हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

पूर्वएआईजी गणेश राईद्वारा नयाँ शक्ति परित्यागको घोषणा (विज्ञप्तिसहित)

काठमाडौं–बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य एवम्  सुरक्षा तथा अनुसन्धान विभाग प्रमुख गणेश राईले पार्टी परित्यागको घोषणा गरेका छन्

उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका छन् ।
नेपाल प्रहरीको पूर्व एआईजीसमेत रहेका उनले  नयाँशक्ति पार्टीमा विधिको शासन हुनु पर्छ, नेताहरुपनि प्रणालीमा चल्नुपर्छ, अनुशासन र निष्ठा नेतृत्वका गुणमा हुनुपर्छ भन्ने मान्यता जति गर्दा पनि स्थापित गर्न नसकेपछि  राजनीतिबाट हुने  निर्णय लिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘नेपाल प्रहरीजस्तो अनुशासित संगठनको सदस्यको हैसियतले आर्जन गरेको शीप र ज्ञानलाई नयाँ सोच तथा दृष्टिकोण भएको राजनीतिक दल मार्फत नयाँ भूमिकामा मुलुकको सेवा गर्ने मेरो लक्ष र परम्परागत राजनीतिक दलहरुले भन्दा नयाँ शक्ति पार्टीले अत्यन्त नयाँ सोच, नयाँ शैली, पारदर्शी, समानता तथा सहभागीतामूलक ढंंगबाट देशको राजनीतिलाई परिवर्तनको नयाँ युगमा डो¥याएर लैजान सक्छ भन्ने मेरो दृढ विश्वास थियो’, विज्ञप्तिमा भनिएको छ, ‘ तर अपेक्षा तथा यथार्थतामा जमीन र आकाशको फरक हुँदो रहेछ ।३० वर्षसम्म कठोर अनुशासन तथा पद्धतीमा बसेर काम  गर्ने बानी परेको मलाई विधि पालना गर्न नपर्ने, नेताको मुखको बोलीका आधारमा चल्ने राजनीतिक संगठनमा कामगर्न सहज महसुस भएन ।’

यद्यपी उनले नयाँ शक्ति पार्टीबाट अलग भए पनि आगामी दिनमा प्रहरीमा आर्जन गरेको शीप र ज्ञानलाई सार्वजनिक जीवनमा क्रियाशील रहेर राष्ट्र निर्माणमा योगदान पु¥याउने अठोट  लिएको बताएका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution