सगुनमा लगानी गर्न सम्बन्धित देशमा सोझै सम्पर्क गर्न सकिने

काठमाडाैं। सगुनले खुल्ला गरेको शेयर खरिद गर्ने अन्तिम मिति यहि नोभेम्बर ३० तारिख मध्यरातमा सकिदै छ। शेयरको लागि खुल्ला गरिएको समय सीमा सकिनै लाग्दा विश्वभरबाट सगुनमा लगानी गर्नेको संख्या उल्लेख्य वृद्धि भएको कम्पनीले जनाएको छ।
शेयर लगानीका लागि बढेको चापलाई मध्यनजर गर्दै सगुनले कस्टमर केयरमा जनशक्ति बढाएको जनाएको छ। सगुनको लाइभ च्याट सेवा २४ सै घण्टा उपलब्ध छ। प्रेस नोटमा उल्लेख भएअनुसार सिधा फोन सम्पर्क मार्फत लगानीकर्ताले जानकारी लिन र शेयरमा सहभागी हुन पाउनेछन्।
लगानीको लागि अत्यन्तै थोरै समय मात्र बांकी रहेको अवस्था र लगानीका लागि बढेको चासोलाई सम्बोधन गर्न सगुनले द्रुत सम्पर्क स्थापित गर्ने भन्दै विभिन्न देशमा आफ्नो सिधा सम्पर्कको लागि फोन नम्बरहरु खुलाएर लगानीकर्ताहरुलाई सूचित गरेको छ।
सगुनले विभिन्न देशहरुमा सम्वन्धित देशको समय अनुसार सोहि देशहरुबाट सेवा उपलब्ध गराउने जनाएको छ।
फोन सेवा उपलब्ध हुने देश र फोन नम्वरहरु निम्नानुसार रहेकाछन् ः
नेपालः +977-9843722475
अमेरिकाः +1-703-330-6333
भारतः +91 -7291987585 +91-7292980947 +91129 6522214
दक्षिण कोरियाः +82-1047675248
बेलायतः +44-787-564-5133
अष्ट्रेलियाः +61-432284615
क्यानडाः +1-613-884-0869
उल्लेखित फोन नम्बरहरुमा सम्वन्धित देशको स्थानीय समय अनुसार विहान ८ बजे देखि राती ११ सम्म सम्पर्क गर्न सकिने र यो सेवा नोभेम्बर ३० तारिक मध्यरात (न्यूयोर्क समय अनुसार) सम्म मात्र उपलब्ध हुने सगुनले जनाएको छ।
सगुनले खुल्ला गरेको दोश्रो चरणको शेयर अमेरिकी डलर १००० वा सो भन्दा बढी रकम लगानी गरि खरिद गर्न सकिने छ। नेपालको कानूनी प्रावधानको कारणले नेपालबाट लगानी गर्न मिल्दैन। यस पटक क्रेडिट वा डेविट कार्डबाटसमेत लगानी गर्न पाइने व्यवस्था सगुनले गरेको छ। तर भारत र अष्ट्रेलियाबाट यो सेवा उपलब्ध नरहेको जनाइएको छ।
अमेरिका बाहेकका राष्ट्रहरू लगानी गर्दा वायर टन्सफर वा क्रेडिट कार्डबाट लगानी गर्न सकिन्छ भने अमेरिकाकोलागि उपलब्ध कुनै पनि विकल्प छनौट गर्न सकिने छ।
सोसियल मिडिया र सोसियल कमर्शको क्षेत्रमा नयाँ प्रयोग शुरु गर्दै आफ्ना प्रयोगकर्ताहरुलाई आर्थिक फाइदा प्रदान गर्ने नविन सोचका साथ सगुन विश्व बजारमा आएको छ। सोसियल स्मार्ट कार्डको प्रयोग शुरु भए पछि विश्व बजारमा सगुनको अलग शुरुवात हुने सगुनका संस्थापक र प्राविधिक टिमको विश्वास छ।
सम्बृद्धि र पहिचानको नयाँ अयिभानलाई विश्वभरका नेपालीहरुबाट साथ र शुभेच्छाहरु प्राप्त भइरहेको सगुनका सहसंस्थापक कविन्द्र सिटौला बताउँछन्।
एनआरएनएको नेतृत्वमा रहेकादेखि, नेपाली वैज्ञानिकहरु, सामाजिक अभियान्ता, कलाकार, पत्रकार लगायत समाजका हरेक तह र क्षेत्रका व्यक्तिहरुबाट सगुनको अभियानलाई सहयोग, सद्भाव र शुभकामना प्राप्त भइरहेको भन्दै सहसंस्थापक सिटौलाले आभार व्यक्त गरेका छन्।