काभ्रे क्षेत्र नम्बर १ (ख) मा गणेश लामालाई हराउदै चन्द्र बहादुर लामा विजयी

काभ्रे–काभ्रे क्षेत्र नम्बर १ प्रदेश सभा (ख)मा बामगठबन्धन (एमाले) का उम्मेदवार चन्द्र बहादुर लामा तामाङ विजयी भएका छन् । कांग्रेसका उम्मेदवार गणेश लामा तामाङलाई ४१ सय ७७ मतले पराजित गरी उनी विजयी भएका छन् ।
अन्तिम मत परिणामअनुसार चन्द्रले २४ हजार ४ सय ४७ मत ल्याए भने गणेश २० हजार २ सय ७० मतमा सिमित भए ।
काभ्रेका क्षेत्र नम्बर १(क)मा बामगठबन्धन (माओवादी केन्द्र)का रत्न ढकाल विजयी भइसकेका छन् ।