प्रवासमा रहेको तामाङ संघसंस्था र तोरी लाहुरे

प्रवासमा रहेको तामाङ संघसंस्थाले तामाङ भाषालाई जुनसुकै कार्यक्रममा उच्च स्थान नदिएको भन्ने कुरा सामाजिक संजालमा पढ्न पाइयो |
कार्यक्रम कै कुरा गर्ने हो भने नेपालमै कुनै पनि तामाङ संघसंस्थाले सार्वजनिक स्थलमा आयोजन गरेको कार्यक्रम सुरु देखि अन्तसम्म बिसुद्ध तामाङ भाषामा संचालन गरेको मैले थाह पाउन सकेको छैन | रेडियो / एफ एम तिर बाहेक | प्रवासमा रहेको र नेपालमा रहेको संघसंस्थामा के नै भेद भयो र ? प्रवासमा खुलेको तामाङ संघसंस्थामा मात्र लागु हुनुपर्ने हो र ? नेपालमा भएका तामाङ संघसंस्थाले तामाङ भाषाको लागि थुप्रै कार्यहरु गरेको र प्रवासमा भएका संघसंघले नगरेको भन्ने ठाउँ काहिँकतै छ ?
तामाङ भाषा नजान्ने र नबुझ्नेले सिक्ने / जान्नेले नजानेकालाई सिकाउने कुरा हो | प्रवास भएका तामाङ संघसंघमा पनि यो कार्य आन्तरिक रुपमा जारी नभएको कहाँ होला र ?
नेपालमा खुलेका तामाङ संघसंस्थाले सरकार वा एनजीओ/आईएनजीओबाट भाषाकै लागि भनेर कार्यक्रमको लागि केहि आर्थिक सहयोग पाए /लिए झैँ प्रवासमा गठन भएका तामाङ संघसंस्थालाई काहिँकतैबाट एक पैसा पनि बजेट प्राप्त हुदैन | कार्यक्रमको नाममा झ्वाम पार्नु |प्रवासमा जे जसरी हुन्छ पसिना संग साटेर प्राप्त भएको ज्यालाबाट संघसंस्था चलेको हुन्छ |यो यथार्त हो |
मैले कयौ तामाङ साथीभाइ भेटको छु | युट्युबमा तामाङ फिल्म र तामाङ भाषाको गीतहरु सुनेर तामाङ भाषा सिकेको र बुझेको छु भन्नेहरु |
तामाङ भाषालाई प्रवर्द्धन र लोभ हुनबाट संरक्षण गर्ने कार्यमा तामाङ भाषाको चलचित्रकर्मी / निर्माताहरु लगायत तामाङ भाषामा गीत रचना गर्ने सर्जकहरु र तामाङ कलाकारहरुले महत्वपूर्ण योगदान पुर्याएका छन् | वहाँहरु सबैको सम्मान गर्नु सक्नुपर्दछ | कलाकारहरु(गायक /गायिका)ले विदेश भ्रमण गर्न पाए र नाचगानमा मात्र रमाए भन्न मिल्दैन | यसरी तामाङ समुदायलाई गीतसंगीत मार्फत भाषाको जगेर्ना गर्ने कलाकारहरुलाई प्रवासमा भएका संघसंस्थाले स्थान दिएकोमा अन्यथा सोच्नु बेकार मात्र हुनेछ |बरु यसमा गर्व गर्न सक्नुपर्छ |
भाषाविद्धहरुले विभिन्न समयमा पुस्तकहरु प्रकाशन गर्नु भएर आ-आफ्नो तर्फबाट तामाङ भाषाको प्रवर्द्धन गरी रहनु भएका छन् |यहाँ भाषाविद्धहरुले मात्रा तामाङ जातिको भाषामा योगदान गरेका छन् अरु कसैले गरेका छन् भन्नु चाहि उपयुक्त हुदैन |
भाषाविद्धहरुको लेख / अन्तरवार्ताहरु पढेको सुनेको छु | वहाँहरुले पनि गाउँगाउँमा पुगेर शव्दहरु टिपेर ल्याउनु हुन्छ , युट्युबमा तामाङ चलचित्र र गीतहरु हेरेर / सुनेर शव्दहरु संकलन गर्नुहुन्छ अनि आफ्नो पुस्तक मार्फत प्रकाशन गर्नुहुन्छ भन्ने | यति भनेपछि मुख्य श्रोत भनेको वहाँहरुको लागि पनि तामाङ समुदाय नै हो ,यसमा दुईमत छैन |
तामाङ समुदायले ल्होछार कार्यक्रमलाई सांस्कृतिक पर्वको रुपमा स्वीकार गरेको छ | सांस्कृतिक पर्व भनेपछि नाचगान रमाइलो त हुने नै भयो | तामाङ कलाकारहरुले पनि बिदेशमा आफ्नै भाषा मार्फत र रिमठीमको कला प्रस्तुत गर्ने मौका पाउने भए | केहि पारिश्रमिक पनि यसमा कसैले टाउको दुखाई राख्नु पर्ला जस्तो मलाई लाग्दैन |
अधिकांश मात्रामा तामाङ समुदायको घरपरिवार प्रवासमा रहेका युवाहरुले पठाएको रेमिटेन्सबाट चलेको छ | सम्पूर्ण घरपरिवार चल्न त प्रवासबाटै धानिरहेको अवस्थामा ल्होछारको लागि मात्र खर्च पठाउनु भनेर अर्ति दिनु रहनुपनि आवश्यक देखिदैन र छैन | सिप ,ज्ञान ,अनुभव सगै धेरै कुरा सिकेका छन् प्रवास पुगेका युवाहरुले |
प्रवासमा रहेको तामाङ संघसंस्था र तामाङहरुलाई तोरी लाउरे देख्नेहरुले आफैले चाहि तामाङ समुदायलाई सहयोगी भावनाले निस्वार्थ र नि:शुल्क रुपमा कहाँ , कहिले र कुन ठाउँमा सहयोग गरेका छन् ,एकपटक सोच्नु जरुरी देखिन्छ |
प्रवासमा आफ्नो ड्युटी सकाएर बचेको समयलाई सदुपयोग गर्दै तामाङ समुदायको भाषा ,धर्म ,कला संस्कृतिलाई जगेर्ना गर्दै संस्थागत रुपमा दिनदु:खि ,स्वास्थ्य , भैपरी आउने भूकम्प /बाढीपहिरो र शिक्षाको लागि आफ्नो गाँस काटेर तामाङ समुदायलाई के कति सहयोग गरेका छन् ? तामाङ समुदाय र विद्धानहरुले यसको मुल्याकन गर्नु आवश्यक छ |
बिदेशमा अर्काको गुलामी गर्नु कसैको रहर होइन,बाध्यता हो | घरपरिवारबाट टाढीएका र प्रवासमा विभिन्न समास्यहरु झेल्दै श्रम गरी घरपरिवार धानीरहेका तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई मानसिक रुपमा अपहेलन र ठेस लाग्ने गरी तोरी लाहुरी देख्नेलाई के भन्नु खै ?
– बी बी लामा तामाङ
(हाल – इजरायल)