हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

काभ्रे प्रहरी बुथ कब्जा होला भन्ने चिन्तामा, गणेश लामाको मतदान स्थल अति संवेदनशील

काभ्रे– बिहीबार हुने निर्वाचनमा काभ्रेमा बुथ कब्जा हुन सक्ने आकलन गरी प्रहरीले सम्भावित क्षेत्रहरुमा उच्च सतर्कता अपनाएको छ। जिल्लाका १८ वटा मतदान स्थललाई प्रहरीले उच्च संवेदनशीलमा राखेको छ।

विगतमा गुन्डागर्दीमा संलग्न कतिपय व्यक्तिहरु समेत चुनावी मैदानमा रहेको र उनीहरुले धाँधली गर्न सक्ने भएकाले उनीहरुको प्रभाव रहेको मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको हो। क्षेत्र नम्बर १ को ख मा नेपाली कांग्रेसबाट प्रदेशसभा उम्मेदवार बनेका गणेश लामाको खहरेपाँगु मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ।

त्यस्तै, कांग्रेसबाट क्षेत्र नम्बर १ का उम्मेदवार तीर्थ लामाले मतदान गर्ने सिपाली मतदान केन्द्रलाई पनि अति संवेदनशील सूचीमा राखिएको छ। जिल्लाको डाडाँपारि र कोशीपारि क्षेत्रका मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

‘गुन्डागर्दीमा संलग्नहरु निगरानीमा छन्’, काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापा भन्छन्, ‘केहीलाई पक्राउ पनि गरेका छौं, निष्पक्ष तरिकाले निर्वाचन गराउन हामी सक्रिय छौं।’

काभ्रेमा निर्वाचन विरोधी गतिविधिमा संलग्न १३ जना थुनामा छन्। कसैले बुथ कब्जाको प्रयास गरे गोली हान्न प्रहरी नेतृत्वले निर्देशन दिएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution