हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

अफ्रिकी मुलुक केन्याका डान्सबारमा नर्तकी र यौनकर्मी नेपाली युवती

काठमाडौं । अफ्रिकी मुलुक केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रूपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेको खुलेको छ ।

प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीहरूले कात्तिक २३ मा न्युरोडबाट ललित सिंह सुवाललाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो ।

प्रहरी स्रोतका अनुसार युवतीको खोजीमा कात्तिक दोस्रो साता कविता नाम गरेकी भारतीय मुलकी केन्याली महिला काठमाडौं आएकी थिइन् ।

केन्याका डान्सबारमा युवती पठाउने एजेन्टका रूपमा सक्रिय सुवालले दुई युवती खोजिदिएका थिए । तर आफूले भनेजस्तो उचाइ, वर्ण र ढाँचा नमिलेको भन्दै कविताले ती दुई युवती लैजान अस्वीकार गरिन् ।

प्रहरी स्रोतका अनुसार सुवालले यसअघि नै दुई युवतीलाई केन्याका डान्सबारमा काम गर्ने गरी पठाइसकेका छन् । सुवालले नेपाली युवतीको फोटोसुट गरिएको तस्बिर ह्वाटसएपमार्फत केन्याली एजेन्टकहाँ पठाउने गर्थे ।

प्रहरीले केन्याका डान्सबारमा नेपाली युवती पठाउने गिरोह नै सक्रिय भएको सूचनाका आधारमा सुवाललाई पक्राउ गरेको थियो । युवतीको छनोट गर्न केन्याबाटै एक महिला आएको सूचना पाए पनि प्रहरीले तिनलाई भने पक्राउ गर्न सकेन । सुवाल पक्राउ पर्नुभन्दा दुई दिनअघि नै २१ कात्तिकमा केन्याली महिला स्थलमार्ग हुँदै भारत पसिसकेकी स्रोतको दाबी छ ।

प्रहरीले सुवालको मोबाइलमा केन्या पठाइएका युवतीको तस्बिर पनि फेला पारेको थियो । सुवालको मोबाइलमा केन्याको डान्सबारमा काम गर्ने नेपाली युवतीले पठाएको म्यासेज पनि भेटिएको थियो ।

नेपाली युवतीले आफूहरूले काम गरेको डेढ महिनासम्मको तलब नपाएको गुनासो सहितको म्यासेज सुवाललाई गरेका थिए । प्रहरीका अनुसार सुवालले एउटा युवती पठाएबापत ५० हजार रुपैयाँ लिने गर्थे ।

तर जाहेरवालाको अभावमा प्रहरीले सुवालविरुद्धको मुद्दा स्थापित गर्न सकेन । प्रहरी स्रोतका अनुसार पीडितको उजुरी नभेटिएपछि सुवालमाथि अनुसन्धान गर्न प्रहरीले सार्वजनिक अपराध ऐनअन्र्तगत मुद्दा चलाएको थियो । मंसिर १० मा काठमाडौं जिल्ला अदालतले सुवाललाई ५ हजार धरौटीमा रिहा गरिदियो ।

प्रहरीका अनुसार डान्सबारमा नाच्ने काम भनिए पनि धनी ग्राहकहरूको यौन अपेक्षा पूरा गर्ने काम पनि ती युवतीको हुन्थ्यो । त्यही भएर केन्याली डान्सबारका सञ्चालकले आफैंले सुन्दरी युवतीको परिभाषा बनाएका छन् ।

नेपाली एजेन्टका रूपमा कार्यरत सुवालले बयानका क्रममा नेपालबाट पठाइने युवतीको खर्च सबै केन्याकै डान्सबारले बेहोर्ने बताएका थिए । नेपाली युवतीलाई नेपालबाट स्थलमार्ग हुँदै भारत र त्यहाँबाट यूएई हँुदै केन्या पुर्‍याउने गरिन्छ । मासिक डेढ लाख रुपैयाँसम्म कमाइ हुने लोभ देखाएर लगिने युवतीलाई डान्सबारका मालिकले बन्दीको हैसियतमा राख्ने गर्छन् ।

केन्या र तान्जानियाको दारेसलाममा रहेको भारतीय सञ्चालक रहेको ६ वटा डान्सबारमा नेपाली युवतीहरू मुजुरा डान्स गर्ने गरेको सूचना प्रहरीले पाएको थियो । प्रहरीले ती नेपाली युवतीको यौनशोषण भएको भन्दै तिनको उद्धारमा इन्टरपोल गुहारेको थियो । २०७१ जेठ दोस्रो साता नेपाल प्रहरीले केन्या र तान्जानियाका डान्सबारमा रहेका नेपाली युवतीको उद्धारमा सघाउन ती मुलुकका इन्टरपोललाई पत्राचार गरेको थियो ।

प्रहरीका अनुसार लगिएका युवतीलाई डान्सबारका सञ्चालकले ३ सय डलर लिएर एक रात वा दिनका लागि ग्राहकलाई बेच्ने गर्छन् । त्यसरी बेचिएका युवतीलाई एकैदिनमा चारदेखि पाँच जनासँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न लगाइन्छ ।
(कान्तिपुर दैनिक)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution