हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

यमनका भूतपूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह ‘मारिए’

यमनबाट प्राप्त विवरणहरुका अनुसार भूतपूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह उनका पूर्व साझेदारहरुसँगको लडाईँका क्रममा मारिएका छन्।

हुथी विद्रोहीहरुले नियन्त्रण गरेको एक संचारमाध्यमले अधिकारीहरुलाई उद्धृत गर्दै देशद्रोही लडाकूले निम्ताएको संकटको अन्त्य भएको र त्यसको नेता मारिएको घोषणा गरेको छ।

साउदी स्वामित्वको टेलिभिजन संस्था अल-अरेबियाले सालेहका जेनरल पिपल्स कंग्रेश पार्टीसँग सम्बन्धित स्रोतहरुले पनि उनी मारिएको पुष्टि गरेको उल्लेख गरेको छ।

अनलाइनमा राखिएका तस्वीर र भिडिओहरुमा सालेहको जस्तो देखिने एक मानिसको शव देखिन्छ र उक्त शवको टाउकोमा गम्भीर चोट लागेको देख्न सकिन्छ।

गत हप्तासम्म पनि सालेहका समर्थकहरु हुथी विद्रोहीहरुसँगै यमनका वर्तमान राष्ट्रपति अब्द्रबुह मनशुर हादीविरुद्ध लडिरहेका थिए।

तर लामो समयदेखि जारी राजनीतिक तनाव र विद्रोही नियन्त्रित राजधानी सन्आमा रहेको एक मुख्य मस्जिदमाथिको नियन्त्रणलाई लिएर उत्पन्न विवादका कारण भीषण झडपहरु निम्तिएका थिए र बुधबार रातिदेखि सो झडपमा परी १२५ जनाको ज्यान गएको छ र २३८ जना घाइते भएका छन्।

तर शनिबार सालेहले हादीको समर्थन गर्दै आएको साउदी-नेतृत्व गठबन्धनसंग एक प्रस्ताव राख्दै यमनमाथि हमला र दैनिकी जटिल बनाएको नाकाबन्दी अन्त्य गरेमा उक्त गठबन्धनसंग नयाँ अध्यायको शुरु गर्न सकिने उल्लेख गरेका थिए।

साउदी-नेतृत्वको गठबन्धन र हादीको सरकारले उनका ती प्रतिक्रियाको स्वागत गरेका थिए।

तर हुथीहरु आक्रोशित थिए|संयुक्त राष्ट्रसंघका अनुसार गठबन्धनले सन् २०१५ मा हस्तक्षेप गरे यता त्यहाँ साढे आठ हजार भन्दा बढी मानिस मारिएका छन् र झण्डै ५० हजार घाइते भएका छन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution