पोखरामा मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले विभिन्न क्षेत्रमा लगानी गर्ने

पोखरा -बिगत चार बर्ष देखि स्वदेश तथा विदेशमा विभिन्न क्षेत्रमा क्रियाशील नेपालीहरुको सामुहिक लगानीमा काठमाडौँमा स्थापना भइ मिडिया (स्याटेलाइट टेलिभिजन) सहित विभिन्न उद्योग/व्यवसायहरु सफलता पुर्बक सन्चालन गर्दै अगाडी बढी रहेको मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले यहि शनिबार मंसिर १६ गते पोखरामा “उद्योग तथा व्यापार/व्यवसाय सम्बन्धि सामाजिक सचेतनाका लागि श्रव्य-दृश्य प्रस्तुती र मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीको परियोजनाको बारेमा जानकारी दिनुका साथै पोखरा क्षेत्रको सम्भावनाहरुको पहिचान र लगानी विषयक अन्तरक्रिया कार्यक्रम” को आयोजना गरेको थियो ।
कार्यक्रममा कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक सचेतनाका लागि श्रब्य-दृश्य प्रस्तुति गर्नुको साथै, कम्पनीको बारेमा र कम्पनीले पोखरामा बिस्तार गर्न लागेको परियोजनाहरुको बारेमा बिस्तृत जानकारी दिइएको थियो | झन्डै १५० जना सहभागी रहेको उक्त कार्यक्रममा सबैले सुरु देखि अन्तिम समय सम्म एकदम अभिरुचिका साथ कार्यक्रमलाई अवलोकन गर्नुका साथै कार्यक्रमको अन्तमा सहभागीहरुले मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले पोखरामा छिट्टै सुरु गर्ने उद्योग/व्यवसायहरुको बारेमा जिज्ञाशाहरु पनि राखेका थिए ।
पोखरामा उद्योग/व्यवसाय/सामाजिक क्षेत्रमा बिशेष दक्खल राख्नु हुने श्री हुम आले मगर र इन्सुरेन्स/व्यवसाय सम्बन्धि बिशेष जानकार श्री होम आले मगरले उक्त कार्यक्रमलाई सुरु देखि अन्तिम समय सम्म आलोकन गरी आफ्नो राय प्रस्तुत गर्नु भएको थियो । आफ्नो राय दिदैं पोखरामा मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले सुरु गर्न लागेको उद्योग/व्यवसायहरु प्रति आफुहरु समेत एकदम उत्सुक रहेको र उक्त कार्यको लागि सफलताको शुभकामना समेत दिनु भएको थियो । कार्यक्रममा आफ्नो मन्तब्य राख्नु हुँदै नेपाल मगर महिला संघ कास्की जिल्ला समितिकि अध्यक्ष श्री फूल कुमारी थापामगरले पनि आउदो दिनमा यस मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले पोखरामा सुरु गर्ने उद्योग/व्यवसायले पोखरा बासिहरुको लगानीलाई पोखरा मै लगानी गरी पोखरा बासीलाई नै रोजगारी उपलब्ध गराउंदा यस क्षेत्रका बेरोजगारहरु एकदमै लाभान्वित हुने र समग्र समुदायको आर्थिक सम्रिद्दी हुने कुरामा आफु बिस्वस्त रहेको कुरा बताउनु भयो ।
कम्पनीका संचार प्रमुख श्री श्याम रानामगरले संचालन गर्नु भएको उक्त कार्यक्रममा पोखराका सन्चार कर्मी श्री मिना थापा मगरले स्वागत मन्तब्य राख्नु भएको थियो भने कम्पनीका अनुसन्धान तथा बिकाश निर्देशक श्री प्रतिमाया पुन मगरले श्रब्य-दृश्य प्रस्तुत गर्दै कम्पनीको बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै, कम्पनीद्वारा सन्चालन हुदै गरेको हाइड्रोपावर परियोजनाको बारेमा आएको जिज्ञासालाई कम्पनीका हाइड्रोपावर/कानुनी संयोजक श्री दामोदर हुमागाईले प्रस्ट पार्नु भएको थियो ।
कार्यक्रममा उपस्थित सहभागीहरुको जिज्ञासा बारे प्रस्ट पार्नु हुँदै यस कम्पनीका अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत श्री आशिर्वाद पुन मगरले कम्पनीले पोखरामा सुरु गर्न लागेको उद्योग/व्यवसायहरुको बारेमा बिस्तृत जानकारी दिनुका साथै यस कम्पनीमा आवद्ध भइ हातेमालो गर्न पनि अनुरोध गर्नु भयो, साथै, कार्यक्रम आयोजना गर्न सहयोग गर्नु हुने श्री मिना थापा, श्री तारा माया थापा, श्री मेजन पुन, श्री मनोज घर्ती, श्री पदम थापा, श्री हर्क आले, श्री बिष्णु थापा एबम श्री दिपक श्रेष्ठ लगायत सम्पूर्ण मित्रहरुलाई धन्यबाद ज्ञापन गर्नु भयो |