ने छ र?

विश्वभर संसदीय व्यवस्थामा गरिएका अभ्यासअनुसार प्रमुख प्रतिपक्षीलाई धेरै अधिकार दिइएको हुन्छ । शक्ति सन्तुलन कायम गर्नको लागि प्रतिपक्षलाई अधिकारसम्पन्न बनाइएको हो । संवैधानिक निकायहरुदेखि संसदीय समितिहरुसम्ममा प्रमुख प्रतिपक्षी दलको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने हुन्छ। यो व्यवस्थाअनुसार प्रमुख प्रतिपक्षीलाई सरकारका योजना र कार्यक्रममा हस्तक्षेप गर्ने अधिकार रहन्छ । सरकारका योजना कार्यान्वयन लगायत संवैधानिक निकाय र संसदीय समितिमा सत्तापक्षको एकाधिकार रोक्न त्यहाँ प्रतिपक्षीको भूमिका प्रभावकारी मानिन्छ ।

यदि अब बन्ने सरकारमा बाम गठबन्धन नै सामेल भयो र प्रमुख प्रतिपक्षी कांग्रेस भयो भने सत्तापक्षले एकल निर्णय गर्न खोजेमा कांग्रेसले त्यसको बिरोध गर्नेछ । तर, मानिलिउँ एमालेले एक्लै सरकार बनायो । यो अवस्थामा प्रमुख प्रतिपक्षी कांग्रेस नभइ माओवादी हुन्छ । माओवादी बाम गठबन्धनकै एक घटक हो । एक पटक सोँच्नुस् त, प्रमुख प्रतिपक्षीको भूमिकामा माओवादी र एमालेको हातमा सत्ता पुग्यो भने के होला ?

चुनावी परिणाम आउँदै गर्दासम्म यी दुई दलको सौहार्दता हेर्दा सरकार गठनपछि पनि सम्बन्ध यस्तै रहने अनुमान गर्न सकिन्छ । यदि यस्तै सौहार्द सम्बन्ध रह्यो भने सत्तापक्षको हरेक निर्णयमा प्रमुख प्रतिपक्षीको सहयोग रहनेछ । प्रतिपक्षमा कांग्रेस पनि हुनेछ तर कांग्रेसभन्दा ठूलो दल भएकोले प्रतिपक्षले पाउने सबै कार्यकारी अधिकार माओवादीले पाउनेछ । र, माओवादीले एमालेसँग मिलेरै अनुकूलका निर्णयहरु गर्नेछ ।

कांग्रेसमाथि खतराको बादल

एमाले सत्तापक्ष र माओवादी प्रतिपक्ष भएर मिलिजुली चल्न थाले भने कांग्रेसको हालत झनै दयनीय हुनेछ । सबैभन्दा लामो समय सत्तामा हालिमुहाली गरेको कांग्रेसलाई सबै कार्यकारी भूमिकाबाट बाहिर राखेर एमाले माओवादीले कांग्रेसलाई कमजोर पार्दै लैजान रणनीति नबनाउलान् भन्न सकिदैन । चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले यसप्रकारको संकेत दिएका थिए । कांग्रेसको यो अन्तिम सरकार हो भन्दै ओलीले अब कांग्रेस मासिने उद्घोष गरेका थिए ।

संवैधानिक निकायमा आफ्ना मान्छे नियुक्त गरेर कांग्रेस नेताहरुमाथि छानबिन र कारबाहीको दायरामा ल्याउनेदेखि संसदीय समितिबाट कांग्रेसलाई प्रतिकूल हुने निर्णय गराउन एमाले माओवादीलाई बैधानिक बाटो खुल्नेछ ।

संसदमा प्रतिपक्षी भएर पनि कांग्रेसको कुराको सुनुवाइ नहुने खतरा रहनेछ । किनकि संसदमा सत्तापक्ष पछि प्रमुख प्रतिपक्षलाई प्राथमिकता दिइन्छ । प्रमुख प्रतिपक्षीभन्दा तल्लो अर्को प्रतिपक्षीको कुरा सामान्यतया सुनुवाइ हुँदैन । सुनुवाइ हुने प्रतिपक्षी माओवादीले सत्तापक्षलाई समर्थन गरिदियो भने दोस्रो प्रतिपक्षीको हैसियत उल्लेखनीय रहने छैन । त्यस्तो अवस्थामा संसदमा कांग्रेसलाई पेलेरै जाने नीति लिइन सक्छ ।

अोलीको संकेत

आइतबार एमाले अधयक्ष केपी ओलीले तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । उनले पार्टी एकता त हुने तर अहिले नै त्यस विषयमा केही नगरिने बताए । यसको सोझो अर्थ हो तत्काललाई बाम गठबन्धन एउटै पार्टी हुने सम्भावना छैन । पार्टी एकता नहुनुको सोझो अर्थ हो अहिले गठबन्धनमा सहभागी दलले जति सिट जितेका छन् ती सिट तिनै दलका रहनेछ । यस्तो अवस्थामा माओवादीका सांसद माओवादीसँगै र एमालेका सांसद एमालेसँगै रहनेछन् ।

चुनावअघि पार्टी एकता तत्कालै गर्ने भनेका नेताहरुको बोली एकाएक फेरिएसँगै यसले एमालेको एकल सरकार गठन हुने सम्भावनातर्फ संकेत गरेको छ । पार्टी एकता गर्ने नै भनेर अघि बढेका माओवादी एमाले चुनावी परिणामको आँकलन गर्दै आगामी योजना बुन्दै पार्टी एकतालाई बिलम्ब गर्ने नीतिमा जाने संकेत देखिएको छ । कांग्रेसलाई प्रमुख प्रतिपक्षी हुन नदिएर सत्ता र प्रतिपक्ष दुबैमा पकड बनाएर योजनाबद्ध अगाडि बढ्ने संभावनालाई नजरअन्दाज गर्न सकिदैन । @ डिसीनेपाल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution