हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

कृष्णप्रसाद सिटौला : झापामा बामगठबन्धन भन्दा राप्रपाप्रति बढि आक्रमक

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार झापाको गौरादहमा (जुन झापाको निर्वाचन क्षेत्र नं ५ अन्तर्गत पर्छ) आयोजना गरेको आमसभामा एमाले र माओवादी केन्द्रको गठबन्धनविरुद्ध चर्को भाषण दिए । कम्यूनिष्ट सरकार बनेमा कहिल्यै निर्वाचन नहुने र एकदलीय अधिनायकबाद लाद्ने दाबी देउवाले गरिरहँदा गृहजिल्लामै रहेका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला  कार्यक्रममै गएनन् । सिटौलासंगै अर्का कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा पनि अनुपस्थित भए । किन त ? जिल्लामा आफ्नै पार्टी नेतृत्व सहभागी कार्यक्रमप्रति उनीहरुको अनुपस्थितिलाई लिएर यतिबेला विभिन्न कोणबाट चर्चा चलिरहेको छ ।

सिटौला र शर्मासँग एमाले उम्मेदवार चुनावी प्रतिस्पर्धामा छैनन् । सिटौला राप्रपाका महामन्त्री राजेन्द्र लिङेन र शर्मा माओवादी नेता राम कार्कीसँग प्रतिस्पर्धामा छन् । यसकारण यी दुवै नेता जिल्लामा एमालेलाई चिढ्याउन चाहदैनन् । बरु आफ्नै पार्टीको नेतृत्वमा गठन भएको लोकतान्त्रिक गठबन्धनमा आबद्ध राप्रपाप्रति बढी आक्रमक देखिन्छन् ।

‘ओलीविरुद्ध किन बोलिराख्ने भनेर नै दुवै नेता (सिटौला र शर्मा) आफ्नै पार्टीका शीर्षस्थ नेतृत्व उपस्थित रहेको गृहजिल्लाकै कार्यक्रममा नगएका हुन्,’ जिल्लास्थित कांग्रेसका एक नेता भन्छन । जुन कार्यक्रममा पार्टी नेतृत्वले एमाले अध्यक्ष केपी ओली र बाम गठबन्धनप्रति चर्को बिरोधमा अभिव्यक्ति दिएको थियो ।

बाम गठबन्धनबिरुद्ध नरम बनेर सिटौलाले एमाले र माओवादी केन्द्र पंक्तिको मत आकर्षित गर्न जसरी खोज्दैछन् त्यो भन्दा पनि उनलाई सहज बनाउन एमाले र माओवादीको नेतृत्व पंक्तिले ‘म्याच फिक्सिङ’ भूमिका निर्वाह गरेको चर्चासमेत चल्ने गरेको छ । यसका पछि केही तर्क पनि छन् ।

०४८ देखि निरन्तर चुनाव लडै आएका सिटौलाको ३ नम्बर क्षेत्र राप्रपाका महामन्त्री लिङेनलाई छाड्ने सहमति कांग्रेसको पार्टी नेतृत्वले गरिसकेको थियो । सिटौलाको नाम समानुपातिक सूचीको एक नम्वरमा राखेर निर्वाचन आयोगमा बुझाइसकिएको थियो । सुरुका केही दिन पार्टीले गरेको यो निर्णयप्रति मौन थिए सिटौला । जब झापा आएर काठमाडौं फर्किए, अनि उनले आफूजसरी पनि चुनाव लडिछाड्ने बताए । त्यतिबेला ओलीसँगको गोप्य कुराकानीपछि नै सिटौला चुनावी मैदानमा खडा भएको तर्क राजनीतिक वृत्तमा चलेको छ । जसलाई ‘म्याच फिक्सिङ’ संग जोडेर हेरिएको छ ।

यसका पछि सिटौलाका भने भिन्नै तर्क छन् । आफू नभएकै मौकामा समानुपातिक सूचीमा राखिएको र झापाका कांग्रेसका कार्यकर्ताको दबाव र मायाकै कारण आफू चुनावी मैदानमा होमिएको उनी तर्क गर्छन । ‘मलाई समानुपातिकमा राखेर मेरो क्षेत्रमा राप्रपालाई सघाउने निर्णयलाई मैले पार्टी नेतृत्वको दुस्साहस भनेको छु’ उनले भने,‘म्याच फिक्सिङका कुरा बेकारका कुरा हुन्, एमाले र माओवादी नेतृत्वसंग यो बीचमा मेरो छलफल भएको छैन । नेताहरुले के गर्छन् थाहा छैन तर मतदाताहरुले झापामा प्रश्न उठाएका छन ।’

राप्रपा नेता लिङेनपनि ‘म्याचफिक्सिङ’ भन्ने हल्लाप्रति विश्वास राख्दैनन् । ‘मलाई त विश्वास छैन, तैपनि त्यसको जबाफ दिने म होइन, केपी ओलीसंगनै सोध्नुहोला’ उनले भने । भित्रभित्र कांग्रेसलाई सघाउने हो कि भन्ने संशय चलीरहेकै बेला लिङेनकै आग्रहमा ओलीले दोस्रोपटक विहीबार क्षेत्र नम्बर ३ मै आयोजित सभालाई सम्वोधन गर्ने भएका छन् । ओलीको चुनावी अभियानको सुरुवात पनि यसै क्षेत्रबाट भएको थियो ।

त्यसो त सिटौलाको निर्वाचन क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवार नउठाउनुमा एमाले अध्यक्ष ओलीको आफ्नो स्वार्थ पनि जोडिएको छ । ओली र सिटौलाले प्रतिस्पर्धा गरेकै निर्वाचन क्षेत्रमा राप्रपाको प्रभाव मानिन्छ । संभवत: राप्रपाको देशभरमै सबभन्दा राम्रो प्रभाव क्षेत्रमध्येका यी दुई निर्वाचन क्षेत्र पर्छन् । सिटौला समानुपातिक सूचीमा बसेको भए राप्रपाको गठबन्धन यहाँ पनि कांग्रेससंगै बन्थ्यो । राप्रपासंगको गठबन्धनमा काग्रेसकै चर्चित युवा नेता विश्वप्रकाश शर्मालाई ओलीसंगै प्रतिस्पर्धा गराउने कि भन्ने अनौपचारिक संवाद पनि कांग्रेस बृत्तमा चलाईएको थियो, जसबाट ओली झस्केका थिए । कांग्रेस नेता शर्माले पनि यी चर्चालाई इन्कार गरेनन । ‘मलाई यस क्षेत्रबाट बाहिरियाउन पर्छ भन्ने मनसाय सम्भवत एमालेमा थियो’ शर्माले भने । ओलीलाई आफ्नै निर्वाचन क्षेत्रमा ‘इन्गेज’ गराईदिने कांग्रेसको यो रणनीति त्यतिबेला असफल भयो, जतिबेला सिटौला चुनावी मैदानमा आउने भए । सिटौला मैदानमा आएपछि राप्रपाको गठबन्धन यस जिल्लामा एमाले र माओवादी केन्द्रसंग जोडिन पुग्यो । जसले ओलीका लागि पनि बाटो सहज हुन पुग्यो ।

एमालेका स्थानीय नेता एवं ३ नम्वर निर्वाचन क्षेत्रका चुनाव परिचालन समितिका संयोजक समेत रहेका पुष्पराज पोखरेल अघिल्लो भन्दा पछिल्लो तर्कसंग सहमत छन् । यद्यपि बाम गठबन्धनले अन्य ठाउंमा कांग्रेससंग भएको तिक्कता भने झापाको हकमा नभएको बताउँछन ।
तीन नम्बर क्षेत्रमा कांग्रेस र बाम गठबन्धनका नेताहरु व्यक्तिगत आरोपप्रत्यारोपमा उत्रिएका छैनन् । एमालेले भोट दिइहाल्छ कि भन्ने आसमा कांग्रेस पनि आक्रामक छैन, एमालेले पनि प्रतिनिधिसभामा उम्मेदवार नभएकाले सफ्ट कर्नर राख्नु स्वभाविक हो’ उनले भने ।

उनको भनाइमा ओली र सिटौलाबीचको ‘म्याच फिक्सिङ’ भन्दा पनि एमालेकै बाध्यताका कारण राप्रपासंग गठजोड भएको हो । ‘हो अध्यक्ष कमरेडकै क्षेत्रमा (निर्वाचन क्षेत्र ५) कांग्रेस र राप्रपा मिल्दा हामीलाई (एमाले) लाई चुनौति थियो, स्थानीय तहकै चुनावले त्यस्तो अंकगणित बनेको थियो’ उनले भने ।

ओलीको निर्वाचन क्षेत्रमा पर्ने चार स्थानीय तह मध्ये गौरादह नगरपालिका कांग्रेस, गौरीगन्ज गाउँपालिकामा राप्रपाले जितेको छ । दमक नगरपालिका र कमल गाउँपालिकामा एमालेले जितेको छ । कमलमा कांग्रेससंग मत बराबर भएको थियो । यद्यपि गोलाप्रथाबाट एमालेले जितेको हो । दमकमा पनि दोस्रो प्रतिस्पर्धामा राप्रपा नै थियो ।

‘जिल्लामा राप्रपा तेस्रो राजनीतिक शक्ति भएकाले ऊसंग कांग्रेस मिल्दा अध्यक्ष ओली स्वयंलाई अप्ठ्यारो थियो’ पोखरेलले भने,‘३ नम्वर क्षेत्रमा राप्रपाका लिङेनलाई छाडा अन्य सवै क्षेत्रमा राप्रपाले हामीलाई सघाउने भयो, त्यसै कारण बाम र राप्रपाबीचको गठबन्धन बनेको हो ।’

यद्यपि काग्रेस उम्मेदवारलाई सघाउने हल्ला भने बाहिर चलिरहेको उनले स्वीकारे । यतिसम्मकी विर्तामोडबाट करिव ४० कि.मी दक्षिण कचनकवल गाउँपालिकामा बुधबार दिउसो हामी पुग्दा त्यहाका एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरु समेत यस्तो द्धिविधा देखिएको थियो । कचनकवल गाउँपालिकाका माओवादी कार्यकर्ता बालकृष्ण दंगाल मतदानको केही दिनअघि सम्म नेतृत्वबाट अर्के ग्रिन सिग्नल आउन सक्ने बताउँछन । ‘के गर्ने भन्नेबार एक दुई दिनमा ग्रिन सिग्नल आउँछ भन्ने चर्चा पार्टीभित्र चलेको छ’ दंगाललले भने,‘बजारमा आउने होइन । पार्टीको च्यानलबाट संकेतको रुपमा आउने बुझिएको छ ।’ राजवंशी टोलका एमाले कार्यकर्ता मोहन राजवंशी पनि यस्तै द्विविधामा परेको बताए । ‘हामी अप्ठ्यारामा परेका छौ’ उनले भने,‘निर्वाचनको दिनसम्म हाईकमाण्डले जे भन्छ, त्यहि गर्ने हो । अहिलेसम्म निर्देशन केही आइसकेको छैन ।’

‘सिटौलाको सम्बन्ध ओली र दाहालसंग राम्रो भएकै कारण यस्तो चर्चा चललेका हुन । राष्ट्रिय राजनीतिमा सिटौलाको पनि उतिकै आवश्यकता छ, तर सहयोग गर भनेर ओली र दाहाल कमरेडले भन्न सक्ने अवस्था छैन’ एमाले नेता पोखरेलले भने,‘किनकी प्रदेशमा एमाले र माओवादीका उम्मेदवार मैदानमा छन ।’

तैपनि सिटौलाको क्षेत्रमा एमालेको उम्मेदवार नरहेकाले कांग्रेस र एमालेबीच सद्भाव रहेको भने पोखरेलले स्वीकारे । उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले यही हल्लाले एमाले मतदाताहरुमा अन्यौलपूर्ण स्थिती कायमै रहेको बताए ।

‘एमाले अध्यक्ष ओलीले पनि सिटौला बाहिरिएर राप्रपा लिङेन आओस् भन्ने भित्रैबाट पक्कै चाहनु भएको छैन’ बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई भन्छन,‘एमालेकै कतिपय कार्यकर्ताहरुले नेतृत्वबाटै सिटौलाको पक्षमा ग्रिन सिग्नेल दिने भनेर बताईरहेका छन ।’

कांग्रेस नेताहरुप्रति आक्रमक भएर उत्रिएका ओलीको बोली जिल्लाको हकमा भने ठ्याक्कै मेल खादैन । यसका पछि दुई नेताको अन्तरंग सम्वन्धले पनि धेरै हदमा काम गरेको छ । सिटौला र ओलीको सम्वन्ध जिल्लामा मात्रै होइन, राष्ट्रिय राजनीतिमा समेत जहिल्यै समधुर रहयो । ०६४ सालको संविधानसभा चुनावमा यी दुवै नेता झापाबाट पराजित थिए । पराजित भूमिकामा पनि संविधान निर्माणको प्रकृयाप्रति उनीहरुको दृष्टिकोण एउटै रह्यो । ०७० को चुनावमा दुवैले जिते ।

संविधान जारी गर्ने क्रममा पनि ओली र सिटौलाको मत बाझिएन । मधेसको असहमतिका बाबजूद तोकिएकै समयभित्रै संविधान जारी गर्ने लाईनमा यी दुवै नेताको भूमिकाले काम गरेको थियो । संविधान जारीपछि भद्र सहमति अनुसार तत्कालिन कांग्रेस सभापति सुशील कोइरालालाई राष्ट्रपति र ओलीलाई प्रधानमन्त्री बनाउने लाईनमा सिटौला थिए । तत्कालिन प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्री निर्वाचनमा ओली बिरुद्ध नउठाउन निकै प्रयास गरे तर सफल हुन सकेन । त्यस घट्नापछि कांग्रेस र एमालेको सम्वन्ध तिक्ततापूर्ण बन्दै जादापनि सिटौला र ओलीबीचको सम्वन्धमा भने फाटो आएन ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल र सिटौलाबीचको सम्वन्ध पनि त्यस्तै रह्यो/ छ । शान्तिप्रकृयालाई निष्कर्षमा पुऱ्याउने क्रममा तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको मुख्य विश्वासपात्रको रुपमा सिटौला थिए । तत्कालिन अवस्थामा माओवादी अध्यक्ष दाहालको सवारी मन्त्री बनेको भनेर पार्टीभित्रै लामो समयसम्म सिटौलाले आलोचना खेप्नु पऱ्यो । सिटौला र दाहालबीचको सम्वन्ध अहिलेपनि उस्तै छ । दाहाल पुत्र प्रकाशको निधन हुंदा सिटौला जिल्लाका सवै कार्यक्रम छाडेर भोलीपल्टै काठमाडौ पुगेका थिए ।

प्रतिस्पर्धी दलसंगको राजनीतिक सम्वन्धहरु धेरै दिर्घ हुदैनन् । तर, सिटौलासंग ओली र दाहालको सम्वन्ध लामो समयदेखि प्रगाढ छ । जसको सांकेतिक प्रमाणको रुपमा जिल्लामै निर्माणधिन गिरिजाप्रसाद कोइराला स्मृति सभागृहलाई पनि लिने गरिन्छ । साढे दुई बर्ष अघि यो सभागृह तत्कालिन प्रधानमन्त्री सुशील कोइराला, ओली, दाहाल, तत्कालिन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र सिटौला स्यमंले गरेका थिए । अहिले यहि सभागृह सिटौलाका लागि एमाले र माओवादीको मत रिजाउने मुख्य कडी बनेको छ ।

‘म सवैका लागि आवश्यक पर्ने र फिट हुने नेता हुँ’ कान्तिपुरको प्रश्नमा सिटौलाले भने,‘किन ओली र दाहालमात्रै ? शेरवहादुर र रामचन्द्रका लागि पनि चाहिने मान्छे हुँउला नि ।’ ?

निर्वाचनको मिति नजिकिदै गर्दा सिटौला लिङेनप्रति बढीनै आक्रामक शैलीमा उत्रिएका छन् । शान्ति प्रकृया र संविधान निर्माणमा आफूले पुऱ्याएको केन्द्रीय भूमिका र जिल्लाको विकासका लागि सुरु भएको योजनाहरुनै उनको मुख्य चुनावी मुद्दा छ । यहि निर्वाचन क्षेत्रमा तीनपटक चुनाव जितेको र तीनैपटक हारेको इतिहास छ सिटौलासंग । यो उनको सातौ प्रतिस्पर्धा हो (०५० को उपनिर्वाचन समेत गर्दा) । सिटौलाले यो प्रतिस्पर्धालाई आफ्नो राजनीतिक परिक्षासंगपनि दाँजेका छन् ।

लिङेनसंग राष्ट्रिय राजनीतिका सबल मुद्दा छैनन् । पार्टीले लिएको राजनीतिक एजेण्डाले पनि एमालेका मत आकर्षित गर्न नसक्ने देखेपछि लिङेनले विकास निर्माणको मुद्दालाई लिएरै सिटौलामाथि प्रहार गरेका छन् । उनका हरेकजसो भाषणमा बाटो, खानेपानीको मुद्दा उठाएका छन् । भन्छन,‘पिच सडक हेर्न कै लागि भद्रपुर र विर्तामोड आउनु पर्छ ।’ तर, सिटौला विकास निर्माण नगरेको प्रति खण्डन गर्दै भन्छन,‘मैले गरिन भन्नेले ज्ञानेन्द्र शाह राजा हुदा मुख्य हर्ताकर्ता रहेकाले उनको चार बर्षको शासनकालमा किन नगरेको नि ?’ राजाको शासनकालमा लिङेन जिल्ला बिकास समितिका सभापति थिए ।

तीनपटक जितको इतिहास रहेपनि सिटौलाले दुई कार्यकाल पुरा अवधि चलाउन नपाएकाले विकास निर्माण सोचेजस्तो अघि बढाउन नसकेको स्वीकारे ।

‘पछिल्लोपटक संविधान निर्माणमा मुख्य समय दिनुपऱ्यो, तैपनि यसपटक मेरै क्षेत्रमा ४ अरब रुपैयाको योजना सुचारु छन्,अब केही समयपछि सवै बाटा पिच हुन्छ, खानेपानीको समस्या पुरा हुन्छ ।’

तर, लिङेनलले जिल्लाको विकासमा सिटौलाले केही नगरेको दावी गर्छन । ‘यहाँका पुल, सडक मेरै प्रयासमा थालनी भएका छन् । क्षेत्र नं ३ का जनताले ग्रावेल सडक, खानेपानी र विजुलीको पुल देखेकै म सभापति भएकै बेलामा हो’ उनले भने,‘सिटौलाले सिन्को भाँचेका छैनन ।’

०७० र गएको स्थानीय तहको अंकगणितमा सिटौला धेरै पछि छन् । स्थानीय तहमा प्राप्त एमाले, माओवादी र राप्रपा समेतको मत जोडा कांग्रेस २५ हजार ३ सय ७० मतले तल छ । सिटौलाले एमाले र माओवादी केन्द्रका मतदाताप्रतिनै मुख्य भर गरेका छन् । एमाले र माअ‍ोवादीको उम्मेदवार नभएका कारण खस आर्यको भोट बढी सिटौलाको पक्षमा जाने अडलपनि यहाँ गरिएको छ । एद्दपी जातिय आधारमा मत प्रभावित नहुने लिङेन दावी गर्छन ।

‘झापा हरेक आन्दोलनको अगुवा गर्ने सचेत मतदाता रहेको जिल्ला हो, प्रजातन्त्र र गणतन्त्रको आन्दोलनको पक्षमा लाग्नेलाई मत दिन्छन या प्रजातन्त्र र गणतन्त्र दबाउने नेतृत्वमा रहेकालाई मत दिन्छन भन्ने परिक्षाको रुपमा मैले यसलाई हेरेको छु, यो मेरै परिक्षा पनि हो ।’
@कान्तिपुर






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution