हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायल– प्यालेस्टाइन शान्ति प्रक्रिया टर्‍यो


राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हलीले राष्ट्रसंघका कारण इजरायल– प्यालेस्टाइन शान्ति सम्भावना टरेको आरोप लगाएकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी दूतावास जेरुसेलममा सार्ने निर्णयपछि बसेको राष्ट्रसंघको आपत्कालीन बैठकमा हलीले अमेरिका मध्यपूर्वको शान्तिप्रक्रियाका लागि इमानदार रहेको दाबी गरिन् ।

उनले राष्ट्रसंघ इजरायलप्रति शत्रुता प्रकट गर्ने संस्थामध्ये सबभन्दा अगाडि रहेको बताइन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकी दूतावास तेलअभिभबाट जेरुसेलम सार्ने निर्णयको व्यापक भत्र्सना भएको छ । वेस्ट ब्यांक, गाजा स्ट्रिप र रमल्लाहमा झडप भएका छन् ।

प्यालेस्टाइनी लडाकुहरूले इजरायली क्षेत्रमा रकेट प्रहार गरेपछि इजरायलले गरेको कारबाहीमा गाजा स्ट्रिपमा कम्तीमा दुई जना प्यालेस्टाइनीको मृत्यु भएको छ । अधिकारीका अनुसार २ सय १७ जना प्यालेस्टाइनी घाइते भएका छन् । इजरायलले वेस्ट ब्यांक क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरेको छ । जेरुसेलमप्रति लामो समयसम्मको अमेरिकी तटस्थताविपरीत ट्रम्पले बिहीबार जेरुसेलमलाई इजरायलको राजधानी घोषणा गरेपछि मध्यपूर्वमा तनाव चुलिएको हो ।

हमास नेता फाथी हम्मादले जेरुसेलममा दूतावास सार्ने जोसुकै ‘प्यालेस्टाइनीहरूको शत्रु भएको’ बताए । बीबीसीका अनुसार प्यालेस्टाइन समर्थित प्रदर्शनकारीले जोर्डन, इजिप्ट, इराक, टर्की, टयुनिसिया र इरानमा हजारौं मानिसले प्रदर्शन गरेका छन् । त्यसैगरी मलेसिया, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, इन्डोनेसिया र भारत प्रशासित कश्मीरमा पनि विरोधमा र्‍यालीहरूको आयोजना गरिएका छन् ।

इजरायलले जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ ।प्यालेस्टाइनीहरूले सन् १९६७ युद्धपछि इजरायलले नियन्त्रणमा लिएको पूर्वी जेरुसेलमलाई भावी राजधानी बताउने गर्छन् । प्यालेस्टाइनी प्रतिनिधि रियाद मन्सुरले ट्रम्पको कदमपछि अमेरिकालाई शान्ति मध्यस्थकर्ताका रूपमा हेर्न नसकिने बताए ।

इजरायली प्रतिनिधि डयानी डयाननले अमेरिकालाई धन्यवाद दिँदै ट्रम्पको कदम ‘इजरायलका लागि, शान्तिका लागि र विश्वका लागि कोसेढुंगा’ भएको बताए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution