नेपाल र कुवेतबिच सीधा हवाई यात्रा आज देखि सुरु

काठमाडौं । नेपाल र कुवेतबीच अाज बुधबारबाट कुवेतको वतनिया एयरवेजले कुवेत सिटीबाट काठमाडौं र काठमाडौंबाट कुवेतसिटीसम्म दोहोरो सीधा हवाई सेवा पहिलोपटक भर्ने भएको छ |
कुवेत नेपाली कामदारको प्रमुख गन्तब्यमध्ये एक हो । अहिलेसम्म नेपाली कामदारलाई साउदी अरब भएर कुवेत पुग्नुपर्ने बाध्यता छ ।
वतननियाले न्यारोबडी एयरबसमार्फत सेवा थाल्न लागेको हो । नेपाल नागरिक उड्डय प्राधिकरणले रातको ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएर पौने १२ बजे कुवत फर्किने गरी सेवा सञ्चालनको अनुमति दिएको हो ।
नेपाल र कुवेतबीच सन् २००६मा हवाई सम्झौता भएको थियो । कुवेतसँग सीधा हवाई समबन्ध स्थापना भएपछि युरोप र अफ्रिका जानेहरुलाई पनि सहज हुनेछ ।
वतनियालाई प्रारम्भिक रुपमा ३ महिनामा लागि उडान अनुमति दिइएको प्राधिकरणमा महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । वतनियाले सेवा प्रारम्भ गरेपछि नेपाल फर्किने र नेपालबाट कुवेत उड्ने कामदारलाई निकै सहज हुनेछ ।