हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

प्रवासमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था मिलाउनु पर्छ : कावा अध्यक्ष वस्ती

काठमाडौँ।राष्ट्रिय मानवअधिकार आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले विदेशमा बसेका नेपाली नागरिकले पनि निर्वाचनमा मत हाल्न पाउने व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघले यहाँ आज आयोजना गरेको ‘निर्वाचन आचारसंहिता, सञ्चार र मानव अधिकार’ विषयक छलफल कार्यक्रममा वस्तीले प्रत्यक्ष निर्वाचनमा सम्भव नभए पनि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत विदेशमा रहेका नेपालीको मताधिकार सुरक्षित गर्न उपयुक्त हुने जनाउनुभएको हो ।

उहाँले सोबारेमा आयोगले निर्वाचन आयोगलाई सुझाव दिइसकेकाले आवश्यक कानून बनाई आगामी निर्वाचनमा त्यस्तो व्यवस्था हुने अपेक्षा व्यक्त गर्नुभयो । सर्वोच्च अदातलका पूर्वन्यायाधीशसमेत रहनुभएका वस्तीले निर्वाचनमा विद्युतीय मतदान यन्त्रको व्यवस्था हुन पनि उत्तिकै सामयिक भएको बताउनुभयो ।

महासंघका सचिव रेम विश्वकर्माले निर्वाचन आचारसंहिताको पालनाका लागि सञ्चार क्षेत्र जिम्मेवार हुनुपर्ने तर आचारसंहिताका नाममा प्रेस स्वतन्त्रतामा असर पारिन नहुने बताउनुभयो ।

छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर दवाडी र प्रेस चौतारी नेपालका सचिव सुरोजंगा पाण्डेले दलको विज्ञापन छापेका कारण पत्रपत्रिकालाई स्पष्टीकरण सोधिनु गलत भएको बताउनुभयो ।

क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउनेले आस्था र समर्थन व्यक्त गरेका आधारमा पत्रकारलाई गिरफ्तारी भएकामा विरोध गर्नुभयो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution