काभ्रेको सबै स्थानमा बाम गठबन्धनका उम्मेदवारहरु अगाडि ,पछिल्लो अपडेट

काभ्रे– काभ्रेमा बाम गठबन्धनकै उम्मेदवारहरु अगाडि देखिएका छन् । तर, क्षेत्र नम्बर १ को ख मा भने कडा टक्कर देखिएको छ । डनका रुपमा चिनिने गणेश लामाले भने बाम गठबन्धनका उम्मेदवारलाई कडा टक्कर दिएका छन् ।
क्षेत्र नम्बर १ को खमा लामा २० मतले पछाडि छन् । एमालेका उम्मेदवार चन्द्र लामाले ११ सय ९० मत ल्याएका छन् भने गणेश लामाको ११७० मत छन् ।
काभ्रेका अन्य क्षेत्रको पछिल्लो अपडेट यस्तो छ –
प्रतिनिधिसभा– १
माओवादी केन्द्रका गंगा बहादुर दोङ १७५६
कांग्रेसका तीर्थ लामा ८५९
प्रदेश १
माओवादी केन्द्रका रत्न ढकाल २१५९
कांग्रेसका सिबी लामा ११७९
प्रदेश २
एमाले चन्द्र लामा ११९०
कांग्रेसका गणेश लामा ११७०
प्रतिनिधिसभा– २
एमालेका गोकुल बास्कोटा २१९३
कांग्रेसका मधुप्रसाद आचार्य ११७०
प्रदेश १
एमालेका लक्ष्मण लम्साल ५५९
कांग्रेसका सुन्दरमणि आचार्य २९३
प्रदेश २
एमालेका बसुन्धरा हुमागाई १०२२
कांग्रेसका कञ्चनचन्द्र बादे श्रेष्ठ ६४५