हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

इजरायली सेनाको गोली लागि एक जना प्यालेस्टिनीहरूको मृत्यु

प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि सङ्घर्षरत इश्लामिक हमास आन्दोलन समूहद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने कदम विरुद्ध भएको शुक्रबारको प्रदर्शनमा इजरायली सेनाको गोली लागि एक जनाको मृत्यु भए प्यालेस्टाइनले जनाएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजा क्षेत्रको इजरायली सीमानामा भएको झडपमा ३० बर्षीय महम्मद अल मर्सीको मृत्यु भएको बताएको छ । घटनामा २०० जनाभन्दा बढी घाइते भएको आन्दोलनकारी समूहको दावी छ ।

इजरायली सेनाले सीमानामा प्रदर्शन गर्ने दुई व्यक्तिलाई गोली हानेको स्वीकार गरेको छ । सेनाले सिमानामा हिंसात्मक गतिविधिलाई उत्तेजित पार्ने उनीहरूलाई गोली लागेको बताएको छ । सेनाले गोली लागि मृत्यु नै भएको थियो वा घाइते मात्र भएको भन्नेबारे प्रष्ट पारेको छैन ।

विहीबार हमासका नेता इस्माइल हानियले गाजामा एक पत्रकार सम्मेलन गर्दै शुक्रबारदेखि ‘इन्तिफादा’ अर्थात् कडा आन्दोलन को घोषणा गर्नुभएको थियो । उहाँले आगामी दिन आम विरोधमार्फत जेरुसेलमको स्वतन्त्रतालाई जोगाउनका लागि उत्रिनुपर्ने अवस्थाको सिर्जना हुनेसमेत बताउनुभएको थियो ।

इजरायलको विरोधमा यसअघि पहिलो आन्दोलन सन् १९८७ देखि सन् १९९३ सम्म चलेको थियो भने दोस्रो आन्दोलन सन् २००० मा शुरु भएको थियो ।

अमेरिकी राष्ट्रपतिको निर्णयप्रति बेलायत, फ्रान्स, साउदी अरब लगायतका अमेरिकाका पुराना मित्र शक्तिले विरोध गरेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution