हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

उत्तर कोरियाले गर्यो अहिले सम्मको ठुलो शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

सोल, १३ मङसिर-संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको विरोध हुदाहुदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ ।

उत्तर कोरियाले सो क्षेप्यास्त्र प्रहार गरेको समाचार दक्षिण कोरियाली समाचार समिति, योनहापले बुधबार बिहान जनाएको थियो ।

विश्व समुदायाको आग्रह र निन्दाकाबीच नै गएको करिब साढे दुई महिनापछि उसले बुधबार बिहान सो क्षेप्यास्त्र प्रहार गरेको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाको दक्षिणी प्रान्त प्योङ्यानको प्योङसोङबाट उक्त क्षेप्यास्त्र हानिएको सो समाचारमा उल्लेख छ । सो क्षेप्यास्त्र उक्त प्रान्तबाट पूर्वतर्फ गएको पनि जनाइएको छ ।

उत्तर कोरियाले अहिलेसम्म गरेका यसअघिका सबै परिक्षणहरुमध्ये यो पछिल्लो क्षेप्यास्त्र सबैभन्दा शक्तिशाली रहेको विश्लेषकहरुले बताएका छन् ।

उत्तर कोरियाले गरेको दाबीअनुसार यो अमेरिकी महादेशसम्म नै मार हान्नसक्ने शक्तिको रहेको छ । उक्त क्षेप्यास्त्र ५ हजार ४७५ मिटरको उचाइसम्म पुगेको थियो । यो क्षेप्यास्त्र करिब ५३ मिनेटमा ९५० किलोमिटर टाढासम्म पुगेको थियो ।

यो क्षेप्यास्त्र यसअघि जस्तो जापानी भूभागको माथिबाट भने नगएको बताइएको छ । तर यो जापानी समुद्रमा भने खसेको अनुमान गरिएको पनि सो समाचारमा जनाइएको छ ।

उक्त क्षेप्यास्त्रले पार गरेको दूरीको बारेमा केही बताइएको छैन । तर पनि विश्लेषकहरुले उत्तर कोरियाले संयुक्त राज्य अमेरिकाको भूमिसम्म नै भेट्नेगरी लामो दूरीसम्म मार हान्ने क्षमताका क्षेप्यास्त्रहरुको विकास उसले गरिरहेकोले यस पटकको यो परीक्षण पनि यस्तै शक्तिको भएको जनाएका छन् ।

यसअघि गत अप्रिल महिनामा पनि उत्तर कोरियाले एउटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो । सो क्षेप्यास्त्र पनि निकै शक्तिशाली भएको बताइएको थियो ।

उसले यो वर्षको जुलाई महिनामा पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमबारे विश्वव्यापी रुपमा नै तनाव बढिरहँदा यो फेरि अर्काे क्षेप्यास्त्र हानेको छ ।

यस क्षेप्यास्त्र परीक्षणको घटनाको विश्वव्यापी रुपमा विरोध भएको छ । अमेरिका, दक्षिण कोरिया, जापान र संयुक्त राष्ट्रसंघले पनि यसको निन्दा गरेका छन् ।

यसअघिको एक परीक्षणमा उत्तर कोरियाले जापानको भूमि नघाएर समुद्रमा मिसाइल हानेको थियो । उक्त घटनाको विश्वव्यापी रुपमा नै विरोध भएको थियो ।

त्यस लगत्तै उसले ६.३ रेक्टरको कम्पन ल्याउनेगरी नै हाइड्रोजन मिश्रित परमाणु परिक्षण नै गरेको थियो । त्यस घटनापछि भने उत्तर कोरिया आगामी दिनमा थप घातक मिसाइलको तयारीमा जुटेको चिन्ता सर्वत्र व्यक्त गरिएको थियो ।

हामी आणविक शक्तिराष्ट्र भयौँ– उन 

यसैबीच उत्तर कोरियाली नेता किम जोङ उनले आफू आणविक शक्तिराष्ट्र भएको घोषणा गर्नुभएको छ । उहाँले बुधबार उत्तर कोरियाले गरेको आणविक परीक्षणको निरीक्षणपछि सो घोषणा गर्नुभएको हो ।

उक्त निरीक्षणपछि उहाँले भन्नुभयो– आजको परीक्षण निकै शक्तिशाली छ, यसले अमेरिकाको सबै भूभागसम्म हान्न सक्छ, त्यसैले म आज गर्वका साथ यो भन्न सक्छु कि हामी अब भने आणविक शक्तिराष्ट्र भएका छौँ ।

यसले आफ्नो देशलाई अमेरिकाको जस्तोसुकै आक्रमणका विरुद्धमा पनि बचाउन सक्ने अवस्था रहेको पनि उहाँले बताउनुभएको थियो ।

बुधबार भएको यस परीक्षणपछि उहाँले उक्त ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणस्थलको निरीक्षण गर्नुका साथै यसको क्षमताको बारेमा पनि जानकारी लिनुभएको थियो ।

त्यस क्रममा उहाँले उक्त क्षेप्यास्त्र परीक्षणमा संलग्न अधिकारीहरुलाई धन्यवाद पनि दिनुभएको उत्तर कोरियाली समाचार समिति, केसिएनएले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय महासचिवको विरोध 

यसैबीच उत्तर कोरियाले गरेको उक्त परीक्षणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले कडा शब्दमा विरोध गर्नुभएको छ ।

उहाँले बारम्बारको संयुक्त राष्ट्रसंघ तथा विश्व समुदायको आग्रहको बेवास्तागर्दै गरेको यो आणविक परीक्षण विश्व शान्तिका लागि पनि एक चिन्ताजनक घटना भएको पनि स्पष्ट गर्नुभयो ।

उहाँले प्रकाशन गर्नुभएको विज्ञप्तिमा भनिएको छ– यो विश्व शान्तिको राष्ट्रसंघीय मान्यताको पूरै रुपमा विरुद्धमा छ र यसले राष्ट्रसंघ तथा विश्व समुदायको शान्तिको चाहनाको अपमान गरेको छ ।

यस क्षेप्यास्त्र परीक्षणको घटनाको विश्वव्यापी रुपमा विरोध भएको छ । अमेरिका, दक्षिण कोरिया, जापान र संयुक्त राष्ट्रसंघले पनि यसको निन्दा गरेका छन् ।

जापान र दक्षिण कोरियाले त ती देशका रक्षासम्बन्धी आकस्मिक बैठकहरु पनि आह्वान गरेका छन् । बुधबार मन्त्रिपरिषदका आकस्मिक बैठकहरु पनि बोलाइएको समाचारमा जनाइएको छ ।

विश्वमा बढ्दो चिन्ता 

उत्तर कोरियाले बारम्बार गर्ने गरेको र एकपछि अर्काे शक्तिशाली क्षेप्यास्त्र हान्ने गरेको यस घटनाले विश्वमा नै हतियारको होडबाजी बढ्ने र यसले नागरिकको शान्तिको चाहनामा गम्भीर असर पार्ने चिन्ता विश्वब्यापी रुपमा बढाउने चिन्ता व्यक्त गरिएको छ ।

केही समयमात्र अघि पनि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा बोल्दै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रमविरुद्ध कदम चाल्न नसक्ने हो भने त्यसले घातक परिणाम ल्याउने चेतावनी समेत दिनुभएको थियो ।

एकातार्फ अमेरिकाले उत्तर कोरियाको यस्तो आणविक महत्वाकांक्षालाई निस्तेज पार्नका लागि चीनले नै प्रभावकारी भूमिका निर्वाह गरोस् भन्ने चाहन्छ भने तर चीनले भने यस विषयमा कुनै कडा प्रतिक्रिया दिने गरेको छैन ।

चीनले उत्तर कोरियासँग शान्ति वार्तागरी यसैका माध्यमबाट यो आणविक कार्यक्रम नियन्त्रण गर्न सकियोस् भन्ने चाहेको छ । चीनले सदैव उत्तर कोरियासँग वार्तागरी समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

यसरी आणविक परीक्षणहरुको यो पछिल्लो होडबाजीले विश्वमा युद्धको भय झन् बढ्दै गएको टिप्पणी गर्न थालिएको छ ।

विश्लेषकहरुले यस्तो अवस्थाको नियन्त्रण र निवारण गरी शान्तिपूर्ण विश्व निर्माणका लागि सबैको सकारात्मक पहल हुनुपर्नेमा जोड दिएका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution