हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

सगुनको मिनी आइपीओ ६२ देशबाट ३३ सयभन्दा बढीले गरे लगानी

 

वासिङ्टन डीसी । सगुनले डिसेम्वर ३ तारिख मध्यरातदेखि शेयर बिक्री बन्द गरेको छ । आइपीओ मार्फत दोश्रो चरणमा डिसेम्वर ३ तारिखसम्म सगुनले शेयर विक्री खुल्ला गरेको थियो। दोश्रो चरणमा विश्वभरका ६२ वटा देशबाट ३३ सय भन्दा बढी व्यक्तिले लगानीको प्रतिवद्धता जनाएका छन्। हालसम्म प्राप्त तथ्याङ्कको आधारमा ४८ लाख अमेरिकी डलरभन्दा बढी लगानीको प्रतिवद्धता प्राप्त भएको सगुनका सह संस्थापक कविन्द्र सिटौलाले जानकारी गराएका छन् ।

‘अहिले नै यकिन तथ्याङ्क संकलन गरिसकिएको छैन । तर प्रारम्भिक तथ्याङ्कलाइ हेर्दा हामी अत्यन्तै उत्साहित भएका छौँ । ६२ देशबाट ३३ सय भन्दा बढी व्यक्तिबाट ४.८ मिलियन अमेरिकी डलरको लगानीको प्रतिवद्धता प्राप्त भएको छ । यो अत्यन्तै राम्रो सहभागिता हो ।’ सिटौलाले भने ‘ सगुनलाई माया गर्ने, सगुनको भिजनलाई विश्वास गर्ने र सगुन मार्फत सोसियल मिडिया र सोसियल कमर्शको क्षेत्रमा नयाँ आयामको शुरुवात गर्न हामीले पाएको यो समर्थनले हामीलाई सफलताको अझ नजिक पुर्याएको छ ।’

अगष्ट १८, २०१७ मा बेलायतबाट शुरु गरिएको सगुनको दोश्रो चरणको शेयर विक्री कार्यक्रम १०५ दिनसम्म सञ्चालनमा रहेको थियो । सिटौलाका अनुसार यस अवधिमा लगानीको प्रकृयामा समावेश व्यक्तिहरु मध्ये सवैभन्दा बढि दक्षिण कोरियाबाट र त्यसपछि क्रमशः बेलायत, अमेरिका, अष्ट्रेलिया र जापानका रहेका छन् । संख्याको आधारमा युएइ, क्यानडा, भारत, कतार, हङ्गकङ्ग, साउदी अरेविया र मलेशियाबाट राम्रो सहभागिता रहेको छ।

प्रतिवद्धता जनाएको रकमको आधारमा हेर्दा सबैभन्दा बढी अमेरिकाबाट रहेको छ भने दक्षिण कोरिया, बेलायत, अष्ट्रेलिया तथा जापान त्यस पछि क्रमशः स्थानमा रहेको सिटौलाले बताए । यी सबै तथ्याङ्क प्रारम्भिक मात्र हुन् । अन्तिम तथ्याङ्क प्राप्त भएपछि सगुनले आधिकारिकरुपमा जानकारी गराउने उनले बताए ।

कतिपय व्यक्तिहरुले लगानीको लागि फाराम भर्ने र पैसा पठाउने काम नेपाल बाहिरैबाट गरेको भएता पनि नेपालको ठेगाना उल्लेख गरेको पाइएको छ । जहाँबाट पैसा पठाएको हो त्यंहिको ठेगाना हुनुपर्ने भएकोले हाल सगुनको कस्टमर केयर सेन्टरबाट सम्वन्धित लगानीकर्ताहरुलाई सम्पर्क गरि ठेगाना सच्याउने काम भइरहेको सिटौलाले बताए । उनका अनुसार लगानी गर्ने बेलामा नेपाल बाहिर जहाँ बसेको भएपनि पछि शेयर बजारमा शेयर विक्री गरेर प्राप्त हुने रकम आफूले चाहेको देशबाट लिन सकिने छ । हाल लगानीकर्ताहरुको भेरिफाइ गर्न फोन तथा इमेलबाट सम्पर्क गरिदै गरेको समेत सगुनले जनाएको छ।

सगुनले लगानीको लागि डिसेम्बर ३ तारिखसम्म फाराम भरेका तर सोहि अवधि भित्र पैसा पठाउन नसकेका व्यक्तिहरुकोलागि यहि डिसेम्बर ८ तारिखसम्म बैंकबाट पैसा पठाउने समय उपलब्ध गराएको छ । सिटौलाका अनुसार डिसेम्बर ८ तारिखसम्म पैसा पठाउने समय सकिए पछि लगानी रकमको व्यबस्थापन गर्ने बैंकले सगुनलाई आधारिक विवरण उपलब्ध गराउने छ । त्यसपछि मात्र वास्तविक लगानीकर्ता र लगानी रकमको बारेमा थाहा हुनेछ ।

प्रतिवद्धता जाहेर गरेको रकम पठाउने सिलसिलामा कुनै पनि प्रकारको समस्या भएमा वा जिज्ञासा रहेमा सगुनको साइटमा उपलब्ध लाइभ च्याट वा सगुनले उपलब्ध गराएको हटलाइन फोन सेवामा सम्पर्क गर्न सकिने सिटौलाले जानकारी दिए ।

लगानी प्रकृयामा सहभागि भइसकेका व्यक्तिहरुको अत्यधिक चापको कारणले भेरिफिकेशन गर्ने कामको चाप समेत बढेको छ । वायर ट्रान्सफर तथा क्रेडिट कार्डबाट गरिएको लगानी रकम व्यवस्थापन गर्ने बैंक तथा कम्पनीहरुमा बढेको चापको कारणले लगानीकर्ताहरुलाई समयमा नै प्राप्त हुनुपर्ने लगानीको कन्फर्मेशन तथा सर्टिफिकेट उपलब्ध गराउने समय केहि बढी लाग्ने भएकोले सम्पूर्ण लगानीकर्ताहरुलाई धैर्य गरिदिनुहुन समेत सिटौलाले अनुरोध गरेका छन् ।

उनका अनुसार लगानी गरिएको रकम सम्वन्धित बैकबाट भेरिफाइ भइ सगुनको खातामा जम्मा हुने क्रम शुरु भइसकेको छ । यसरी विक्री गरेको स्वामित्व शेयरबाट प्राप्त रकमलाई मुख्य गरि सगुनको प्रोडक्ट बजारमा ल्याउने, प्रविधि विकास तथा अध्ययन अनुसन्धानमा खर्च गरिने सिटौलाले बताए । आइआइटी न्यू दिल्लीसंग मिलेर पाइप लाइनमा भएका योजनाहरुको अध्ययन र अनुसन्धानको काम निरन्तर गर्ने, आइओएस एप निर्माणको काम द्रुतरुपमा गर्ने तथा उच्च दक्ष प्राविधिकहरु नियुक्त गर्ने काममा समेत सो रकम खर्च गरिने छ । यसैगरि सोसियल स्मार्ट कार्ड निर्माण प्रमुख प्राथमिकतामा रहेको सगुनले प्रष्ट पार्दै आएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution