हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

माओवादी भन्दा पनि पछि पर्यो काँग्रेस

काठमाडौं, मंसिर २२ –  पहिलो चरणमा चुनाव भएका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस माओवादी भन्दा पनि पछि पर्ने स्पष्ट संकेत देखिएको छ । मतगणना भैरहेका ३६ क्षेत्रमा नेपाली काँग्रेसले जम्मा ४ ठाउँमा अग्रता लिएको छ, जबकी माओवादीले १३ ठाउँमा अग्रता लिएको छ ।

पछिल्लो अपडेटअनुसार एमालेले मनाङ र मुस्ताङमा जितेको छ भने माओवादीले पुर्वी रुकुममा जित हात पारेको छ । एमालेको अग्रता १८ ठाउँमा छ भने माओवादीको १३ ठाउँमा अग्रता छ । नेपाली काँग्रेसले जम्मा ४ ठाउँमा अग्रता लिएको छ । तर अग्रता लिएको ठाउँमा पनि बाम गठबन्धनका उम्मेदवारले कडा टक्कर दिइरहेका छन् । बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका ठाउँमा भने अग्रता फराकिलो छ । यसरी हेर्दा पहिलो चरणको चुनावमा काँग्रेस माओवादी भन्दा पनि पछि पर्ने स्पष्ट संकेत देखिएको छ ।

बाम उम्मेदवार सँग कडा टक्कर गर्ने अनुमान गरिएका सिन्धुपाल्चोक १ मा मोहन बस्नेत भन्दा अग्नी सापकोटा, सोलुखुम्बुमा बल बहादुर केसी भन्दा माओवादीका हेम कुमार राइ धेरै नै अगाडी छन् । यस्तै ओखलढुंगामा रामहरी खतिवडा भन्दा यज्ञराज सुनुवार, नुवाकोट १ मा काँग्रेसका रामशरण महत भन्दा माओवादीका हित बहादुर तामाङ अघि हुनुहुन्छ भने क्षेत्र नम्बर २ मा पनि काँग्रेसका अर्जुननरसिंह केसी भन्दा एमालेका नारायण प्रसाद अतिवडा धेरै नै अगाडी हुनुहुन्छ ।
प्रदेशसभामा पनि एमाले २९ र माओवादी २० ठाउँमा अघि रहँदा कांग्रेस जम्मा ४ ठाउँमा अघि छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution