हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

बेलायतको राजकुमार ह्यरीको हुनेवाल श्रीमती मेगान मार्केल विवाहअघि नै गर्भवती ?

लन्डन– अमेरिकी अभिनेत्री मेगान मार्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र आगामी वर्षको मे महिनामा विवाह गर्ने समाचारले विश्वमा राम्रै चर्चा पायो । विवाहको सुरसार चलिरहँदा मेघान राजकुमार ह्यरीको पहिलो सन्तानको आमा पनि बन्न लागेको समाचारले विश्वमा सनसनी मच्चाएको छ।

बेलायतको एक पत्रिकाले स्रोतको हवाला दिँदै मेघान गर्भवती भएको दाबी गरेको छ । विवाहपछि सन्तानको योजना नपाउँदै विवाहअघि नै मेगान गर्भवती भएपछि राजकुमार ह्यारीले मेगानसँग इन्गेजमेन्ट गरेर विवाहको हतारो गरेको हुन सक्ने सो समाचारमा बताइएको छ। पत्रिकाको दाबीलाई मिल्नेगरि, ह्यारीले हालैको एक अन्तरवार्तामा परिवारको योजना बारे बताएका थिए । ‘समयको एक खुड्किलो अगाडि बढेर हामी भविष्यमा परिवारको शुरुवात गर्नेछौं,’ उनले भनेका थिए, ‘मैले युवावस्थामा हुँदाखेरि नै बालबच्चाको चाहना राखेको थिएँ । म योग्य व्यक्तिको खोजीमा छु । जसले मेरो बालबच्चाको राम्रो ख्याल गरोस्।’

प्रिन्स ह्यारीले पनि मेगान गर्भवती भएको समाचार बाहिरिएपछि खुशी व्यक्त गरेका छन् । ‘उनीहरू राजपरिवारका आधुनिक अनुहार हुन् । त्यसकारण उनीहरू आफ्नो इच्छामा काम गर्न सक्छन् । यस्तो मामलामा पुरानो शैलीको राजघरानाको संहिता लागू हुँदैन ’ उनको भनाइ उद्धृत गर्दै सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन्।

मेगानले ह्यारीसँग सम्बन्ध गाँस्नकै लागि ‘सुट्स’ नामको टेलिभिजन शो छोडेकी थिइन् । ‘म सात वर्षदेखि शोमा आबद्ध थिएँ । लामो समयसम्म काम गर्दा हामी भाग्यमानी अनुभव पनि गरिरहेका थियौं । मैले यो शोमा काम गरेकोभन्दा अहिले पनि गर्व लागिरहेको छ ’ उनले भनेकी छन् । मेगनले थुप्रै टेलिभिजन सिरिजमा अभिनय गरे पनि फिल्म भने जम्मा जम्मी ५ वटामा अभिनय गरेकी छिन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution