ह्योल्मो समाज इजरायलले सोनाम ल्होसार(खि ल्हो) भव्यताको साथ मनाउने

तेलअविव – ह्योल्मो समाज इजरायल द्वारा राष्ट्रिय नेपाली पर्व सोनाम ल्होसार २० जनवरी २०१८ (शनिबार) को साँझ तेलअविव स्थित याद हारुचिम ११ को हलमा २१४५ औ खि ल्हो सोनाम ल्होसार भव्यताको साथ मनाउने भएको छ |
ह्योल्मो रास्ट्रिय भाषा,लिपि,धर्म,संस्कार संस्कृति र पहिचान जो जहाँ रहे पनि हामीले संरक्षण,सम्वर्धन र प्रवर्तन गर्नुपर्छ भन्ने बिशेष उदेश्यको साथ नेपाली राष्ट्रिय पर्व सोनाम ल्होसार एवं हिमाली बौद्ध मार्गी साथै ह्योल्मो आदिवासी समुदायको नया बर्ष २१४५औ खी ल्हो (कुकुर बर्ग 🐕) सोनाम ल्होसारको उपलक्ष्यमा मनाउन गईरहेको ल्होसार कार्यक्रमको लागि नेपालबाट २ जना चर्चित राष्ट्रिय कलाकार फुर्पा स्याङ्पा ह्योल्मो र ह्योल्मो सांस्कृतिक कला केन्द्रका अध्यक्ष एवं नृत्य प्रशिक्षिका पेमा दिकी ह्योल्मोलाई आमन्त्रित गरेको ह्योल्मो समाज इजरायलले जानकारी दिएको छ | वहाँहरु संगै इजरायलवासी स्थानीय नेपाली कलाकारहरुको जोडदार सांगीतिक प्रस्तुति र DJ बिपिन तामाङको डिजे संगीतको साथमा ह्योल्मो कला संस्कृति प्रेमी साथै ज्ञाताहरु र इजरायलमा रहेका बिशेस संघ र व्यक्तित्वहरुको साथमा रात्रिभोजको व्यवस्था समेत रहेको छ |
सम्पूर्ण इजरायलमा कार्यरत ह्योल्मो समुदाय साथै इजरायलमा संगठित संघ संस्था सक्रिय मेडिया कर्मीज्यूहरु लगायत सम्पूर्ण नेपाली समुदायहरुमा यहाहरुको गरिमामय उपस्थितिको लागि ह्योल्मो समाज इजरायल द्वारा हार्दिक निमन्त्रणा गरेको छ |