हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

‘गुन्डा नाइके’बाट माननीय बने मनाङ्गे, मनाङ्गेको बेलिविस्तार

काठमाडौं– बिहीबारसम्म प्रहरीको ‘ठुला गुन्डा नाइके’को सूचीमा रहेका दीपक मनाङ्गे उर्फ राजिव गुरुङ शुक्रबारदेखि माननीयको सूचीमा दर्ज भएका छन्।

मनाङ ख बाट प्रदेशसभाका उम्मेदवार बनेका मनाङ्गेले १ हजार ४ सय १० मत पाएका छन्। उनका प्रतिद्वन्द्वीले १ हजार २० मत पाएका छन्।

राजधानीमा तीन पुराना ‘डन’मध्ये एक हुन मनाङ्गे। विगतमा संरक्षणका लागि मात्र राजनीतिक पार्टीमा आवद्ध  हुने गरेका उनी यसपटक नेकपा(एमाले) प्रवेश गरेको दुई महिनामा नै माननीय बन्न सफल भएका हुन्।

८ महिना अघिसम्म पनि प्रहरीले उनलाई सक्रिय गुण्डाकै सूचीमा राखेको थियो। गत बैशाखमा सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा चुनावमा शान्ति सुरक्षामा असर पुर्‍याउन सक्ने आशंकामा काठमाडौं प्रहरीले पक्राउ गरी उनलाई सार्वजनिक अपराधको मुद्दामा थुनेको थियो।  तर, ८ महिनाअघि हत्कडी लगाएका प्रहरीले अहिले उनलाई ‘स्यालुट’ गर्नुपर्ने भएको छ। मनाङबाट उनी प्रदेशसभाको सांसदमा निर्वाचित भएका छन्।

पैसा कमाउने उद्देश्यले काठमाडौंमा २०५०/५१ सालबाट समूह बनाएर गुन्डागर्दी गर्ने चलन चलेको हो। राजधानीमा सबैभन्दा चर्चामा आएका पुराना डन मध्येमा दीपक मनाङे (राजिव गुरुङ र चक्रे मिलन (मिलन चक्रे) नै हुन् ।

मनाङेले आफ्नो एरिया बनाएर डनगिरी गर्ने ठाउँ हो, ठमेल एरिया ।  जहाँ उनी डान्स बार र रेष्टुरेन्ट सञ्चालनदेखि हप्ता असुलीसम्मको धन्दा  गर्थे । उनलाई पैसा नबुझाई कसैले त्यहाँ होटलररेष्टुरेन्ट व्यवसाय गर्न नसक्ने अवस्था थियो । ठमेलका सबै रेष्टुरेन्टका बियरका बोतलको ठेक्का समेत उनकै हुन्थे । जडिबुटीदेखि क्रसरसम्म उनले लगानी बढाउदै लगे ।

उनी पटक पटक प्रहरी हिरासतमा मात्र होइन जेल नै परिसकेका व्यक्ति हुन् ।  ठमेलको रेष्टुरेन्टमा तोडफोड गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेकोमा जेल चलान भएका थिए ।   आफू दीपक मनाङे नभई राजीव गुरुङ भएको तर्क गर्दै छुटेका थिए ।

कमाई बढेसँगै उनको सेटिङ नेतादेखि प्रहरीसम्म थियो । त्यसैले उनले ठमेल–दरबारमार्ग एरियामा राज गरे । सुरुमा उनी राप्रपा निकट थिए । केही समय कांग्रेसमा पनि आबद्ध भए । तर, दुवै पार्टीबाट सोचेअनुसार पद र संरक्षण नपाएपछि २०६८ सालमा उनी नेता बन्न  लक्ष्मण चौधरीको संघीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।  सो पार्टीको उनी उपाध्यक्ष थिए । बैठकमा चौधरीलाई नै मुक्का हानेपछि उनलाई  प्रहरीले पक्राउ गरेको थियो । गत वर्ष अपहरणको मुद्दामा उनी फेरी पक्राउ परेपछि उक्त मुद्दामा उनले सफाई पाए । फेरी उनी राप्रपामा आबद्ध भए । राप्रपाका मनाङ अध्यक्ष भए ।

तर, राप्रपाबाट आफ्नो स्वार्थ पुरा हुने नदेखेपछि एमाले प्रबेश गरे ।   दूई महिनाअघि एमाले प्रवेश गरेका हुन् । सांसद बन्ने महत्वाकांक्षाले नै उनी एमाले प्रवेश गरेका थिए । तर, पार्टीले टिकट नदिएपछि मनाङमा स्वतन्त्र उम्मेदवारी दिएका मनाङेलाई  एमालेले नै कुनै उम्मेदवारी नदिएर सघाएको थियो । एमालेकै सहयोगमा उनी प्रदेशसभा सांसदमा निर्वाचित भएका छन् । प्रहरी अधिकारी भने उनको बिजयले राजनीतिमा गुन्डागर्दी संस्थागत बनेको भन्दै चिन्तित छन्






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution