हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

समानुपातिकको सिट बाँडफाँट कसरी ?

समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन प्रतिशत मत ल्याउन नसक्ने दलका लागि सिट बाँडफाँट हुनेछैन।

त्यस्ता दलको धरौटी जफत हुने अधिकारीहरु बताउँछन्।
कुनै पनि राजनीतिक दलले निर्वाचनमा प्राप्त गरेको मतको हिस्साको अनुपात बराबरको स्थानमा निर्वाचित हुने प्रणाली नै समानुपातिक प्रतिनिधित्व प्रणाली हो।

प्रतिनिधिसभामा समानुपातिकतर्फ सम्पूर्ण देशनै एउटा निर्वाचन क्षेत्र हो।

प्रदेशसभामा समानुपातिक सिट बाँडफाँट गर्दा हरेक सात प्रदेशलाई एउटा निर्वाचन क्षेत्र मानिनेछ।

समानुपातिक प्रणालीमा दलहरुले प्राप्त गरेको कूल सिटको न्यूनतम ५० प्रतिशत महिला हुनैपर्ने नियम बनाइएको छ।

यस्तो सूची दिँदा दलहरुले मंसिर ३ गते निर्वाचन आयोगलाई बुझाएको बन्द सूचीकै आधारमा हुनुपर्ने आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले बताए।

प्रदेशसभा सदस्यको समानुपातिकतर्फ भने निर्वाचन आयोगलाई सूची बुझाउँदा ‘यथाशक्य’ मिलाएर दिनुपर्ने भन्ने शब्दावली राखिएकोले दलहरुले केही फेरबदल गर्न सक्ने ठाउँ भने रहेको उनले बताए।

कस्ता पार्टी राष्ट्रिय दल बन्नेछन्?

कुनै पनि राजनीतिक पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न दुईवटा प्रावधान पुरा गर्नुपर्ने हुन्छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५२ अनुसार प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिक निर्वाचन प्रणालीमा कम्तीमा तीन प्रतिशत मत ल्याएको र प्रत्यक्ष निर्वाचन प्रणालीमा एक सिट जितेको पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाउनेछ।

निर्वाचन आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले भने, “कुनै एक दलले समानुपातिक प्रणालीतर्फ खसेको कूल मतको चार प्रतिशत मत ल्याएको छ, तर पहिलो हुनेले जित्ने अथवा प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन भने राष्ट्रिय दलको मान्यता पाउने छैन”।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution