काभ्रे क्षेत्र नं. २ मा बाम गठबन्धनका गोकुल बास्कोटा दोब्बर मतले अगाडी

काभ्रे– काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. २ मा एमाले उम्मेदवार गोकुल बाँस्कोटा प्रतिस्पर्धीभन्दा दोब्बर मतले अघि बढेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले एक हजार ६ सय ३३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार मधुस आचार्यको ८ सय ५९ मत छ ।