हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

सगुनको शेयरमा लगानी गर्न २ दिन बाँकि,सगुनको योजना सफल भए विश्वमा तहल्का

तपाईंको मोवाइलको ब्याट्रीले कति समय काम गर्छ । कुरा गर्दागर्दै कतिपटक मोवाइल अफ भएको छ रु ब्याट्रीले नधानेर कति हैरानी खेप्नु परेको छ । सगुनको योजना सफल भए तपाईले चिन्ता गर्ने दिन सकिँदैछन् । मोवाइलमा रहेको एप्लिकेसन्स ९एप० चलाउँदा मोवाइल आफैं चार्ज हुने दिन आउन धेरै टाढा छैन । त्यस्तो एप बनाउँदै छ नेपालीले स्थापना गरेको कम्पनी सगुन इंकले ।

नेपालीले अमेरिकामा स्थापना गरेको सोसियल इकमर्स कम्पनी सगुन इंकले भारतकै प्रतिष्ठित इन्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी ९आआइटी० विश्वविद्यालयसँग मिलेर मोवाइल चार्ज गर्ने एप डेभलपमेन्ट गर्दैछ ।

अमेरिकी सेयर बजारमा मिनी आइपिओ जारी गरेर चर्चामा आएको सगुनका संस्थापक अमेरिकाको सरकारी सुरक्षा निकाय पेन्टागनमा सिस्टम इन्जिनियरका रुपमा काम गरेका नेपाली गोविन्द गिरी हुन् ।मोवाइल एपलाई चार्जरका रुपमा विकास गर्न सगुनको दिल्लीस्थित कार्यालयमा ४० भन्दा बढीको संख्यामा आइटी इन्जिनियर खटिइरहेका छन् । उनीहरु एउटा नेपालीले विश्व बजारमा तरंग ल्याउने सपनालाई साकार पार्न दिनरात खटिएका छन् ।

नेपाली लगानीकर्ता संस्थापक रहेको पहिलो कम्पनीले आफ्ना महत्वकांक्षी योजना कार्यान्वयन गर्न भारतको सरकारी निकायसँग सहकार्य गर्दै आएको छ । प्राबिधिक जनशक्ति उत्पादनमा कहलिएको इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी ९आइआइटी० ले प्रविधिको क्षेत्रमा विकास र अनुसन्धान गर्न सगुनसँग पाँचबर्षे कार्ययोजनामा सम्झौता गरिसकेको छ। ब्याट्री रिचार्ज गर्ने सगुनको परियोजनामा आइआइटीले सगुनलाई जनशक्ति, आर्थिक र प्राविधिक रुपमा सघाउने सहमतिपत्रमा उल्लेख छ ।आइआइटी जनशक्ति उत्पादनमा संसारमै नाम कमाएको प्रतिष्ठान हो ।

आइआइटीका प्रोफेसर डा। निलाद्री चटर्जी सगुनले अनुसन्धान गरिरहेका परियोजनाले विश्व बजारलाई राम्रैगरी प्रभाव पार्ने बताउँछन् । उनी सगुनले अगाडि सारेका ब्याट्री रिचार्ज लगायतका परियोजनालाई सफल बनउन आफ्नो संस्थाले प्राथमिकता दिएर सहकार्य गरेको बताउँछन् । उनका अनुसार आगामी ५ बर्ष सगुनसँग आइटीको सहकार्य हुने सम्झौता भइसकेको छ ।

मोवाइल एपबाटै ब्याट्री रिचार्ज गर्न सम्भव भयो भने कस्तो होला रु विज्ञानले धेरै असंभव कुरालाई सम्भव बनाइसको छ ।
विश्वका आधा जनसंख्याले मोवाइल फोन प्रयोग गर्ने एक अनुसन्धानले देखाएको छ । उनीहरु मोवाइल फोन त बोक्छन्, भनेको बेला रिचार्ज गर्न नपाएर निकै सास्ती खेप्छन् । नेपालजस्तो लोडसेडिङले सताउने मुलुकमा झन् मोवाइल प्रयोगकर्ताको कति टाउको दुखिरहेको छ, भुक्तभोगीहरुलाई सोध्नुपर्छ । यदि सगुनले यस्तो एप विकास गर्न सक्यो भने विश्व बजारमा यसले तरंग ल्याउने सहजै अनुमान गर्न सकिन्छ ।

एपबाट ब्याट्री चार्ज गर्ने परिकपना आफैमा अनौठो हो । त्यसलाई साकार गर्न सक्ने दरिलो आधार प्रस्तुत गरे विश्वका लगानीकर्ता आफ्नो अर्बौं डलर खन्याउन तयार देखिएको सगुनका संस्थापक गिरीलाई राम्रै जानकारीमा छ । यद्यपि उनी त्यस्तो काम नेपालीले आफ्नै स्रोत र साधनमा गर्न सकियोस् भनेर लागेका छन् । उनी अहिले सगुनको विश्वभर मिनी आइपिओ जारी गरेर जुट्ने रकम त्यस्तै फरक खालका, संसारलाई प्रभावित गर्ने र आम जीवनमा अत्यन्त उपयोगी प्रविधिको विकासमा लागेका छन् ।

त्यही सगुनलाई अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन ९एसइसी०ले ‘जब्स एक्ट’ अनुसार मिनि आइपीओ निस्कासन गर्ने अनुमति पाएको छ । सगुनले यही नोभेम्बर महिनाभर सर्बसाधारणका लागि सेयर विक्री गर्ने जनाएको छ । सेयर किन्न चाहने विश्वभरका लगानीकर्ताले सगुन डटकम÷इन्भेस्टमा त्यहाँ दिइएको फर्म भरेर लगानी गर्न सक्छन् । सगुनमा अमेरिकामा लगानी गर्न मिल्ने बिश्वभरिका देशहरुबाट डेबिट क्रेडिट कार्डबाट समेत लगानी गर्न सकिने बिश्वको पहिलो कम्पनी हो ।@news24nepal






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution