हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

राजा महेन्द्रलाई मारेको आरोप म माथि लगाइयो – डा. मृगेन्द्रराज पाण्डे

डा. मृगेन्द्रराज पाण्डे चर्चित डाक्टरमध्येका एक हुन् । मुटुरोग विशेषज्ञ डा. पाण्डे स्व. राजा महेन्द्रका निजी चिकित्सक थिए । राजा महेन्द्रकी आमा कान्ती राज्यलक्ष्मीदेवी शाहको उपचारमा संलग्न हुँदै गर्दा उनले पूरै राजपरिवारका सदस्यको उपचार गर्नुप¥यो । ०२८ सालमा राजा महेन्द्रको हृदयाघातका कारण मृत्यु भयो । त्यतिवेला राजपरिवारभित्रैबाट डा. पाण्डेलाई राजा महेन्द्रलाई मारेको आरोप लाग्यो । तर, उनले सार्वजनिक रूपमा आफूलाई लागेको आरोपको कहिल्यै खण्डन गरेनन् ।

राजा महेन्द्रको मृत्युको विषयलाई लिएर धेरै टीकाटिप्पणी हुने गर्दछ । जति कुरा हुने भए पनि राजा महेन्द्रको मृत्युको प्रमुख कारण हृदयाघात नै हो । त्यतिवेला म राजपरिवारको निजी चिकित्सक थिएँ । विशेष गरी म महेन्द्रकी आमा कान्तीराज्यलक्ष्मीदेवी शाहको स्वास्थ्य उपचारमा संलग्न हुन्थेँ । कान्तीकोे मुटुरोग विशेषज्ञका रूपमा मैले राजपरिवारका सदस्यको उपचार प्रारम्भ गरेको हुँ ।

रानी कान्ती लागुऔषध दुव्र्यसनी थिइन् । उनलाई लागुऔषध छुटायो भने मुटुमा समस्या हुन्थ्यो । कान्तीराज्यलक्ष्मीदेवीलाई ठूलो प्रयासपछि मैले लागुऔषधको दुव्र्यसनबाट छुटाउन सफल भएँ । त्यसपछि राजा महेन्द्रले पनि मप्रतिको विश्वास उचाइमा पु¥याउनुभयो ।

राजपरिवारमा मेरो लोकप्रियता बढ्दै जाँदा राजा महेन्द्रको स्वास्थ्य हेर्ने जिम्मा पनि मलाई मिल्यो । मैले राजा महेन्द्र, महेन्द्रकी आमा कान्ती, ईश्वरी, राजा वीरेन्द्र, वसुन्धरा शाहसहित राजपरिवारका सदस्यको निजी चिकित्सक भएर काम गरे ।

१ वैशाखमा ०३९ मा मुटु बन्द भएर मृत्युसँग जुधेकी ईश्वरी राज्यलक्ष्मी देवी शाहलाई मैले बचाउन सफल भएँ । तर, महेन्द्रलाई दोस्रो हृदयाघातका वेला बचाउन सकिएन । राजा महेन्द्रको निधन भएपछि ममाथि दर्जनौँ प्रश्नहरू तेर्सिए । तर, जसले जे भने पनि राजा महेन्द्रको हृदयाघातका कारण मृत्यु भएको हो । यसको प्रमाण मसँग छ । त्यतिवेला म हेटौँडामा महेन्द्रकी आमा कान्तिसँग थिए । उनी हेटौँडा जाँदा एकजना डाक्टरसँगै हुन्थे । त्यस समयमा संयोगले म परेको थिएँ ।

त्यो कालो दिन

०२८ साल माघ १६ गतेको दिन, बिहानको ७ बजे अकस्मात् मलाई फोन आयो । त्यो दिन म हेटौडामा थिएं । राजा महेन्द्र अस्वस्थ भएको हुनुपर्छ, मेरो मनमा लागिसकेको थियो । त्यो बिहान मलाई एक प्रकारको छटपटी भइरहेको थियो ।

फोन आएको दुई घन्टापछि मलाई हेटौँडामै जिप लिन आयो । लगत्तै फोन पनि आयो पाण्डेजी, तपाईंलाई लिन जिप पठाइएको छ । तपाईं तुरुन्त आउनुप¥यो भन्ने अर्डर आयो । त्यसवेलाको बाटो निकै खराब थियो । त्यही पनि मलाई जिपमा हालेर दौडाएर दुई घन्टामा राजा महेन्द्र बसेको स्थान भरतपुरको दियालो बंगलामा लगियो ।

राजा महेन्द्रलाई हृदयाघात भएको रहेछ । राजाले डाक्टर कहाँ छ भनेर मलाई सम्झेर बसेकाले मलाई यता छटपटी भएको हो कि भन्ने लाग्यो । मेरा आँखा आँसुले भरिए । राजाको हालत निकै खराब थियो । नारायणी नदीको किनारमा राम्रो बंगला बनाएका थिए । त्यहाँ उहाँ सिकार खेल्ने गर्नुहुन्थ्यो । राजा महेन्द्रलाई मनपर्ने ठाउँमध्येको एक थियो दियालो बंगला । उहाँले अघिल्लो दिन दियालो बंगलामा सिकार खेल्नुभएको रहेछ । सिकार खेल्नेक्रममा अचानक हृदयाघात भएकाले उहाँको स्वास्थ्य अवस्था असाध्यै गम्भीर मोडमा पुगिसकेको रहेछ ।

मैले अत्याधुनिक उपकरणहरूको प्रयोग गरी मुटु चलाउने प्रयास निरन्तर जारी राखेँ । त्यसवेला उहाँ मृत्युसँग संघर्ष गरिरहनुभएको थियो । एक घन्टा म छिटो पुगेँ, तर अवस्था निकै गम्भीर भएकाले यसपटक राजालाई बचाउन चान्स निकै कम देखेँ ।

मैले राजाको अवस्था निकै गम्भीर भएको कुरा रानी रत्नराज्यलक्ष्मी शाहलाई जानकारी गराएँ । उहाँ आत्तिँदै अब के गर्ने त ? जे जति सकिन्छ गर भन्नुभयो । राजा महेन्द्र स्वास्थ्य परीक्षणका लागि वर्षमा एकपटक बेलायत जाने गर्नुहुन्थ्यो । त्यसलाई आधार मानेर मैले गम्भीर अवस्थामा पुग्नुभएका राजालाई बचाउन सकिन्छ कि भनेर बेलायतबाट चिकित्सक बोलाउन आग्रह गरेँ ।

हामीले औषधि गर्दै गयौँ । नेपालकै अन्य चिकित्सकहरू पनि उपचारमा संलग्न हुनुभयो । डा. पहाडी पनि आउनुभयो । हामीले तत्काल चिकित्सकको एउटा टिम परिचालन ग¥यौँ । जति गर्दा पनि राजाको तंग्रिने छाँट देखिएन । तंग्रिने छाँट नदेखेपछि मैले रानी रत्नालाई पुनः यथार्थ कुरा फेरि जानकारी गराए ।

बेलायतबाट चिकित्सक आउन पनि १२ घन्टा लाग्छ । भारतबाटै भए पनि राम्रो डाक्टर बोलाउने सल्लाह भएपछि भारतीय राजदूतलाई भनेर त्यहाँको राम्रो मुटुरोग विशेषज्ञलाई बोलाउने निर्णय गरियो । भारतीय राजदूतले तत्काल बोलाएपछि भारतबाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. एमएल भाती राति १० बजे नेपाल आइपुगे । त्यसवेला एयरपोर्ट अन्धकार थियो । त्यस्तो अवस्थामा पनि सफल रूपमा ल्यान्ड गरेर उनी राजाको उपचारमा संलग्न भए । हामीले सकेसम्म बचाउन कोसिस गरेका थियौँ, तर जति कोसिस गरे पनि राजा बचेनन् ।

राजा मा¥यो भन्ने आरोप लाग्यो

राजा महेन्द्रले राति १ बजे संसार छाडेर जानुभयो । उहाँको मृत्यु भएको खबर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा छायो । मृत्युको विषय सबै मेरो थाप्लामा आइलाग्यो । डा. पाण्डेले उपचार गरेन, गलत औषधि खुवाएर मा¥यो समेत भने । एक प्रकारका गिरोहले मेरो बदनाम गर्ने प्रयास गरे । राजाको निधनले म पनि नराम्रोसँग शोकमा डुबेको थिएँ । तर, कुन शक्ति मेरोविरुद्धमा लाग्यो, म चकित परँे । त्यसलगत्तै नयाँ राजा वीरेन्द्रले मलाई बोलाएर बुवा हजुरको निधन खास के कारणले भएको हो ? भनेर सोध्नुभयो । मैले भएका सबै कुरा क्रमैसँग राखेँ । राजा वीरेन्द्र त बुझ्ने मान्छे हो । उहाँले मेरा सबै कुरा सुन्नुभयो । उहाँ बाबुको निधनको शोकमा हुनुहुन्थ्यो ।

मलाई केही आक्षेप लगाउनुभएन । त्यसलगत्तै म दिल्ली गएँ । त्यहाँ रहँदा बेलायतका राजदूतसँग भेट भयो । उनले मलाई डाक्टर सा’ब तपार्इं त भाग्यले बाँच्नुभयो, दरबारमा त राजा महेन्द्रलाई गलत औषधि खुवाएर मारियो भन्ने हल्ला छ त भने । मैले उनलाई भारतीय डाक्टर डा. एमएल भातीलाई सोध्नुस् भनँे । मैले डा. भातीलाई महेन्द्रलाई गरेका सबै उपचारका कुरा राजपरिवारमा सुनाएर आउ भनेँ । उनले गएर राजपरिवारका सबै सदस्यका अगाडि हाम्रो देशको राष्ट्रपतिलाई भए पनि डा. पाण्डे र म भएर जेजति प्रयास ग¥यौँ योभन्दा बढी गर्न सकिने थिएन भने । उनले राजालाई बचाउन हामीले गरेका सबै प्रयासहरू स्पष्टका साथ सुनाए । त्यसपछि राजपरिवार सदस्य साम्य भए । रानीलाई पनि मैले यसपटक महेन्द्र सरकारलाई बचाउन निकै कठिन छ भनेर पहिला नै भनेको थिएँ ।

डेमोक्रेसी नै मारेर मर्न चाहन्नँ

राजा महेन्द्रमा देशका लागि केही गरौँ भन्ने सोच थियो । उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘मेरा बाजे, बाबु पनि हृदयाघातले मरे, म पनि बिरामी, हाम्रो खानदान हृदयाघातबाटै ग्रसित छ । अब मैले देशका लागि केही गर्नैपर्छ ।’

उहाँ ‘डेमोक्रासी नै मारेर आफू मर्न चाहन्नँ’ भन्ने गर्नुहुन्थ्यो । तर, उहाँले भनेजस्तो द्रुत गतिमा काम गर्न भने सक्नुभएन । केही प्रयास गर्नुभयो, तर ढिला भयो । संविधान संशोधन गर्नका लागि नयाँ विधान बनाउँदै हुनुहुन्थ्यो । तीनजना विज्ञलाई खाका बनाउन लगाउनुभएको थियो । उनीहरूको नामचाहिँ म भन्न चाहन्नँ । उनीहरूले सबै खाका तयार बनाएपछि विधान परिवर्तन गर्छु भन्ने राजामा थियो ।

संविधान संशोधन पास गर्न नपाई निधन

राजा महेन्द्रले १० माघको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन गर्ने प्रस्ताव राख्नुभएको थियो । भरतपुरमा बैठक धुमधामका साथ चलेको थियो । राजाले जबर्जस्ती पास गराउन खोज्नुभयो, तर अरूले त्यसलाई रोके । पहिलो प्रयास असफल भयो । उहाँ रिसाउँदै आजलाई छोडौँ अर्को हप्ता माघ १६ गतेको मन्त्रिपरिषद् बैठकबाट जसरी पनि पास गराउँछु भन्नुभएको थियो ।

दुर्भाग्यवश त्यही दिन बिहान ७ बजे उहाँलाई हृदयाघात हुन पुग्यो । दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । १० गते पास गर्न सकेको भए उहाँको इतिहास पनि अर्कै हुन्थ्यो । उहाँलाई नयाँ संविधान पास गराएपछि राजकाज छोरालाई जिम्मा लगाएर श्रीमतीका साथ कतै गएर आनन्दले बसौँ भन्ने भएको थियो सायद । उहाँले पहिलो दिन सार्नै हुने थिएन । देश र जनताको हितमा हुने कुरालाई सार्ने काम गर्नु नै उहाँका लागि दुर्भाग्य बन्न पुग्यो ।

रूखमाथि राखेर उपचार

राजा महेन्द्र सुदूरपश्चिमको भ्रमणका क्रममा कञ्चनपुरको जंगलमा सिकार खेल्न जानुभएको थियो । एउटा ठूलो रूखमाथि सिकार गर्ने ठाउँ बनाइएको थियो । सोक्रममा उहाँले बाघलाई बन्दुक हान्दा हृदयाघात भएछ । उपचार गर्न तत्काल म जानुपर्ने भयो । त्यसवेला राति भएकाले महेन्द्रनगर विमानस्थलमा अवतरण गर्ने अवस्था थिएन ।

महेन्द्र सिकार खेल्न घनघोर जंगलभित्र बस्नुभएको थियो । त्यस समयमा पाइलट पाउन निकै कठिन थियो । संयोगवश सोल्टी होटेलको गेटमा दुईजना विदेशी पाइलट फेला परे । उनीहरूकै सहारामा म राजा भएको स्थानमा पुगेँ । एक रात मचानमा नै राखेर इसिजी गरी उपचार गरियो । एक सातापछि अमेरिकाका तत्कालीन राष्ट्रपतिले आफ्नो निजी चिकित्सकलाई नेपाल पठाइदिए । त्यसवेला उहाँलाई बचाउन सफल भएका थियौँ । उहाँको रूखमाथि नै राखेर उपचार गरिएको थियो ।

दोस्रो हृदयाघातलाई जित्न सकेनन्

राजा महेन्द्रकी आमालाई पनि मुटुको समस्या थियो । यो कुरा राजालाई पहिला नै थाहा थियो । उहाँले मेरा सबै परिवार हृदयाघातका कारण मरेका छन् म पनि त्यसकै कारणले मर्छु, धेरै समय बाँच्दिनँ । त्यसैले चाँडै राष्ट्रहितका लागि केही काम गर्न चाहन्छु भन्नुभएको थियो । पहिलो हृदयाघात भएको चार वर्षमा पुनः उहाँलाई दोस्रो हृदयाघात भयो । दोस्रो हृदयाघातलाई भने उहाँले जित्न सक्नुभएन ।

 @नयाँ पत्रिका 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution